दरबन्दीअनुसार शिक्षक नहुँदा पढाइ प्रभावित

जनतापोस्ट

janataPost

राजविराज, २४ माघ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित बिपी माविमा दरबन्दीअनुसार शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । 


करिब २५ वर्ष अगाडि स्थापना भएको सो विद्यालयमा शिक्षकको अभावका कारण विद्यालयमा पठनपाठन गर्न समस्या हुने गरेको शिक्षकले गुनासो गरेका छन् । विसं २०४९ मा स्थापना भएको उक्त विद्यालयमा अन्य सामुदायिक विद्यालय तथा नीजि बोर्डिङ स्कुलभन्दा बढी विद्यार्थीको चाप यस विद्यालयमा भएपनि विद्यालयमा विद्यार्थीअनुसार शिक्षक नहुँदा पठनपाठन गराउन समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक जयप्रकाशप्रसाद गुप्ताले बताए । 


उक्त विद्यालयमा करिब एक हजारभन्दा बढी विद्यार्र्थी रहेकाले विद्यार्थीअनुसार शिक्षक नहुँदा एउटा कक्षामा १६० देखि १७० जना विद्यार्थी राखेर पठाउनु पर्ने बाध्यता रहेको अर्का शिक्षक शिवशंकर मण्डलले पनि गुनासो गरे । सो विद्यालयमा सबैभन्दा बढी मावि र निमावि तहमा विद्यार्थीको संख्या बढी रहेको विद्यालयले जनाएको छ । 


सो विद्यालयमा दरबन्दीअनुसार मावि तहमा १० जना शिक्षक हुनुपर्नेमा अहिले पाँचजना शिक्षक मात्र छन् । मावि तहमा भने थप एक शिक्षक राहत दरबन्दीमा काम गरिरहेको बताउँदै ६ महिना अगाडि मात्रै नेपाली विषयका शिक्षक शान्तिराम अधिकारीले अवकाश प्राप्त गरेपछि नेपाली विषय पढाउने शिक्षक नहुँदा मावि तहमा निमावि स्तरको शिक्षक राखेर पढाइ सञ्चालन गर्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक गुप्ताले बताए । 


त्यस्तै, निमावि तहमा समेत पाँचजना शिक्षकको आवश्यकता रहेकोमा अहिले एकजना दरबन्दीमा र एकजना राहत कोटामा काम गरिरहेको उनले  जानकारी दिए । 

प्रतिकृया दिनुहोस

विकाससँगै मासिन थाले पुराना चौतारी

पाल्पा, ४ फागुन । परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका चौतारी मासिने क्रम बढेको छ । गाउँमा विकास निर्माणका काम हुँदै जाँदा

प्रदेश ४ को सभामुखमा अधिकारी  

पोखरा, ४ फागुन । प्रदेश नम्बर ४ को सभामुखमा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी निर्वाचित भएका छन् । बिहीबार बसेको संसद बैठकमा माओवादी संसदीय दलका

यस्ताे छ प्रदेश ५ का मुख्यमन्त्रीकाे प्रदेश समृद्धीकाे खाका

भरत केसी  बुटवल, ४ फागुन । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताएका छन् ।