नेपालकै ठुलो गणेशको मूर्ति बेवारिसे अवस्थामा 

मूर्ति प्रतिस्थापनका लागि २ करोड

जनतापोस्ट

janataPost

सुशीला रेग्मी , पाल्पा । नेपालकै ठूलो गणेशको मूर्ति जिल्ला सदरमुकाम तानसेनको टुँडिखेल मैदानमा बेवारिसे बनेको छ । जिल्लाको धार्मिक पर्यटन विकासका लागि भन्दै भित्र्याइएको गणेशको मूर्ति महिनौं वितिसक्दा पनि स्थानान्तरण हुन नसक्दा बेवारिसे बनेको हो ।


तानसेन नगरपालिकाको तेल्घा गुफाचौरमा स्थापना गरिने मूर्ति काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितको गुरुयोजना अनुसार जिल्लामा ल्याइएको थियो । मूर्ति ६ टन, १८ फिट उचाईं र ८ फिट चौडाईको छ  । गत भदौ ४ गते तानसेनमा ल्याइएको मूर्ति लैजाने बाटो नभएको र मन्दिरको काम अगाडि बढ्न नसक्दा मूर्ति नै जीर्ण बन्ने अवस्थामा पुगेको हो ।


ढुङ्गामा कँुदिएको मूर्तिलाई बहुमुल्य गरगहनाले सजाएर एक महिनासम्म विधिपूर्वक पूजाआजा गर्ने गरिएको थियो । तर हिजोआज दैनिक पूजाआजा समेत हुन छाडेको छ भने लगाइएका गहना तथा सिसी क्यामेरासमेत झिकिएका छन् ।


तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीकै नेतृत्वमा मूर्ती तानसेन टँुडिखेलमा राखिएको र धार्मिक आस्थासँग जोडिएकाले कसैले पनि आवाज उठाउन नसकिएको स्थानीयवासीले बताएका छन् । सुरुका दिनमा मूर्ति ल्याएर टँुडिखेलमा राख्दा निकै चहलपहल भए पनि हिजोआज समितिका पदाधिकारीहरू नै दर्शन गर्न आउन छाडेका छन् भने कुरूवाहरू समेत हटाइएका छन् ।


धार्मिक पर्यटन क्षेत्र विकासमा टेवा पुग्ने उद्देश्यले गुरूयोजना सहित मूर्ति स्थापना गर्ने लक्ष्य भए पनि सोही अनुसार काम हुन सकिरहेको छैन । मूर्ति प्रतिस्थापनका लागि झन्डै २ करोड लागत लाग्ने समितिले जनाएको छ ।


नगरप्रमुख अशोककुमार शाहीले तेल्घाको गुफाचौरमा सडक निर्माण नभएका कारण लामो समयसम्म मूर्ति टुँडिखेलमै राख्नु परेको बताए । शाहीले नगरपालिकाले सडक निर्माण गरिसकेकाले अब छिटै ज्योतिषीबाट परामर्श लिई सम्बन्धित स्थानमा मूर्ति लगिने बताए ।   
 

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको