प्रेमका १५ नियम

janataPost

शीर्षक पढ्ने वित्तिकै सायद तपाईंले सम्पादकलाई गाली गर्नुभयो र लेखकको तस्विर देखेर उपहास गर्नुभयो । म भए पनि त्यसै गर्थे । आखिर प्रेम जस्तो अमूर्त कुरालाई कुनै नियममा बाँध्ने दुस्साहस गर्ने म को हुँ ? अनि यस्तो विषयलाई सार्वजनिक सामग्री ठानेर महत्वपूर्ण स्थान दिने सम्पादक कस्ता   हुन् ? तपाईंको यो सोचको म सम्मान गर्छु र सुरुमै क्षमा माग्दछु । प्रेमका नियम हुन्छन् र त्यसलाई बहसमा ल्याउनु पर्छ भन्ने नितान्त मेरो लहड हो । यसमा सम्पादकको कुनै निर्देशन छैन । यसमा आएका तर्क र ब्याख्याले कतै तपाईंलाई छोयो र यसका कुनै बुँदाले तपाईंलाई आकर्षित ग¥यो भने सम्पादकलाई धन्यवाद दिनु होला । छोएन भने मेरो कमजोरी हो, जुन बुझाउन सकिँन । 

 


प्रेमको पहिलो नियम
मानिस यो पृथ्वीको सबैभन्दा कमजोर प्राणी हो । उसलाई हरक्षण कसै न कसैको माया, स्नेह अथवा साहारा चाहिन्छ । 


जीवशास्त्रीहरुलाई थाहा छ, हरेक जसो जीवले आफ्नो आहारा आफै जुटाउन सक्छ । आफ्नी आमा र आफ्नो समुदायले जन्मेको केही समयपछि नै उसलाई आफै बाँच्न सिकाउँछन् । त्यसपछि उसले आफ्नो जीवन आफै बाँच्न सुरु गर्छ । मैथुनका समय मात्र यस्तो जीव विपरित लिङ्गीको आवश्यकता महसुस गर्छ । त्यो पनि त्यसबखत, जव प्रकृतिले बच्चा जन्माउनु पर्ने आवश्यकता महसुस  गराउँछ । 


मान्छे मात्रै यस्तो जीव हो, जसलाई वर्षौ आमाको साहारा चाहिन्छ । ठूलो हुँदै गएपछि उसले नयाँ नयाँ साथी बनाउनु पर्छ र, समयसँगै यस्ता साथी–भाइ परिवर्तन हुँदै जान्छन् । स्कुल–कलेजका साथी जागीर वा व्यवशायमा काम लाग्दैनन् । उसलाई प्रत्येक सिँढीमा मानिसहरुको साथ चाहिदै जान्छ । पढ्न, अघि बढ्न, जागीर खान, प्रगति गर्न हरक्षण, हरपल मानिसलाई मानिसकै आवश्यकता पर्दै जान्छ । ऊ कतिसम्म परनिर्भर छ भने उसले खाने, लगाउने, हिँड्ने र प्रयोग गर्ने ९९ दशमलब ९९ प्रतिसत सामग्री अरुले नै बनाइदिनु पर्छ । 


आधुनिक मानिसको जीवनशैली ध्यान दिएर हेर्ने हो भने उ एक्लै उसको मात्र सामर्थले एक पाइला पनि हिँड्न सक्तैन । जुन दिन उसलाई लाग्छ, मेरो रेखदेख गरिदिने, माया गरिदिने कोही  छैन, उसको मनमा आत्महत्याको विचार उठ्न थाल्छ । 


र, संसारमा मानिस मात्र यस्तो एक्लो प्राणी हो, जसलाइ जीवनमा दुई–चारपटक आत्महत्याको विचार आउँछ । (कसै कसैले त यो विचार आएका बेला आत्महत्या गरिहाल्छन् ।) यो विचार अरु प्राणीलाई आउँदैन । 

 


प्रेमको दोस्रो नियम 
प्रेम समाजको शासक हो । प्रेम सधैं अघि हिँड्छ र मन नपरि नपरि समाज उसको पछि लाग्न बाध्य  छ  ।


समाज जड हुन्छ, यसले आफ्ना पुराना मूल्य–मान्यतालाई सकेसम्म सधैभरि बोकेर हिँड्न चाहन्छ । समाज हिसाव–कितावमा चल्छ । यता प्रेमले कुनै पनि मूल्य–मान्यता मनपराउँदैन । यो हिसाव–कितावमा पनि चल्दैन । यहि कारण समाज र कानुनले बर्जित मानेका बहुविवाह, अन्तरजातीय विवाह र अन्तरधार्मिक विवाहलाई प्रेमले बैध ठान्दै आयो । प्रेमले अन्तरजातीय विवाहलाई धेरैअघि स्वीकार गरेको थियो, कानुन निकै पछि बन्यो । 


प्रेमले अन्तरधार्मिक विवाहलाई पनि धेरैअघि जायक ठह¥यायो, समाजले भर्खरै स्वीकार गर्न थालेको छ । प्रेमसँग हार खाएर समाजले आफ्ना सन्तानका विवाहलाई स्वीकार गरेका हजारौ उदाहरण छन् । आफ्नो प्रेम र विवाह सफल बनाउँन जति प्रेमीहरु सहिद भए, जति उनीहरु प्रताडित भए, संसारको इतिहास अध्ययन गर्दा थाहा हुन्छ, त्यति कुनै राजनीतिक कार्यकर्ता सहिद भएका छैनन् । हरेक घरमा, हरेक पुस्तामा प्रेमका लागि समाज र परिवारसँग संघर्ष गर्ने जोडी भेटिन्छ । त्यसको इतिहास नलेखिएको हुनसक्छ, लेखिएका पनि छैनन् । वाहिरबाट हेर्दा समाज शासक देखिन्छ । तर गहिरिएर हेर्दा प्रेमले समाजलाई डोहो¥याइ रहेको छ । प्रेम सधैं अघि हिँड्छ र मन नपरि नपरि समाज उसको पछि लाग्न बाध्य हुन्छ । 

 


प्रेमको तेस्रो नियम 
जुन युद्ध अवेगले जित्न सकिदैन, त्यो युद्ध प्रेमले जित्न सकिन्छ ।

प्रेमको यो नियम सबैभन्दा धेरै सुनिने तर व्यवहारमा लागू गर्न एकदमै गाह«ो नियम हो । मनोविज्ञानले यसलाई मानवको सबैभन्दा ठूलो ‘इगो’ मान्छ । 
हरेक मानिस युद्ध गरिरहेको छ ।  कोही आफूसँग, कोही ‘आफ्नाहरु सँग’ गरिरहेको छ । कोही समाजसँग, कोही  सरकारसँग, कोही सत्रु राष्ट्रसँग, कोही  संसारसँग र कोही इश्वरसँग । जव कुनै व्यक्ति केही प्राप्त गर्न चाहन्छ, त्यसमा एक प्रकारको आवेग सुरु हुन्छ । यसका लागि मानवले हजारौं वर्ष हतियारको सहयोगले आफूले चाहेको वस्तु जित्न सक्यो । 


सयौं वर्ष विद्याले, सयौं वर्ष बुद्धिले आफ्ना कुरा हात पार्ने प्रयास ग¥यो । आजको दुनियाँमा आफूलाई चाहिएको कुरा प्राप्त गर्न मानिसले साम, दाम, दण्ड र भेद सबै प्रकारका कुरा प्रयोग गरिरहेको हामी देख्न सक्छौं । यद्यपि इतिहास क्रम हेर्ने हो भने प्रेमले ठूला ठूलो युद्ध टरेका उदाहरण छन् र ठूला ठूला कुरा प्राप्ति भएका छन् । विद्या, बुद्धि र चतुरताले केही समयका लागि ती कुरा प्राप्त होलान् तर त्यसको स्थायित्व प्रेमपूर्ण भएपछि मात्रै स्थायित्व हुन्छ । पृथ्वीनारायण शाहले काठमान्डौं जित्न भक्तपुरसँग प्रेमपूर्ण सम्बन्ध गाँसे । हतियार प्रयोगपछि उनले काठमाडौं जिते तर यहाँका जात्रा, पर्व र रहनसहनलाई स्वीकार गरे । नेपाल एकिकरण हुनुमा प्रेम, हतियार र प्रेमको सुत्र प्रयोग भएको देखिन्छ । 

 


प्रेमको चौथो नियम 
प्रेमको वाहिरी आवरणमा हार देखिन्छ भित्री आवरणमा जित मुस्कुराइरहेको हुन्छ । 


कुनै युद्धपछि, कुनै विवाहपछि, कुनै प्राप्तिपछि त्यहाँ हार जस्तो देखियो तर त्यसका पात्र भने शक्तिशाली देखिए भने बुझ्नुपर्छ त्यहाँ प्रेमको चौथो नियम लागू भइरहेको छ । माओवादी द्वन्द्वका केही विश्लेषक माओवादी आन्दोलनले आत्मसमर्पण गरेको निष्कर्ष निकाल्ने गरेका छन् । वाहिरबाट हेर्दा माओवादीले जुन उद्देश्य लिएर ‘जनयुद्ध’ सुरु गरेका थिए त्यसको कुनै पनि कुरा पूर्णरुपले प्राप्त भएको छैन । प्राप्त हुने अवस्था पनि छैन । तर प्रचण्डले प्रेमको चौथो नियम प्रयोग गरे । जसमा प्रेम, युद्ध र प्रेमको नीति प्रतिपादन गरिएको छ । पहिले प्रेमपूर्ण सम्बन्ध राखेर जनतालाई एकिकृत गरे । दोस्रोमा उसैसित युद्ध गरे जसलाई उनी प्राप्त गर्न चाहन्थे । जब युद्धको औचित्य सकिएको महसुस गरे । पुनः आत्मसमर्पण शैलीमा प्रेमपत्र पठाएर सेनाको विघठन गरे । 


यो शैलीको युद्धमा घटनाहरु फरक थिए तर पृथ्वीनारायण शाह जसरी सफल भएका थिए, प्रचण्ड त्यसैगरी सफल भएका हुन् । यो सुत्र सामान्य प्रेमीका फकाउनदेखि लिएर राज्यसत्ता प्राप्त गर्नसम्मका लागि प्रयोग भएको छ । यद्यपि यसमा एउटा कुरा प्रस्ट पारिहालौं, प्रेमलाई यसरी कुनै कुरा प्राप्त गर्ने हतियारका रुपमा प्रयोग गर्नु अपराध हो । 

 


प्रेमको पाँचौ नियम 
प्रेम र बेहुली उस्तै हुन्, जो नयाँ–नयाँमै महत्वपूर्ण लाग्छन् ।


केही अपवाद छाडेर संसारभरि नै विवाहपछि दुलही दुलाहाको घरमा आउने चलन छ । यहि सार्वजनिन प्रचलनबाट यो नियमको उत्खनन् गरिएको हो । 
प्रेम भनेको के हो ? यो नियमले भन्छ, प्रेम त्यही हो, जसलाई प्राप्त गर्ने उत्कठ चाहाना मनमा पलाउँछ र त्यसका लागि बाँकी सबै कुरा गौण हुन पुग्छन् । प्रेम त्यही हो, त्यो कुरा प्राप्त गर्न उसले सबै किसिमका प्रयास निरन्तर गर्छ र पनि थाक्दैन । एउटा युवक वा युवतीलाई जीवनसाथी बनाउनेदेखि कुनै व्यक्तिको सत्ताको यात्रासम्म, विश्वकै धनाढ्य बन्ने सपनादेखि, सबै छाडेर योगी हुनुसम्मका घटना यसैका द्योतक हुन् । कुन व्यक्तिले आज के पायो भन्ने कुरा हिजो उसले कुन वस्तुलाई कति गहिराइसम्म प्रेम ग¥यो त्यसबाट मापन गर्न  सकिन्छ । 


प्रेमको यो नियमले भन्छ, जव कुनै व्यक्तिले कुनै विशिष्ट कुरा प्राप्त ग¥यो भने सुरुमा सबैका लागि रमाइलो र आश्चर्यको कुरा हुन्छ । जसरी नयाँ दुलही गाउँमा भित्रिदा त्यो दुहली सबैका लागि चासोको विषय हुन्छ, ठिक त्यस्तै हरेक सफलता वा प्राप्ति सुरु सुरुमै अनौठा लाग्छन् । विस्तारै ती कुरा आम मानिसका लागि साधारण कुरा बन्न थाल्छ । त्यसपछि मानिस अर्को अनौठो प्रेम हेर्न उत्सुक हुन्छ । 


यहि कारण कसैको प्रेम र विवाहको कुरा सुन्न मानिस जति उत्सुक हुन्छन्, विवाहपछि त्यो जोडीका प्रेम धेरैका लागि गौण बन्न पुग्छन् । त्यति मात्र होइन, स्वयं जोडीहरु पनि आफ्नो प्रेम पहिले जस्तो गम्भीर नभएको महसुस गर्न थाल्छन् । 

 


प्रेमको छैठौं नियम...
प्रेम र दुरीबीच घनिष्ठ सम्बन्ध छ

हरेक व्यक्तिलाई ठूलो भएपछि बाल्यकालको सम्झना, परदेशमा रहँदा देशको सम्झना, जागीरमा रहँदा आमाको हातको खाना..यस्तो लाग्छ, मान्छे जति टाढा हुँदै जान्छ, छाडेको कुराको सम्झनाले सताउ“दै जान्छ । 


सत्ता बाहिर रहँदा सत्ताको सम्झना, प्रेमीबाट टाढा हुँदा विवाह गर्ने चाहाना र विदेशमा रहँदा श्रीमतीको माया बढि लाग्छ । 
प्रेमको छैंठौ नियमले भन्छ, प्रेम र दूरी एकअर्काका मित्र हुन् । माया गर्नेलाई आफू कति माया गर्छु भन्ने थाहा पाउनु छ भने उबाट केही समय टाढा हुनुपर्छ । मनोविज्ञहरुले पनि कोही व्यक्तिलाई कुनै कुरामा आकर्षित बनाउन यहि सुत्र प्रयोग गर्ने गर्दछन् । 

 

 

प्रेमको सातौं नियम 
अन्तिम गन्तब्यसम्म नपुगी प्रेमले विश्राम लिदैन 

सन्तहरु भन्छन् : मानिस असन्तोषी प्राणी भएकाले उ सधैं नयाँ नयाँ कुरा खोजिरहन्छ र इच्छा पूरा नगरि मर्छ । यहि कारण उनीहरु मानिसलाई इच्छाहरुको त्याग गर्ने सुत्रहरु सिकाउँछन् । 


तर प्रेमको सातौं नियमले भन्छ : आफूले चाहेजस्तो प्रेम नपाएकाले मानिस असन्तोषी भएको हो । मानिसका जति पनि क्रियाकलाप छन्, ती आफूले खोजेको कुरा प्राप्त गर्ने प्रयासमा भएका हुन् । प्रेम यस्तो विसाउनी हो, जहाँ पुगेर मानिसको धैर्य एक क्षणका लागि शान्त हुन्छ । खेलिरहेको एउटा बच्चा आमासँग पुगेपछि, प्रेम गरेको एउटा युवा विवाह गरेपछि, राजनीतिमा लागेपछि एउटा मान्छे सत्तामा पुगेपछि उसको एउटा कार्यकाल सकिएको मान्छन् । 


त्यसो भए किन आमासँग भएको बच्चा एक क्षणपछि, विवाह भएपछि एउटा युवक केही वर्षपछि र सत्ता पाएको व्यक्ति प्रधानमन्त्री भएपछि पुनः अर्को त्यस्तै पूरक कुराको खोजी गर्छ ? यो प्रश्न उठ्ने गरेको छ । प्रेमको सातौं नियमको उपनियमले भन्छ, मानिसले पाएको त्यो प्रेम, जुन उसले प्रेम हो भन्ने ठानेको थियो, त्यो उसको अन्तिम गन्तब्य होइन रहेछ । 


बरु मानिसले आफूले पाएको प्रेमभन्दा माथि पनि अर्को कुनै कुरा उसलाई पर्खिरहेको भन्ने कुरा उसले ती कुरा पाएपछि मसुस गर्छ । मानिस सीमाहिन प्रेम चाहन्छ तर आमाको काख, प्रेमीका यौन र सत्ताको आनन्दका आफ्ना सीमा हुन्छन् । ती प्रेमले मानिसभित्रको अनन्त चाहाना तृप्त गर्न सक्दैन । 

 


प्रेमको आठौं नियम...
ब्रेकअप गर्न उति गार्हाे हुन्न, जति विर्सन :


प्रेममा ब्रेकअप हुनु सामान्य कुरा हो । केही आफ्नै कारणले, केही परिस्थितिले र केही सयमले हाम्रा प्रेमलाई ढाटा पु¥याइदिन्छ । प्रेमको यात्रा अनन्त भएकाले मानिस पुनः अर्को यात्रामा निस्कन्छ । त्यसो भन्दैमा पुरानो प्रेमलाई मानिसले विर्सन्छ भन्ने पटक्क होइन । यदि कसैले पुरानो प्रेम विर्सन्छ भने त्यो प्रेम होइन । 
खासमा प्रेम जति पुरानो भयो, उति मिठो याद भएर रहन्छ । उ त्यसमा फर्कन चाहदैन तर मनभरि, मुटुभरि उसको याद खोपेर बाँचिरहन्छ । भलै त्यो प्रेमको अन्त्य जति तिक्ततापूर्ण किन नहोस्, त्यो प्रेमले बाँचेका दुई–चार क्षणले त्यो प्रेमको महत्वलाई स्थापित गरिरहेको हुन्छ । 

 


प्रेमको नवौं नियम 
सेतो रंंगमा हरियो र पहेंलो रंग मिसाउने हो भने आकर्षण सुगा रंग बन्छ 
सेतो मनमा रातो प्रेम र सिन्दुरे रंग मिसाउने हो भने आकर्षक भूरा रंग बन्छ । 


प्रेमले कला जन्माउँछ । प्रेमले विज्ञान जन्माउँछ र प्रेमले संसारलाई एउटा बाटो पनि देखाउँछ । यो संसार प्रेमका कारण चलायमान छ । आज जति पनि हामी यो लेख पढिरहेका छौं, सबैलाई थाहा छ, हामी त्यही प्रेमका परिणत हौं । 


प्रेमको यो नियम पूर्णत विज्ञान र हिन्दु शास्त्रको संयोजन हो । यसले भन्छ, जसरी सेतो रंगमा हरियो र पहेंलो रंग मिसाउँदा आकर्षक सुँगा रंग बन्छ । अरु रंग बन्नै सक्दैन । ठिक त्यसैगरि प्रेमपूर्ण विवाहबाट जन्मिएका सन्तान, प्रेमपूर्ण लालन पालनबाट हुर्किएका सन्तानले ठूलो प्रगति गर्छन् । यसमा हाम्रो हिन्दु शास्त्रदेखि आधुनिक विज्ञान र मनोवैज्ञानिकहरु पनि सहमत छन् । 

 


प्रेमको दसौं नियम 
साना स्तन भएका युवती र थोरै आम्दानी भएका युवा प्रेममा सधैं असुरक्षित महसुस गर्छन् 

प्रेमको दसौं नियम केही मानिसका लागि विझाउने खालको हुन सक्छ । तर सत्य आखिर सत्य नै हुन्छ, चाहे त्यसले जति सुकै विझाओस् । 
प्रेमले जति सुकै आदर्शको कुरा गरे पनि जबसम्म अन्तिम लक्ष्य प्राप्त गर्दैन तवसम्म विभिन्न समस्याबाट गुज्रिरहनु पर्छ । विशेषगरि आधुनिक समाजमा प्रेम र प्राप्ति एक अर्कामा मिसिएर आएको हुनाले पनि प्रेमले विभिन्न किसिमका खण्डहर पार गर्दै जानुपर्छ । त्यसमध्ये प्रेमको सबैभन्दा अनौठो खण्डहर यौन नै हो । र, यौन एउटा बृहत्तर विषय हो । 


प्रेमले आदर्शका कुरा गर्छ । तर उसको आदर्श त्यो बेला धरमराउँछ, जुन बेला प्रेमसँग यौन मिसिएर आउँछ । प्रेम यौन आकर्षण गर्ने प्रमुख माध्यम हो । तर आधुनिक समाजमा को कति सम्पन्न छ, ऊ त्यति नै सुन्दर युवती विवाह गर्न सक्षम छ । सम्पन्नता र प्रशिद्धिले मानिसको प्रेम किनबेच गर्ने क्षमता राख्छ । कमजोर धन भएको पुरुष र अरु भन्दा कम सौन्दर्य भएकी युवतीले आफूले चाहेको प्रेम प्राप्त गर्न प्रायः असम्भव हुन्छ । त्यो प्रेम सम्भव भए पनि दीगो हुँदैन । 

 


प्रेमको एघारौं नियम 
प्रेममा बगेको आँसु संसारको सुन्दरतम तरल पदार्थ हो...

सामान्यता दुःखमा आँशु बग्ने गर्छन् । कोही आफन्त गुमाउँदा रुन्छन् । कोही देश छाड्दा पग्लन्छन् । कोही आफूले भोग्नु नपर्ने दुखका दिन भोगिरहनु पर्दा रुन्छन् । यहाँ शारीरिक पीडामा रुनेहरु पनि छन् । मानसिक पीडामा रुनेहरु पनि धेरै छन् । तर केही यस्ता आँशु पनि हुन्छन् जो केवल प्रेममा बहने गर्दछन् । 
प्रेमपूर्ण आँशु वाहिरबाट हेर्दा पीडाका आँशु जस्तै देखिन्छ । तर प्रेममा रुने मानिस रुँदा भित्रबाट हलुको महसुस गर्छ, उसको आँशुसँगै कसैप्रति आर्शीवाद बर्सिरहेका हुन्छन् । प्रगतिका कामना आइरहेका हुन्छन् । 


वर्षौ छुट्टिएका प्रेमी–प्रेमीकाको मिलनमा बग्ने आँशु , छोराको प्रगतिमा आमाको आँखाबाट बग्ने आँशु, छोरीको विदाइमा बुवाको रसाएका आँखा यस्ता आँशुहरु हुन् जसले सधैं आर्शीवाद दिइरहेको हुन्छन् । त्यो आँशुले सकारात्मक बाटो देखाइरहेको हुन्छ । जवकी दुःखका आँशुमा दुःख दिने मानिस वा वस्तुप्रति त्यो भाव पाउन सकिदैन । ठिक विपरित भाव आइरहेका हुन्छन् । 


यहि कारण भन्न मन लाग्छ, प्रेममा बगेको आँशु संसारको सुन्दरतम तरल पदार्थ हो । 

 


प्रेमको बार्हाै नियम...
जति बाँध्न खोज्यो उति खुस्कन्छ, जति खुकुलो छाड्यो उति कसिन्छ 

इसापूर्व छेठौं शताब्दीका चिनिया विचारक एवं ताओ धर्मका संस्थापक लाउत्सेले यो नियम प्रतिपादन गरेका हुन् । उनका अनुसार जसलाई जति बढि प्रेम गरिन्छ, उसलाई उति नै बढि स्वतन्त्र रहन दिनुपर्छ । यदि राज्य जनतालाई प्रेम गर्छ भने प्रहरी प्रशासन र अदालत राख्नै हुँदैन । यदि कुनै स्त्री आफ्नो श्रीमान्लाई प्रेम गर्छे भने उसलाई आफ्नो वरपर बस्नु पर्छ भन्ने आग्रह पाल्नै हुँदैन । 


प्रेममा जति स्तन्त्रता भयो, त्यो प्रेम त्यति नै बढि खुल्न थाल्छ र त्यसभित्रको प्रेम प्रकट हुन थाल्छ । जति बाँध्न खोज्यो त्यसले पर हुँने अवस्था ल्याउन थाल्छ । आजभोलि यो नियम अझै बढि मुखर भएर आएको छ । श्रीमान–श्रीमतीलाई आफ्नो विचार र परिवेशमा बाँधेर राख्ने प्रयास गर्दा दिनहुँ पारपाचुकेका घटना हुन थालेका छन् । 

 


प्रेमको तेर्हाै‌‌‌‌ नियम 
जति गहिरो प्रेम गर्नु छ, त्यति नै गहिरो मौन हुनु छ । 

प्रेमको यो नियमले भन्छ, खासमा प्रेम गर्ने मानिसले आफ्नो प्रेमको बारेमा बताइरहनु पर्ने आवश्यकता ठान्दैन र आफ्नो प्रेम जताइ रहदैन पनि । अनुसन्धानले पनि जुन विषयमा जति ध्यान बढ्दै जान्छ, उ गम्भीर बन्दै जान्छ र आँखाको भावमै धेरै कुरा व्यक्त भैरहन्छ । समय वित्दै जाँदा यस्तो समय पनि  आउँछ, उसको चाल, ढाल र दिनचर्या त्यही कुरामा परिवर्तन हुन्छ, जसलाई ऊ माया गर्छ । 


संसारमा जो व्यक्ति जुन कुरामा सफल छन् । वाहिरबाट हेर्दा उसलाई सफल मान्न सकिएला । तर गहिरिएर हेर्दा त्यो व्यक्तिमा एकप्रकारको पागलपन देख्न सकिन्छ । र, यो पागलपनको अवस्थामा नपुगी कोही पनि व्यक्ति मौन प्रेमको अवस्थामा पुग्न सक्तैन । 

 


प्रेमको चौधौं नियम 
जसले जित्ने प्रयासमा खेल्छ र विजयी हुन्छ, उसलाई खेलाडी भनिन्छ
जसले हार्ने प्रयासमा खेल्छ र पनि विजयी हुन्छ, उसलाई प्रेमी भनिन्छ 

द्वापर युगमा कृष्णले आफूले माया गर्ने व्यक्तिहरुमा बारम्बार यो सुत्र प्रयोग गरेका थिए । महाभारत युद्धमा कृष्णले चाहेका भए आफ्ना सबै सेना पाण्डवका पक्षमा लगाएर आफू पनि सशस्त्र युद्धमा सहभागी हुन सक्थे । तर कृष्णले आफूसँग भएका सेना कौरवलाई दिए र आफू निहत्था अर्जुनको सारथी हुन पुगे । यसले कौरव पक्षलाई पनि आफ्नो प्रेम दर्शाए र अर्जुनको सारथी भएर उनलाई दीब्य ज्ञान दिन पाए । 


हिन्दी चलचित्र बाजिगरमा नायक भन्छ, ‘जसले हारेर पनि जित्छ, उसलाई बाजिगर भनिन्छ ।’ खासमा बाजिगरको नायक आफूले मनपराएकी नायिकाको बुवासँग एउटा खेलमा प्रतिस्पर्धा गरिरहेको थियो । उसले खेल जितेको भए आफ्नी प्रेमिकाको पिताजीलाई मात्र हराउन सक्थ्यो । तर जानी जानी खेल हारेर उसले पीता र प्रेमीका दुबैको मन जित्यो । 

 


प्रेमको पन्ध्रौं नियम
मान्छे सबैसँग प्रेमको आशा राख्छ, प्रेम नपाएकोमा दुःखेसो गर्दै हिड्छ । तर आफू जुन धर्तीमा हिडेको छ, जुन धर्तीमा बसेको छ, त्यहिँ प्रेमको भण्डार लुकेको थाहै पाउँदैन । 


यो नियम बुद्धले, जिससले र ओशोले दिएर गएका हुन् । यो एउटै नियम प्रेमको गरिमा बुझ्न काफी छ । यहि एउटा नियमको लामा ब्याख्या हुन सक्छ र भइरहेको छ ।

प्रतिकृया दिनुहोस

सुनकोशी दोहन, राज्य मौन (फोटोफिचर)

काठमाडौं । विपी राजमार्गको भकुण्डेवेशी देखि खुर्कोट खण्डको नदीमा देखी केही दृश्य जहाँ मेरो मात्र होइन जो कोहीको पनि आँखा पुग्छन । सुनकोशी नदिका

कतारबाट फर्किएका घिमिरे नेपाल आएपछि बेपत्ता

नवलपरासी, १२ चैत । वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल

बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा भक्तजनको भीड

काठमाडौँ, ११ चैत । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन आज बिहानैदेखि देशभरका राममन्दिरमा पूजा आराधना गर्न भक्तजनको भीड लागेको छ ।