दुर्घटनामा दुईको मृत्यु

जनतापोस्ट

janataPost

महोत्तरी , २८ माघ । महोत्तरीमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

उखु राखेर रामनगरस्थित चिनी मिलमा आएको ज १ त ३७१६ नं को ट्र्याक्टर गौशाला नगरपालिका–१ रामनगरमा दुर्घटना हुँदा चालक सर्लाही चन्द्रनगर–३ का २५ वर्षीय पुनित महतोको मृत्यु भएको हो । 

त्यसैगरी लोहरपाटीमा ज १ त ७६७० नं को ट्र्याक्टरको ठक्करबाट दुई वर्षीय कासिम महमदको मृत्यु भएको छ । भारतको उत्तरप्रदेश घर भई हाल लोहारपटी–४ महदैयास्थित इँटाभट्टामा काम गर्दै आएका ननो महमदका दुई वर्षीय छोराको ट्र्याक्टरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए । रासस

प्रतिकृया दिनुहोस

विकाससँगै मासिन थाले पुराना चौतारी

पाल्पा, ४ फागुन । परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका चौतारी मासिने क्रम बढेको छ । गाउँमा विकास निर्माणका काम हुँदै जाँदा

प्रदेश ४ को सभामुखमा अधिकारी  

पोखरा, ४ फागुन । प्रदेश नम्बर ४ को सभामुखमा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी निर्वाचित भएका छन् । बिहीबार बसेको संसद बैठकमा माओवादी संसदीय दलका

यस्ताे छ प्रदेश ५ का मुख्यमन्त्रीकाे प्रदेश समृद्धीकाे खाका

भरत केसी  बुटवल, ४ फागुन । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताएका छन् ।