११  वर्षीया बालिका बलात्कार घटना ढाकछोपको प्रयास

जनतापोस्ट

janataPost

सुरेन्द्रकुमार कामती , सिरहा । सिरहा नगरपालिका–३ की एक स्कूले बालिका बलात्कारको घटना आफन्तबाटै ढाकछोपको प्रयास भइरहेको छ । घटनाका आरोपितलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन प्रहरीलाई सहयोग गर्नुपर्ने ठाउँमा घटना मिलाउने प्रयास भइरहेको हो । 


आर्थिक लेनदेन गरी घटनालाई थामथुम पार्ने गरी आन्तरीक पहल भइरहेको जानकारी प्राप्त भएको छ । अस्पतालमा उपचारत पीडितका दाजुसँग बुझ्न खोज्दा ‘आफूहरु गाउँमै मिलाउने’ पक्षमा रहेको संकेत गरेका छन् । प्रष्टसँग नभने पनि बलात्कार घटनालाई आर्थिक लेनदेनमा मिलाउने प्रयास भइरहेको रमौलका एक स्थानीयवासीले बताए ।


स्कूलबाट फर्केकी ११ वर्षीया बालिकालाई गाउँकै धमेन्द्र ठाकुरले बिहिवार दिउँसो बलात्कार गरेका थिए । स्कूलबाट फर्केर गाईगोठमा पराल सम्याउन पुगेकी बालिकालाई मुख थुनेर गाईगोठमा ठाकुरले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले बताए ।  


अत्यधिक रक्तश्रावका कारण पीडित बालिकालाई उपचारका लागि सप्तऋषि अस्पताल लहानमा भर्ना गरिएको छ । प्रहरी उपरीक्षक कोइरालाले पीडितको अवस्था समान्य रहेको बताए । बलात्कार घटनाका आरोपीत ठाकुर फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । 


उपरीक्षक कोइरालाले प्रहरीले मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको बताए । घटना ढाकछोपको प्रयास भइरहेको बारे सोध्दा उनले भने, ‘उनीहरू (पीडित–पीडक) छिमेकी हुन् । नातेदार पनि पर्छन् । त्यसैले त्यस्ता कुरा सुन्नमा आएको होला । तर ढाकछोप कुनै हालतमा सम्भव छैन् । हामीले मुद्दा दर्ता गरिसकेका छौं ।’ आरोपित ठाकुरका नातेदारहरूको घर भारतमा रहेकाले र उता भागेको हुनसक्ने भन्दै प्रहरी टोली पक्राउ गर्न खटिएको उपरीक्षक कोइरालाले बताए ।
 

प्रतिकृया दिनुहोस

विकाससँगै मासिन थाले पुराना चौतारी

पाल्पा, ४ फागुन । परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका चौतारी मासिने क्रम बढेको छ । गाउँमा विकास निर्माणका काम हुँदै जाँदा

प्रदेश ४ को सभामुखमा अधिकारी  

पोखरा, ४ फागुन । प्रदेश नम्बर ४ को सभामुखमा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी निर्वाचित भएका छन् । बिहीबार बसेको संसद बैठकमा माओवादी संसदीय दलका

यस्ताे छ प्रदेश ५ का मुख्यमन्त्रीकाे प्रदेश समृद्धीकाे खाका

भरत केसी  बुटवल, ४ फागुन । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताएका छन् ।