माल्दिभ्समा भारतीय हस्तक्षेपको संकेत

जनतापोस्ट

janataPost

माले/एजेन्सी ।  माल्दिभ्समा निम्तिएको संकटमा अन्तर्राष्ट्रिय चासो बढ्नुका साथै छिमेकी मुलुक भारतले सैनिक हस्तक्षेप गर्ने संकेत देखाएको छ । आवश्यक परेको खण्डमा भारतीय सेनाले जस्तोसुकै हस्तक्षेप गर्न सक्ने सेनाका एकजना प्रवक्ताको हवाला दिँदै समाचार एजेन्सीहरूले जनाएका छन् । 

 

त्यसको प्रतिक्रियास्वरूप त्यहाँ उत्पन्न राजनीतिक गतिरोध तोड्न पूर्वराष्ट्रपति मोहम्मद नाशीदले भारतलाई सेनासहितको दूत पठाउन पत्र लेखेपछि भारतीय सेनाको यस्तो प्रतिक्रिया आएको हो । ‘जस्तोसुकै घटनाक्रमका लागि सेना तयारी अवस्थामा रहेको र तुरून्तै परिचालित हुन सक्ने’ ती प्रवक्ताले बताएका छन् । 


यसअघि सन् १९८८ मा माल्दिभ्सका तत्कालीन राष्ट्रपतिलाई सत्ताबाट हटाउन गरिएको प्रयासलाई विफल तुल्याउन भारतले आफ्ना सैनिक पठाएर त्यहाँ हस्तक्षेप गरेको थियो । सरकारले त्यहाँका प्रधानन्यायाधीशसहित विपक्षी दलका नेताहरूलाई हिरासतमा राखी संकटलकाल घोषणा गरेपछि विदेशी चासो र हस्तक्षेपका संकेत निरन्तर देखा परेका छन् ।


हाल निर्वासनमा रहेका नाशीद प्रजातान्त्रिक तरिकाबाट निर्वाचित हुने माल्दिभ्सका पहिलो राष्ट्रपति हुन् । निर्वासनमा रहेका नाशीदले सेना सहितको दूत पठाएर माल्दिभ्समा भौतिक उपस्थिति जनाउन भारतलाई अनुरोध गरेका छन् ।


सामाजिक सञ्जाल ट्विटरमा उनले ‘माल्दिभ्सका जनताको तर्फबाट’ भन्दै पक्राउ गरिएका न्यायाधीशहरू र राजनीतिक बन्दीहरूको रिहाइका लागि भारत र सत्तारूढ नेताहरूका सबै आर्थिक कारोबार रोकिदिन अमेरिकालाई गुहारेका छन् । माल्दिभ्समा सुरक्षा सैन्यले सर्वोच्च अदालतमा हस्तक्षेप गरी दुईजना वरिष्ठ न्यायाधीश र अर्का पूर्वराष्ट्रपति मौमून अब्दुल गयूमलाई पक्राउ गरेपछि नाशीदले त्यस्तो आह्वान गरेका हुन् ।


संयुक्त राष्ट्रसंघले संकटकाल फिर्ता गर्न भनेको छ । मालदिभ्समा आफ्नो बाक्लो उपस्थिति जनाइरहेको चीनले सो संकट माल्दिभ्सले आन्तरिक रूपमा समाधान गर्ने विश्वास लिएको प्रतिक्रिया दिएको छ । अन्य विदेशी राष्ट्रहरूले राजनीतिक प्रतिशोधका रूपमा अघि नबढ्न राष्ट्रपति अब्दुल्लाह यामिनलाई सुझाव दिएका छन् । राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसले माल्दिभ्सको सरकारले संकटकाल लगाएर अघि बढ्नु समाधान नभएको बताएका छन् । उनले मुलुकको सर्वोच्च अदालतबाट सुरक्षाकर्मीको घेराउको अवस्था हटाउन पनि आग्रह गरेका छन् । 


राष्ट्रसंघ र विभिन्न देशहरूले सम्पूर्ण नागरिकको सुरक्षाको प्रत्याभूत गर्न र पक्राउ परेका प्रधानन्यायाधीशको रिहाई गर्न पनि आग्रह गरेको गरेका छन् । महासचिव गुटेर्रेसले देशमा कानूनी शासनको प्रत्याभूति हुने खालका क्रियाकलापकहरू मात्र गर्न माल्दिभ्सको सरकारलाई आग्रहसमेत गरेका छन् । अमेरिकाको विदेश मन्त्रालयले राजनीतिक बन्दीहरूलाई रिहा गर्न सर्वोच्च अदालतले दिएको आदेश मान्न राष्ट्रपति यामीनले अस्वीकार गरेको भन्दै चिन्ता व्यक्त गरेको थियो ।


सरकारले संकटकाल घोषणा गरेको केही घण्टाभित्रै प्रधानन्यायाधीश अब्दुल्लाह साइद र अर्का न्यायाधीश अली हमिदलाई नियन्त्रणमा लिएको थियो । सर्वोच्च अदालतले सन् २०१५ मा निर्वासनमा बसेका पूर्वराष्ट्रपति मोहम्मद नाशिद माथिको सुनुवाई पनि असंवैधानिक भएको निर्णय गरेको थियो । 


उक्त आदेशले माल्दिभ्समा लोकतान्त्रिक प्रक्रियाबाट राष्ट्रपतिमा निर्वाचित भएका पहिलो नेता नाशीदलाई सन् २०१८ मा हुने राष्ट्रपतीय निर्वाचनमा सहभागी हुन पाउने बाटो खोलिदिएको थियो । निर्वाचन अघि राष्ट्रपति यामीनले शक्ति गुमाउन नचाहेको कारण संकटकाल घोषणाको कदम सरकारले चालेको पनि टिप्पणी भइरहेको छ ।


सन् २०१५ मा आतंकवादको आरोपमा दोषी ठहरिएका नाशीदले उक्त आरोप राजनीतिक रूपमा प्रेरित भएको बताउने गरेका छन् । माल्दिभ्स सरकारले यसअघि संसद्लाई निलम्बन गर्नुका साथै सर्वोच्च अदालतले राष्ट्रपति अब्दुल्ला यामीनलाई महाभियोग लगाउने कुनै कदम उठाए त्यसको प्रतिरोध गर्न सेनालाई आदेश दिएको थियो ।

प्रतिकृया दिनुहोस

१४ वर्षको उमेरमा सेक्स कति सही ?

पछिल्लो समय सोसल मिडियामा महिला तथा पुरुष सबैले किशोरावस्थाका तस्बिर सार्वजनिक गर्ने गरेका छन् । त्यसो त १४ वर्षको उमेरमा उनीहरू आफैँमा केही कुरामा

डोनाल्ड ट्रम्पको अर्को रोचक तथ्य

डोनाल्ड ट्रम्पको अनैतिक सम्बन्धको हल्ला साम्य हुन नपाउँदै पुनः नयाँ तथ्यले मिडियामा तहल्का मच्चाउन थालेको छ । पोर्न स्टार स्ट्रोमी डानियलसँगको

आगजनीको आरोपमा एक महिलालाई मृत्युदण्डको सजाय

हाङ्गजोउ, २६ माघ । चीनको जेजियाङ्ग प्रान्तमा एक महिलालाई शुक्रबार मृत्युदण्डको सजाय भएको छ । ती महिलाले सन् २०१७ मा गरेको एक आगजनीमा एक परिवारका