'राष्ट्रिय पर्व बनोस् , लदी पूजा'

जनतापोस्ट

janataPost

कुमार श्रेष्ठ , रामेछाप । नेपाल माझी उत्थान संघ रामेछापले लदी पूजालाई राष्ट्रिय पर्वका रूपमा सूचिकृत गर्न माग गरेको छ । नेपालका ६८ जिल्लामा बसोवास रहेको माझी जातिको महान् चाड लदी पूजा माझीको पहिचान र संस्कृति जगेर्नाका लागि राष्ट्रिय पर्वमा सूचिकृत गरिनु पर्ने संघको माग छ । 


‘संस्कार र संस्कृति जातीय पहिचान, राष्ट्रिय पर्वमा सूचिकृतका लागि हाम्रो अभियान’ भन्ने मूल नारा राखी संघले शनिबार मन्थलीमा कार्यक्रम सम्पन्न गरेको हो । 


हरेक वर्ष फागुनको तेस्रो मंगलबार लदी पूजा मनाउँदै आए पनि सरकारले यो पर्वलाई खासै चासो नदिएको संघको आरोप छ । पानीसँग निकटतम् सम्बन्ध रहने माझी जातिले लदी पूजा गर्दा पानी सँगको सम्बन्ध सधैं सुमधुर हुने र बाधाअवरोध  नआउने विश्वासले वर्षौंदेखि लदी पूजा गर्दै आएको माझी समुदायका अग्रजहरु बताउँछन्  ।


कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले अर्को वर्षको लदी पूजा सम्ममा नगरको स्थानीय संस्कृती तथा चाडका रूपमा नगरमा सूचिकृत गरी माझी जातिलाई विदा समेतको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । 


नेपालको पात्रोमा विदेशी चाडहरू उल्लेख गरिने तर नेपालको माझी जातीको महान् चाड लदी पूजाका बारेमा नेपाल सरकार बेखबर रहेकाले यो अभियान सुरु गर्नु परेको नेपाल माझी उत्थान संघ रामेछापका अध्यक्ष इन्द्र माझीले बताए ।  
 

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको