ड्याम बन्ने हल्लाले रामेछापमा तनाव

जनतापोस्ट

janataPost

रामेछाप , २५ माघ । सुनकोशीमा ड्याम बन्ने खवरले रामेछापबासी त्रस्त भएका छन् । नेपालकै ठूलो जलबिद्युत आयोजना सञ्चालन गर्ने भन्दै गत हप्तादेखि रामेछापको बिभिन्न स्थानहरूमा सर्बे डिजाइन गर्न थालेपछि उनीहरू त्रसित भएका हुन् । 


मानवअधिकार सञ्जाल रामेछापका संयोजक पाण्डब प्रसाईंका अनुसार ड्याम निर्माण बारेमा हल्ला चलेपछि यसबारेमा  प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको थियो । तर यसको अझैसम्म पनि सुनुवाई हुन सकेको छैन । आयोजना सञ्चालन गर्दा सिन्धुलीको रातमाटा देखि रामेछापको सदरमुकाम मन्थली हुदै देवीटारसम्म डुवान हुने हल्ला सनसनीरुपमा फैलिएपछि सञ्जालले प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गराएको हो । 


सुनकोसी ड्यामका लागि भन्दै प्राविधिकहरू नापजाँच गर्न सदरमुकाम मन्थली आएका थिए । तर यहाँ बन्ने योजना र कार्यक्रमको वारेमा स्थानीय प्रशासन नै बेखबर हुनु दुख को कुरा भएको संयोजक प्रसाइले बताए । उनले भने, ‘नागरिकका गासवासका कुराहरूसँग जोडिएको त्रासले भुकम्प प्रतिरोध घर निर्माण गर्न लागेका पिडीतहरू पनि घर निर्माण कार्य रोकेका छन् । योजना केहो र कहिलेसम्पन्न हुने हो ? त्यसको प्रभाबित क्षेत्र कहाँ देखि कहा सम्म हो ? भन्ने बारेमा तत्काल नागरिकहरूलाई जानकारी दिनु पर्ने माग गरिएको छ । तर हाल सम्म पनि सम्बन्धित निकाय बेखबर भएकाले स्थानीय बासिन्दा रातमा राम्ररी सुत्न समेत पाएका छैनन् । मानवअधिकार सञ्जाल रामेछापका संयोजक प्रसाईं भन्छन्, ‘स्थानीयबासीलाई सही सूचना समयमा उपलब्ध नगराए हामी चरणबद्ध आन्दोलनको घोषणा गर्नेछौँ ।’ यसकाबारेमा अनुसन्धान भइरहेको र हाल आफू जिल्ला वाहिर रहेकाले केही दिन भित्र सबै कुरा बुझेर सम्बन्धित पक्षलाई जानकारी उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी दिलिप लामिछानेले बताए । 
 

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको