बंगलादेशकी पूर्वप्रम जियालाई पाँच वर्ष जेल

जनतापोस्ट

janataPost

एजेन्सी/ढाका । बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की प्रमुख खालिदा जियालाई अदालतले भ्रष्टाचारका मामिलामा दोषि करार दिंदै बिहीबार पाँच वर्षको कैद सजायँ सुनाएको छ । भ्रष्टाचारको सोही मामिलामा अदालतले खालिदा जियाका छोरा तारिक रहमानसँगै अन्य चार जनालाई १०–१० वर्षको केद सजायँ सुनाएको छ ।


बंगलादेशको सरकारले ७२ वर्षिया खालिदा जिया तथा उनका छोरा एवं बिएनपीका वरिष्ठ उपाध्यक्ष तारिक रहमानसँगै पाँच जनालाई दुई लाख ५२ हजार अमेरिकी डलर बराबर भ्रष्टाचार गरेको आरोप लगाएको थियो । साथै सो मुद्दा ढाका अदालतका विशेष न्यायाधिस मोहम्मद अक्तारुज्जमान समक्ष पेश गरिएको थियो । सो मुद्दामा दोषि ठहर गर्दै न्यायाधिस अक्तारुज्जमानले उनीहरुलाई सजायँ सुनाएका हुन् । सो सजायँसँगै बंगलदेशमा हुने आगामी आम निर्वाचनमा खालिदा जियाका साथै अन्य आरोपिहरुले लड्न पाउने छैनन् ।


खालिदा जियालाई सजायँ सुनाइएसँगै बंगलादेशमा तनाब बढ्ने सम्भावना बढ्दो छ । सोही अनुरुप स्थानिय प्रहरीले मानिसहरुलाई सार्वजनिक रुपमा एकत्रित हुन प्रतिबन्ध समेत लगाएको छ । साथै मुलुकभरी प्रहरी तैनाथ गरिएको छ ।

प्रतिकृया दिनुहोस

१४ वर्षको उमेरमा सेक्स कति सही ?

पछिल्लो समय सोसल मिडियामा महिला तथा पुरुष सबैले किशोरावस्थाका तस्बिर सार्वजनिक गर्ने गरेका छन् । त्यसो त १४ वर्षको उमेरमा उनीहरू आफैँमा केही कुरामा

डोनाल्ड ट्रम्पको अर्को रोचक तथ्य

डोनाल्ड ट्रम्पको अनैतिक सम्बन्धको हल्ला साम्य हुन नपाउँदै पुनः नयाँ तथ्यले मिडियामा तहल्का मच्चाउन थालेको छ । पोर्न स्टार स्ट्रोमी डानियलसँगको

आगजनीको आरोपमा एक महिलालाई मृत्युदण्डको सजाय

हाङ्गजोउ, २६ माघ । चीनको जेजियाङ्ग प्रान्तमा एक महिलालाई शुक्रबार मृत्युदण्डको सजाय भएको छ । ती महिलाले सन् २०१७ मा गरेको एक आगजनीमा एक परिवारका