लगातार सफल दीपिका

जनतापोस्ट

janataPost

मुम्बइ (एजेन्सी) । वलिउड क्विन दिपीका पादुकोण सायद भाग्यमानी अभिनेत्री हुन् । उनका अधिकासं चलचित्र सफल छन् । कतिपय चलचित्रले त रेकर्ड कायम गरेका छन् । करोड क्लवमाथीको व्यापार गर्ने चलचित्र त धेरै छन्, तर उनका तिन फिल्मले २ सय करोड वढिको व्यापार गरेका छन् ।


अभिनयमा निकै दख्खल भएकी पादुकोणको तेस्रो फिल्म २ सय करोड क्लबमा प्रवेश गरेको छ । उनको नयाँ फिल्म ‘पद्मावत’ ले दोस्रो हप्तामा ३ सय ३६ करोड रुपैयाँ आम्दानी गरेको छ ।


दीपिकाको यसअघि दुईवटा फिल्म २ सय करोड क्लबमा समावेश भइसकेको छन् । २०१३ मा रिलिज भएको ‘चेन्नई एक्सप्रेस’ र २०१४ मा रिलिज ‘ह्यापी न्यु एयर’ ले २ सय करोडभन्दा बढी रकम आम्दानी गरेको थियो ।


निकै विवादका बीच ‘पद्मावत’ जनवरी २५ मा रिलिज भएको थियो । यो फिल्मले पहिलो हप्ता १ सय ६६ दशमलव ५० करोड कमाई ग¥र्यो भने दोस्रो हप्तामा ६९ दशमलव ५० करोड रुपैयाँ कमाई गरेको व्यापार विश्लेषक तरण आदर्शले बताएका छन् ।
 

प्रतिकृया दिनुहोस

आयो ‘अम्लान फूल’

काठमाडौं, ५ फागुन । गजलकार शान्ति शर्माको जगल संग्रह ‘अम्लान फूल’ पाठकमाफ आएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विमोचन समारोहमा

डाङडुङेडाँडा अब अन्तर्राष्ट्रिय फिल्म नगरी 

बलराम शिवाकोटी, दोलखा । फिल्मी सिटी बन्नेमा अन्योल रहेका बेला दोलखाको “डाङडुङेडाँडामा अन्तर्राष्ट्रिय स्तरको फिल्मी सिटीको शिलान्यास गरिएको छ

चर्चित सेलिब्रेटीको कुरूप मैनमूर्ति

विशेषतः प्रसिद्ध व्यक्तिहरूको मैनमूर्ति बनाउने प्रचलन संसारभर नै रहेको छ । उनीहरूको सम्मानस्वरूप बन्ने उक्त मूर्तिहरूबाट उनीहरूप्रति