‘टुजी’ राडारले हवाई सुरक्षामा सुधार 

जनतापोस्ट

janataPost

काठमाडौं, २८ माघ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दोस्रो पुस्ताको राडार सञ्चालनमा ल्याएपछि नेपालको हवाई क्षेत्रमा सुधार भएको छ । अनाधिकृत रूपमा नेपाल प्रवेश गर्न खोज्ने विदेशी जहाज तथा अन्य उडान सुरक्षामा समेत राडार प्रभावकारी देखिएको एयर ट्राफिक कन्ट्रोलर सीताराम भण्डारीले बताए । 


‘एयर स्ट्रेस क्यापसिटी बढ्नुका साथै एयर ट्राफिक म्यानेजमेन्टमा समेत थप सहजता आएको छ’, भण्डारीले भने, ‘विगतमा भन्दा सेवा पनि स्तरीय र प्रभावकारी देखिएको छ ।’ उनले निगरानी क्षमता बढेसँगै नेपाली आकाश थप सुरिक्षत हुनु महत्वपूर्ण उपलब्धि रहेको उनको भनाई छ । 


प्राधिकरणका अनुसार, दोस्रो पुस्ताको राडारले श्रव्य तथा दृश्य तरंगमार्फत् जहाजको उडान अवस्थाका बारेमा सहजै जानकारी लिन सकिने छ । विगतमा रेडियो तरंगमार्फत् सम्पर्क स्थापित गरिन्थ्यो । हवाई सेवा सुरक्षित र भरपर्दो भएको जानकारी दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले प्रविधिको प्रयोग थप उचाइमा पुगेको बताए । 


जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान गरी उक्त ‘टु जी राडार’ संचालनमा ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विगतमा ६० एरोनटिकल माइल क्षमताको राडार संचालनमा थियो, टु जी राडार जडान गरिएसँगै १२० एरोनटिकल माइलमा स्तरोन्नति भएका हो । यसले गर्दा अब आकाशमै जहाज ‘होल्ड’ गर्नुपर्ने समस्या समेत क्रमशः अन्त्य हुँदै जाने बताइएको छ । भट्टेडाँडाको आठ हजार २०० फिट अर्थात् दुई हजार ३०० मिटर उचाइमा जडान गरिएको राडार र अन्तर्राष्ट्रि«य विमानस्थलमा जडित नयाँ प्रणालीको नियमित अनुगमन तथा परीक्षणसमेत भइरहेको छ ।


राडारको गतिविधिबारे सात दिनसम्म नियमित अनुगमन गरी त्यसबाट प्राप्त भएको तथ्यांकलाई विश्लेषण गरिएको प्रवक्ता ठाकुरले बताए । उनले भने, ‘राडारको कामको सूक्ष्म अनुगमन नियमितरूपमा भइरहेको छ । यसको प्रभावकारिताका बारेमा विश्लेषण पनि भइरहेको छ ।’


नयाँ राडारबाट काठमाडौंदेखि ४५० किलोमिटरको दूरीमा रहेको जहाजको अवस्थाबारे जानकारी लिन सकिएको छ । भट्टेडाँडामा जडान गरिएको ‘इन रुट राडार’ र विमानस्थलमा जडित ‘टर्मिनल राडार’ले हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने प्राधिकरणको विश्वास छ । प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले हवाई सुरक्षाको क्षमता अभिवृद्धि भएको र ट्राफिक व्यवस्थापनमा समेत सहजता थपिएको बताए । ‘नेपालको हवाई आकाश सुरक्षित बनाउन यो प्रविधिले ठूलो भूमिका खेल्नेछ,’ उनले भने । 


नयाँ राडार संचालनपछि नेपालको पूर्वका सबै भू–भाग र पश्चिममा सुर्खेतसम्मको विमानको गति, उचाइलगायतका विषयमा जानकारी पाइएकाले पनि थप सुरक्षित र व्यवस्थित महसुस भएको प्राधिकरणको भनाइ छ । निर्माणाधीन गौतमबुद्ध विमानस्थल संचालनमा आएपछि हाल जडित राडारलाई अmभैm विस्तार गर्ने योजना अगाडि सारिएको छ ।

प्रतिकृया दिनुहोस

साल्ट ट्रेडिङ घोटाला प्रकरण : दुई अर्बको पूँजीगत अनुदान अध्यावधिक राखेर सरकारी शेयर अल्पमतमा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनमा सरकारी स्वामित्वको शेयर हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरू गरेको छ । जनतापोस्टलाई

कागजी युगमै पर्यटन बोर्ड, वर्षेनी १ करोड ५० लाख कागजी काममै खर्च

काठमाडौँ, ९ चैत । मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन । सूचना प्रविधिको आधुनिक

अलैँची विकास बोर्ड स्थापना गर्न पहल लिन्छु : मन्त्री खनाल

काठमाडौँ, ९ चैत ।  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले अलैची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैची विकास बोर्ड