सहकाल निम्त्याउँदै मकैको विहे

जनतापोस्ट

janataPost

प्रशन्न पोखरेल, गोरखा । गोरखाको धार्चे गाउँपालिकास्थित लाप्राक र गुम्दा गाउँमा धुमधामले मकैको विहे गरिएको छ । गुरुङ समुदायको बाहुल्यता रहेको यस भेगका साबिक १३ गाबिस (जसलाई भोटखोलाले चिनिन्छ) मा लगन हेराएर शनिबार मकैको विहे गरियो ।


मकैको विहेगर्नका लागि बालबालिकालाई दुलाह र दुलही मानिन्छ । जन्तीले दुलाहलाई डोलीमा बोकेर ढ्याङ्ग्रो बजाउँदै गाउँदेखि टाढा दुलहीको घरमा पुग्छन् । केटीको घर पुगेका जन्तीले केहीबेर हाँसोमजाक गरेपछि अभिभावकसँग छोरी मगनी गर्ने चलन छ ।


छोरी दिन इन्कार गरेका अभिभावकले केहीबेरपछि छोरी दिने निधो गर्छन् । त्यसपछि दुलाह र दुलहीलाई डोलीमा राखेर पुनः गाउँ ल्याइन्छ । जन्तीको झोलामा मदिरा, उसिनेको मकै, सिमी तथा भटमास हुन्छ । धामीहरू भने मन्त्र पढ्दै ढ्याङ्ग्रो बजाएर नाच्छन् ।  


लाप्राकस्थित मणिकामदेवी माध्यामिक विद्यालयका शिक्षक धनबहादुर गुरुङले मकै विहेगर्ने चलन पुर्खाको पालादेखि निरन्तर चल्दै आएको जानकारी दिए । ‘मान्छेकै विहेगरेको झल्को दिनेगरी मकैको विहे गरिन्छ । पुर्खाको पालादेखि चलेको चलनलाई हामीले छोड्न सकेका छैनौं । आफ्नो संस्कारलाई सम्पत्तिको रूपमा निरन्तरता दिएका छौं ।’ 


बर्षेनी बारीमा मकै रोप्ने बेला हुनुअघि लगन जुराएर मकैको विहे गर्ने परम्परा छ । मकैको उब्जनी राम्रो होस्, बाँदरले दुःख नदियोस्, असिनाले क्षति नपुगोस् भन्नका लागि मकैको विहे गरिने उनले बताए । मकैको विहे गरेका दिन गाउँमा बाराना गरिन्छ । यो दिन घट्ट संचालन गरिदैन भने बारी खनजोत गर्न पनि मनाही छ ।  


मकै विहेगर्ने परम्परा रहेको सबै गाउँमा एकै दिन विहे हुँदैन । गाउँका जैसीले साइत हेर्छन्, त्यसपछि बिहेको टुंगो लगाउँछन् । गुम्दाको सिङ्ला गाउँमा पनि १० वर्षे रेशम र ८ बर्षे सुनितालाई दुलाह, दुलही मानेर मकैविहे गरियो । सिङ्लाकी सुकमाया गुरुङले मकै विहेमा लामा, झाँक्रीहरू ढ्याङ्ग्रो बजाउँदै नाच्ने, युवायुवतीले मादल बजाउने र घाटु नाच देखाएर रमाइलो गर्ने बताइन् । विहे गरेपछि बारीमा मकैको बीऊ रोप्ने पूरानो चलन हो ।

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको