अब गुलाब होइन गुराँस

janataPost

प्रेम नै जीवन हो । प्रेमविनाको जीवन कसैको पनि हुँदैन । सायद छैन पनि । तर, त्यतिबेला मात्र त्यो सार्थक हुन्छ ,जतिबेला त्यहाँ स्वार्थ लुकेको हँुदैन । जब अरूका लागि निस्वार्थ प्रेम गरिन्छ, तब सार्थक हुन्छ । जस्तैः आमाले बच्चालाई गर्ने प्रेम । आमाले आफूलाई मारेर भए पनि बच्चालाई बचाउँछन् । त्यस्तै प्रेमी वा प्रेमीकाले पनि आफ्ना प्रेमीलाई निःस्वार्थ माया गर्छ भने मात्र त्यो प्रेम हुन्छ ।


अहिले वासनाका लागि मात्र प्रेम गर्ने गरेको पाइन्छ । आफ्नो स्वार्थ परिपूर्तिका लागि प्रेमको नाटक गर्ने गरेका छन् । कसैकसैले केवल बोलचाललाई मात्र पनि प्रेम भनेको पाइन्छ । कसैले कसैलाई केही सहयोग गर्यो भने त्यसलाई पनि प्रेम भन्छन् । तर, मचाहिँ त्यसलाई प्रेम मान्दिनँ । किनकि प्रेम भनेको त स्वार्थविहीन र अरुका लागि लाभदायक हुनुपर्छ । यो स्वार्थसहितको कार्यमा प्रेम हुँदैन । अहिलेको प्रेमलाई स्वार्थसँग लगेर जोड्ने गरिन्छ । यसले साँचो प्रेमको वदनाम गरिरहेको हुन्छ ।


प्रेममा समर्पणको भावना हुन्छ
मानवमा समर्पणको भावना हुन्छ । त्यही समर्पणको भावनाप्रेरित मानवले अरुका लागि आफ्नो जीवन नै बलिदान गर्छ ।  अनि मात्र बल्ल प्रेम सुरु हुन्छ । जस्तो कि देशका लागि प्राणको आहूति दिने शहीदहरू । जसले देशका लागि आफ्नो जीवन वलिवेदीमा चढाए । त्यो पो हो त प्रेम । हामी पश्चिमी सभ्यतातर्फ आकर्षित भइरहेका छौँ । हामीले आफूसँग भएका राम्रा कुरा अभियानका रुपमा वा जानकरीका रुपमा दिएकै छैनौँ । पश्चिमी सभ्यताको प्रभावमा परेर फेबु्रअरी १४ मा प्रेम दिवस मनाउनु त्यसकै एउटा प्रमाण हो । 


यसको इतिहास एउटा प्रणय कथाबाट सुरु भएको हो । अर्थात्, एउटा कथालाई लिएर मनाउन थाले उनीहरूले । हामीले नमनाऊँ भन्ने मेरो आशय होइन । जुनदिन मनाउँदा पनि हुन्छ भन्ने मात्र हो । त्यस्ता गौरवशाली प्रेमकथा हाम्रै सभ्यतामा पनि पर्याप्त छन् । हाम्रा पौराणिक कथाहरूमा पनि यस्ता अविस्मरणीय घटना छन्, जसलाई हामी हाम्रा सन्ततीलाई सिकाएर प्रणय दिवस मनाउन थाल्यौँ भने १४ फ्रेबुअरी मात्रै मनाउनु पर्दैन नि ! 


म पुर्वतिर हुर्केको भएर होला, राई, लिम्बू, मगर, किराँत, थारू, सिंह, राजपुतजस्ता जातिसँग बढी नजिक छु ।  हाम्रोमा पनि ल्होसार, माघी, रोधी मनाउँछौँ । यिनै अवसरमध्ये एक दिनलाई रोजेर एकले अर्कालाई ‘विस्’ ग¥यौँ भने पनि त भइहाल्छ नि ! हामीले सुरुवात ग¥यौँ भने एउटा बेग्लै इतिहास बन्छ । नयाँ सुरुवात गरौँ भन्ने मात्र हो, यसलाई मैले विरोधै गरेको चाहिँ होइन । 


एउटा गुलाबको फूललाई ४÷५ सय रूपैयाँमा बेचेको पनि मलाई याद छ । त्यो किन्ने को हुन्छ त भन्दा हाम्रै छोराछोरी नातिनातिना त हुन्छन् । त्यसकारण गुलाबको साटो धानका बाला दिए पनि हुन्छ । जतिबेला खेतभरी धान लहलह भइरहेको हुन्छ । धानको बाला कसैलाई दियो भनेदेखि जिन्दगिभरिका लागि त्यो चिनो हुन सक्छ । तेरो श्रेय, तेरो आयु, तेरो आरोग्यता सबै यसैमा अल्झिएको छ भन्ने अर्थ लगाए पनि त हुन्छ । 


त्यस्ता खालका कुनै एउटा दिनको सुरुवात गरौँ, जसले हाम्रो आफ्नो परम्परा झल्कियोस् । यत्रो विविधता भएको देशमा हामी छौँ । जहाँ ढकमक्क लालीगुराँस छन् । यसरी प्रेमको प्रतीकका रूपमा फूल दिनैपर्छ भने पनि लालीगुराँस देओस् । कम्तीमा एउटा गुराँस सय रूपैयाँमा बिक्री भयो भने गुराँस फुल्ने क्षेत्रका वासिन्दालाई आम्दानीको स्रोत बन्ने थियो ।  अर्कोतिर हाम्रो संस्कार पनि बच्ने थियो । गुराँस दिवस मनाइयो भने र त्यसैलाई प्रणय दिवस भनियो भने गुराँसको सदुपयोग हुने थियो । गुराँस दिनुपर्ने थिएन प्रणय दिवसमा । साथै हाम्रो आफ्नो संस्कार साथै इतिहास रचिने थियो । 

 

गुराँस दिवस मनाइयो भने र त्यसैलाई प्रणय दिवस भनियो भने गुराँसको सदुपयोग हुने थियो । गुलाब दिनुपर्ने थिएन, प्रणय दिवसमा । साथै हाम्रो आफ्नो संस्कार संरक्षण हुनुका साथै बेग्लै इतिहास रचिने थियो । 


अहिले प्रेम खस्केको छ 
वयस्क उमेरमा एउटा केटोले केटीलाई वा केटीले केटोलाई गर्ने आकर्षण सहितको प्रेमलाई मात्र प्रेम मान्न थाल्यौँ । यो आकर्षण १६ वर्षदेखि नै सुरु हुन्छ । १६ वर्षे जोवन नै भन्ने चलन छ । १६ वर्षदेखि लिएर २२/२५ वर्षसम्ममा त सबै प्रणयसूत्रमा बाँधिइ सकिने भएकाले त्यस बीचको समयमा हामी अलि बढी नै चञ्चल हुन्छौँ । जसलाई हामी कुखुरे वंैश भन्छौँ । तर प्रेमलाई साँचो प्रेम मान्ने हो भने त मीराले कृष्णलाई गरेको प्रेमजस्तो पो हुनुपर्छ त । उसलाई लगेर विष पिउन दिँदा पनि कृष्णको नाम लिएर उनले त्यो विष खाइन् । उनलाई त्यो विष लागेन । सिधा कुरा कति शक्ति रहेछ त प्रेममा ! 


हामी नै अप्रेशन गर्छौं । हजारौँ अप्रेशन गरँेहोला आजसम्म । कति गरे थाहा छैन । नेपाल मात्र होइन । संसारका जुनसुकै कुनामा जाँदा पनि भन्ने गर्छन्, ‘डाक्टर सा’ब तपाईंले जन्माइदिएको बच्चा । तपाईंले मलाई जोगाइदिनुभयो । तपाईंले मलाई नयाँ जीवन दिनुभयो ।’ 


त्यकारण यो एकले अर्कालाई ‘विस्’ गर्ने जुन अश्लीलखाले प्रेमका कुराहरू हुन्छ, त्यसलाई हामीले एउटा मात्र वयस्कको प्रेम ठान्न थाल्यौँ । बाबुले आमालाई, बाबुले छोराछोरीलाई, आमाले बच्चालाई, बच्चाले आमालाई गर्ने मायालाई हामीले सस्तो मायाका रूपमा परिभाषित ग¥यौँ । हामीले प्रेमलाई र प्रेम गर्ने तरिकालाई अश्लील बनायौँ । सिकाउँदा पनि त्यस्तै सिकायौँ । 


एकजना युवकले पनि राष्ट्रलाई त्यति नै प्रेम गर्न सक्छ । वृद्धबाबु आमालाई त्यति नै प्रेम गर्छ । अहिले प्रेम खस्केको छ । आफ्नो खुसीका लागि बाबुआमालाई वृद्धाश्रममा लगेर राखेका छन् । त्यस्तालाई हामीले कस्तो प्रेमको परिभाषा दिने ? त्यसैले सिकाउनु छ, नयाँ पुस्तालाई असली प्रेम के हो भनेर । 


यौन आसक्तिले प्रेम वदनाम भएको छ 
प्रेम वदनाम भएको यौन आसक्तिकै कारणले हो । यदि यो इच्छालाई प्रेमसँग दाँज्ने हो भने त्यस्तो प्रेम कसैले पनि नगरोस् । त्यसलाई शुद्धरूपमा काम वासनाको संज्ञा दिइयोस् । हो, जीवनको उत्कर्ष अथवा यौवनको समयमा मान्छेले यौन इच्छा राख्न सक्छ । तर, यसलाई प्रेमबाट अलग्गै राख्नुपर्छ । यी सब कुरा कसैले लुकाएर लुक्ने पनि होइन । अथवा यसो गर्छु उसो गर्छु भन्ने कुरा होइन । तर, यौनलाई प्रेमसँग दाँज्नु भनेकै प्रेम वदनाम हुनु हो ।


मान्छेमा स्वार्थ हुन्छ । यौन इच्छा पूरा गर्ने बहाना हुन्छ, पैसा लुट्नका लागि जब प्रेमको बहाना रचिन्छ, बाबुआमासँग पैसा धुत्नका लागि जब प्रेमको बहाना गरिन्छ अनि त प्रेम वदनाम हुन्छ । 


विवाहपछि अरूतिर ध्यान गएन 
मेरो विवाह १५ वर्षको हुँदा भएको हो । मेरी श्रीमती १२ वर्षकी थिइन् । म विवाहपछि पढ्न बंगलादेशको ढाका गएँ । जतिबेला म १७÷१८ वर्षको मात्र थिएँ । भोलिपल्ट दशँैको कार्यक्रम थियो । जहाँ सबैलाई म विवाहित हुँ र  मेरो एउटा बच्चा छ भन्ने जानकारी भयो ।


विवाहपछि मैले कसैलाई पनि प्रेम प्रस्ताव राखिनँ । कतिले मलाई चाहेका पनि थिए । तर प्रेमी भनेर प्रेम प्रस्तावचाहिँ कसैले पनि राख्ने आँट गरेनन् । थाहा नहुने कतिले त मनमनै चाहे होलान् । त्यो म भन्न सक्दिनँ । 


सिनियरका हिसाबले पनि र जिस्किएर भए पनि भ्यालेन्टाइन डेमा मलाई पूmलचाँहि दिने गरेका छन् । आजसम्म मैले ३०÷४० वटा पूmल पाएँ होला । तर यसैलाई ‘प्रपोज’ भन्न मिल्दैन । 


विवाहको मण्डपबाटै भाग्छु भनेर सोंचेको थिए । किनभने १५ वर्षको उमेरमा कहाँ विवाह गर्न मन हुन्थ्यो ! हजुरबुवाको प्यारो नाति भएकाले उहाँको चाहनामा भएको थियो । उहाँको इच्छा पूरा गर्न विवाह गरियो । त्यसभन्दा अगाडि सरलालाई देखेको पनि थिइनँ । हेर्न जाऊँ भन्नुभएको थियो, तर मैले हेर्नुपर्ने आवश्यकता नै ठानिनँ । मनमा कताकता कहिलेकाहीँ भन्थेँ, मन परेन भने बरू भाग्छु । तर, भाग्ने कुरै भएन ! जब पहिलोपटक विवाहको मण्डपमा स्वयम्बरमा देखियो । त्यसपछि त हामी आफैँ सतर्क भयौँ । आज ५६ वर्ष भयो विवाह भएको । हामीले ६ वर्ष अगाडि ५० औँ वर्षगाँठ मनाएका थियाँै । त्यसपछि बर्सेनि हामीले मनाउने गरेका छौं । 


विवाहपछि आजसम्म उनीबाहेक अरूप्रति ध्यान गएन । र, मन मिल्ने केटी साथी भनेर पनि भएन । साथीमा केटा हुन् कि केटी हुन् कहिले पनि छुट्याइएन । किनकि केटाभन्दा केटी साथी नै बढी हुने गर्दथे पढ्दा । र, पढाइका सिलसिलामा ढाकामा हँुदा सरला पनि उतै गएकी थिइन् । पछि म गाइनो डाक्टर भएर आएँ । त्यसपछि पनि हामीहरूले त्यसरी नै काम ग¥याँै । उनी डाक्टर नभएपनि मेरै क्लिनिकमा बसेर मलाई सहयोग गरिन् ।


आध्यात्मिक चेतनाले मानिसलाई मर्यादित बनाउँछ 
त्यतिखेर उरेन्ठेउलो समय नै थिएन । त्यसले गर्दा र हाम्रो परिवार एकदमै संस्कारी । मेरो हजुरबुवाले पूजा गर्न थालेपछि मलाई अगाडि राख्नु हुन्थ्यो । उहाँले १ घण्टासम्म पूजा गरिरहँदा पनि म बसेकोबस्यै गर्थें, पूजा नसकिउन्जेल । त्यसैले मेरो नाम भोला राखिएको हो । म त्यो संस्कारबाट हुर्किएको मान्छे । आज पनि के भन्छु भने, हाम्रा बालबच्चालाई पूरै आध्यात्मिक संस्कारमा संलग्न गराउनुपर्दछ । किनभने आध्यात्मिक चेतनाले मानिसलाई मर्यादित बनाउँछ । उनीहरूलाई हरेक कुराको ज्ञान दिएर थोरै त्यतातिर लैजानुपर्छ ।

प्रतिकृया दिनुहोस

सुनकोशी दोहन, राज्य मौन (फोटोफिचर)

काठमाडौं । विपी राजमार्गको भकुण्डेवेशी देखि खुर्कोट खण्डको नदीमा देखी केही दृश्य जहाँ मेरो मात्र होइन जो कोहीको पनि आँखा पुग्छन । सुनकोशी नदिका

कतारबाट फर्किएका घिमिरे नेपाल आएपछि बेपत्ता

नवलपरासी, १२ चैत । वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल

बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा भक्तजनको भीड

काठमाडौँ, ११ चैत । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन आज बिहानैदेखि देशभरका राममन्दिरमा पूजा आराधना गर्न भक्तजनको भीड लागेको छ ।