गितसंगितमा व्यस्त कंडेल

जनतापोस्ट

janataPost

तारानाथ आचार्य , बाग्लुङ  ।

‘कृषि पेसा छ पशुपालन
आफैबाट गर्नु छ थालन
बनमाराले खाइसक्यो खोरिया हिरामोती सुन फल्छ
यहि देशमा नजाम अब जापान र कोरिया’

***

‘न बेलामा सुत्ने ठेगान न बेलामा खान 
साहुको रिनले बाटो छेक्छ घर फर्केर जान 
कस्ले कठै भन्दा बरा तल मांथि परे 
मलामी नि पाहिन्नन् साथी प्रदेशतिरै मरे’


यि माथिका सिर्जना धेरैले सुनेकै छन् । तर, धेरैलाई थाहा नहुन सक्छ यो सिर्जना कस्ले जन्मायो । दिपक कँडेल यि गितका जन्मदाता हुन् । विगतमा नेपालमा रहेर गितसंगितमा लागेपनि अहिले उनी जापानमा छन्, तर गितसंगितवाट भने टाढा छैनन् । सानै उमेरमा बैदेशिक रोजगारीमा निस्किएका कँडेल पछिल्लो गितसंगितमा थप व्यस्त छन् । ‘हिरामोती’ नाम गरेको गीति एल्बम बजारमा ल्याएर चर्चा कमाएका कँडेलले सोही गीतको चर्चासँगै दर्जन बढि गीतहरु ल्याईसकेंका छन् ।


वाग्लुङ जिल्लाको बिहुँमा जन्मिएर कामको शिलशिलामा जापान पुगेका कँडेल छोेटो समयमै स्रोता र दर्शकको मायाँ पाएका सर्जक हुन । ‘हिरामोतीमा’ उनले बैदेशिक रोजगारमा रहेका नेपालीहरुको यथार्थ जीवन कहानी समेटेकाले यो गीत सफल भएको उनी वताउँछन् । कंडेलले हालसम्म हिरामोती, कठै मेरो जुनी, प्रदेशतिरै गयो, पैसा, म मरेर गए नि, आइन सानु घर, बिस, साहुको रिनैले, टोकियोको रोधी घरैमा जस्ता लोकप्रिय गीत ल्याईसकेका छन् ।


दर्जन बढि गीतमा शव्द लेखेका उनले आगामी दिनमा पनि स्रोता तथा दर्शकको मन छुने खालका गीत बजारमा ल्याउने योजना बनाएका छन् । ‘घर परिवारबाट गीत संगीतमा लगानी नगर्न भनेर प्रेसर आईरहन्छ, कँडेल थप्छन्, ‘मेरो सानैदेखीको रुची भएकाले निरन्तर लागिरहेको छु ।’ लगानी गरेर मायाबाहेक प्रतिफल नआउने क्षेत्र भएकाले परिवारले लगानी नगर्न अथ्र्याउने गरेको उनको भनाई छ । ‘सुरुमा गाउँमा छँदा सँगत र पैसा दुबै थिएन, उनले भने–‘जापान पसेपछि कलाकारको सँगत र अलिअलि पैसाले बाजामा नाच्दाको याद दिलाउने गरी गीत संगीतमा लाग्ने गरायो ।’ उनले वाच्नका लागी विभीन्न प्रकारका जागिर गरेपनि गायन क्षेत्र कहिल्यै नछोड्ने वताए ।
 

प्रतिकृया दिनुहोस

संगीतले जोड्दै नेपाल–पाकिस्तान

‘मैले मेरो देशको आफ्नो लोक गीत हरु पनि गाएको छु । तर भारतीय बजारमा गाएका गीतहरुनै बजारको कारणले ज्यादा प्रचार भएका छन । तर म संधै त्यस्ता भाकाहरु

पाकिस्तानी गायीका सारा राजा नेपालमा

‘गाजलु ति ठुला ठुला आँखा, तिर बनि बस्यो यो दिलैमा ’  गुलाम अलीले गाएको यो गीत गाउने महिला स्वर, नेपाली लवजमा सहज गाउछिन् । तर उनि  नेपाली भने

‘चराको गीत’मा स्वतन्त्रता र सम्मानको खोजी

श्याम रिमाल, काठमाडौँ । ‘कुन मूर्खले परिभाषित गर्यो इतिहासमा ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’ म यो परिभाषा परिवर्तन गर्न चाहन्छु