सिटामोल लिन ४ घण्टा पैदल

जनतापोस्ट

janataPost

सुखीलाल चौधरी , उदयपुर । नेपाली जनताको पहिलो आवश्यकता भनेको गाँस, बास र कपासमात्रै नभएर अहिले स्वास्थ्य र शिक्षालाई पनि लिइने गरिन्छ । तर, सरकारले दिँदै आएको आधारभूत स्वास्थ्य सेवामा समेत सर्वसाधरणको पहुँचमा पुग्न सकेको छैन । जसले गर्दा कतिपयले अकालमै ज्यान गुमाउने गरेका खबर बेलाबेला आउने गरेका छन् ।  


उदयपुरमा पनि यस्ता ठाउँहरू छन्, जहाँ एक गोली सिटामोल लिन ४ घण्टा हिंडेर जानुपर्ने बाध्यता छ । रौतामाई गाउँपालिका वडा नं. ६ चिसापानी र वडा नं. ८ पुवारे भन्ज्याङका सर्वसाधरण सिटामोलको साथै अन्य औषधि लिन ४ घण्टा पैदल हिंडेर मुर्कुची बजार पुग्नुपर्छ । ती वडा स्थानीय पुनर्संरचनापछिका नयाँ वडा हुन् । ती वडाहरुमा न त प्राथमिक उपचार केन्द्र छ, न कुनै निजी क्लिनिक नै  । सरकारी तथा निजी क्षेत्रबाट प्राथामिक स्वास्थ्य सेवासमेत पुग्न नसक्दा त्यस भेगका वासिन्दा आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका हुन् ।


पहिलेका गाविसहरू अहिले गाँउपालिका र नगरपालिका बने । तर, स्वास्थ्य केन्द्रहरूको  समस्या ज्यूँका त्यूँ छ । ‘रौतामाई गाउँपालिकाको वडा नं ६ को चिसापानी र ८ को पुवारे भन्ज्याङमा प्राथमिक उपचारका लागि स्वास्थ्य चौकी नराखी नहुने अवस्था छ,’रौतामाई गाउँपालिका–८ का वडाध्यक्ष टेकबहादुर बलम्पाकीले भने, ‘यी वडाका सर्वसाधारणले सामान्य औषधिका लागि पनि कम्तिमा चार घण्टा हिँडेर मुर्कुची बजार जानु पर्ने बाध्यता छ ।’


यो समस्या रौतामाई गाउँपालिकाको मात्र होइन, कटारी नगरपालिका ११ का सर्वसाधारणको समस्या पनि उस्तै छ । एक गोली सिटामोल लिन दुई घण्टा हिंडेर मयाँखु पुग्नुपर्छ या ४ सय रूपैयाँ भाडा तिरेर कटारी अस्पताल जानुपर्छ । ‘यो नयाँ वडा हो,’ कटारी ११ वडाअध्यक्ष दिपक बुढाथोकीले भने, ‘अहिले स्वास्थ्य चौकी छैन, मयाँखु, बसेरी, कटारी अस्पताल तथा सोरूङसम्म यहाँका सर्वसारधणले धाउनु पर्छ ।’


सरकारले सिंहदरबारको अधिकार गाउँसम्म पु¥याउने र ग्रामीण क्षेत्रका सर्वसाधारणलाई शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, संंचार लगायतका आधारभूत आवश्यकता सर्वसुलभ ढंगबाट उपलब्ध गराउने नीति लिएको छ । तर, यसअनुसार सेवासुविधा पु¥याउने काममा ढिलाइ भइरहेको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले खड्काले बताए । स्वास्थ्य संस्था नभएका वडामा जनतालाई पायक पर्ने स्थानमा स्वास्थ्य संस्था स्थापना गर्न सक्दो प्रयासमा रहेको जानकारी पनि मेयर श्रेष्ठले दिए । 


‘स्वास्थ्यमा गाउँपालिका र नगरपालिकालाई अधिकार दियो । तर सबै कामकाज जिल्ला र केन्द्रकै मुख ताक्नु पर्ने अवस्था छ,’ उनले भने, ‘गाउँपालिका÷नगरपालिकामा भएको रकमले सामान्य औषधि किन्न पनि पुग्दैन ।’ औषधि किन्ने अधिकार जिल्ला जनस्वास्थ्य कार्यालय र क्षेत्रीय स्वास्थ्य कार्यालयलाई भएकाले औषधिसमेत बेलैमा आइ नपुगेको उनको गुनासो छ ।
 

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको