‘गाजा बाजा’ को ट्रेलर

जनतापोस्ट

janataPost

काठमाडौं, २८ माघ । फागुन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘गाजा बाजा’ को ट्रेलर सार्वजनिक भएको छ । युट्युबमार्फत उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । कमेडी जनरमा निर्माण भएको यस फिल्मको ट्रेलरमा सुशील सिटौला, अनुपम शर्मा र वर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ । 


नामको कारण निर्माण घोषणादेखि नै विवादमा मुछिएको फिल्मलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । दीपेन्द्र रेग्मी र गोमा थापा विष्टको संयुक्त लगानीमा तयार भएको फिल्ममा वर्षा, अनुपम र सुशीलसँगै रविन थापा, अम्बर सुवेदी, उद्धव भट्टराई, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल लगायतको अभिनय रहेको छ ।


‘डीआर फिल्म्स’ र ‘टुका इन्टरटेनमेन्ट’ को व्यानरमा निर्माण भएको फिल्ममा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।
 

प्रतिकृया दिनुहोस

संगीतले जोड्दै नेपाल–पाकिस्तान

‘मैले मेरो देशको आफ्नो लोक गीत हरु पनि गाएको छु । तर भारतीय बजारमा गाएका गीतहरुनै बजारको कारणले ज्यादा प्रचार भएका छन । तर म संधै त्यस्ता भाकाहरु

पाकिस्तानी गायीका सारा राजा नेपालमा

‘गाजलु ति ठुला ठुला आँखा, तिर बनि बस्यो यो दिलैमा ’  गुलाम अलीले गाएको यो गीत गाउने महिला स्वर, नेपाली लवजमा सहज गाउछिन् । तर उनि  नेपाली भने

‘चराको गीत’मा स्वतन्त्रता र सम्मानको खोजी

श्याम रिमाल, काठमाडौँ । ‘कुन मूर्खले परिभाषित गर्यो इतिहासमा ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’ म यो परिभाषा परिवर्तन गर्न चाहन्छु