सइस बन्न नपाएका डाक्टर

janataPost

मुटुरोगी बिरामीहरूको लाइन थियो । चेकअप गरिरहेका डाक्टर थिए, वरिष्ठ मुटुरोग विशेषज्ञ रामेश कोइराला । उनी बिरामीलाई भन्दै थिए, ‘देशभरका हस्पिटल जानुस् । अरू डाक्टरलाई पनि देखाउनुस् र चित्त बुझेन भने मात्र यहाँ आउनुस् । यहीँ नै गर्नुपर्छ भनेर म जबर्जस्ती गर्दिनँ ।’ 


आइपुगेको जानकारी दिएर म वल्लो कोठामा बसेँ । एकछिनपछि उनी आइपुगे । सर्ट, पाइन्ट र जुत्ता लगाएका । हेर्दामा कसैले पत्याउँदैन थियो कि उनी वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् । पातला जीउडालका उनलाई  कोही अन्जान मान्छेले पहिलोपटक भेट्दामा हदैसम्म अड्कल काटे ‘उनी यस्तै सरकारी जागिरेसम्म होलान् कि’ भनिठान्लान् । 


वरिष्ठ मुटुरोग विशेषज्ञ भए पनमा कुनै घमण्ड, अहम देखिँदैन । सायद, मान्छे हुनुको औचित्य यही नै हो । कुर्सीमा थचक्क बसेर उनले सोधे, ‘के लेख्नु हुन्छ मेरा बारेमा ?’ 


‘म तपाईंको जीवनसँग केन्द्रित रहेर सपना संवाद गरूँ कि भनेर आएको !’ 


‘यस्तो संवाद त लेखक, कविहरूसँग पो गर्नुपर्छ । हामीजस्तासँग त त्यत्ति धेरै कुरा नै हुँदैनन् ।’ लामो हाँसो हाँसे उनी । सायद, स्वतन्त्रताको हाँसो, जीवप्रतिको सन्तुष्टिको हाँसो, जीवनप्रतिको हार्दिकताको हाँसो । उनको हाँसोबाट नै प्रष्ट भइन्थ्यो कि उनी गुनासोरहित जिन्दगी बाँच्ने मान्छे हुन् । 
हाँसोको समाप्तिपछि फेरि बोले, ‘ल न त सुरु गर्नुस् !’ 


गुच्चाप्रेमी बालक
सपनाविहीन भएर त को नै पो बाँच्न सक्छ र ! सपना नै भएन भने त मानिस निर्जीव हुन्छ । कठोर हुन्छ । निरंकुश हुन्छ । सपना नै त हो नि जसले मान्छेलाई मृत्युको मुखबाट जीवनतिर फर्काउने गर्छ । सपनाकै कारणले मान्छे जीवनप्रति कृतज्ञ रहन्छ । जबसम्म सपना जीवित रहन्छ, तबसम्म मात्र मान्छे जिउँदो रहने गर्छ ।


महान् मनोविद् फ्रायडले भनेका छन् –‘बच्चाहरू आफ्नो शारीरिक संरचना जस्तो छ, त्यस्तै किसिमको कुराहरूको अपेक्षा गर्छन् । त्यस्तै किसिमको कुराहरू चाहन्छन् । जस्तोः बच्चीले खेलौनाको रूपमा पुतलीहरू, टेड्डी बियरहरू चाहन्छन् । बच्चाहरू बाइक, बन्दुक चाहन्छन् । र शारीरिक विकाससँगै यी कुराहरू बिस्तारै ठीक विपरीत हुँदै जान्छन् ।


उनको बुवा सरकारी जागिरे थिए । बुवाको अफिसमा घोडा थियो । घोडा सधैँ सइस (घोडाको हेरचाह गर्ने मान्छे) सँग हुनेगथ्र्याे । उनी सोच्थे– सइस बन्न पाए त ! 


मान्छेले चेतनाअनुसार हरेक कुरालाई बुझ्ने र नियाल्ने गर्छ । समयक्रममा हरेक कुराहरू फेरिँदै जान्छन् । सोचहरू फेरिन्छन् । रहरहरू फेरिन्छन् । सपनाहरू फेरिन्छन् । चाहनाहरू फेरिन्छन् । यहाँ नफेरिने भनेको त समय मात्र हो । जसको न गति फेरिन्छ । न त स्वभाव नै ।


अलिपछि इलामसम्म आएपछि उनले जिप देखे  । उनलाई गज्जब लाग्यो जिपको ड्राइभर । उनले सोचे– पछि ठूलो भएर म ड्राइभर बन्छु !  ‘बालापनमा जे चिज थ्रिलिङ लाग्छ । जे चिज रोमाञ्चक लाग्छ । सायद, त्यही बन्न चाहिँदो रहेछ,’ उनी थप्छन्, ‘ तर पछि ठूलो भएपछि त ती सपनाहरू सम्झिँदा हाँस उठ्ने त होनि !’ उनको माइला दाइ र दिदी पढ्नमा अलि कमजोर थिए । ठूलेदाइ र उनी राम्रो पढ्थे ।  बा–आमाले ‘जेठो चैं डाक्टर बन्छ । कान्छो चैं इन्जिनियर’ भन्थे ।  


बचपनमा उनी खुब गुच्चा खेल्थे । त्यतिबेला सबैभन्दा राम्रो गुच्चा खेल्ने बन्नु उनको सबैभन्दा ठूलो सपना थियो । तर सकेनन् । खुब चकचक गर्थे । कहिले आँप चोर्थे । कहिले पौडी खेल्न घरबाट भागेर जान्थे । साथीभाइसँग खुब डुलिहिँड्थे ।

 
कतिपय रहरहरू अधुरा नै ठीक हुन्छन् । अपुरा नै ठीक हुन्छन् । पूरा भयो भने खास मजा हुँदैन । केही न केही छाडियो भने न त्यो ठाउँको याद आउने हो । सम्झनाले सताउने हो । झनै हामी त यादहरूमा बाँच्छौ । सम्झनाहरूमा बाँच्छौँ । उनी ती दिनहरू सम्झँदै मुस्कुराउँछन् कहिलेकाहीँ । 

 

प्रेम नै नभए यो दुनियाँ कस्तो हुन्थ्यो होला ? सायद, कुनै निर्जन टापुजस्तो ! मानिसहरू ती टापुका पत्थरजस्ता ! एकदम अनुभूतिहीन, संवेदनाहीन, मानवताहीन । प्रेमलाई मानिसबाट पर राखेर हेरियो भने मान्छे कस्ता देखिन्थे होलान् ? सायद, कुनै पसलमा उभिएका डमीजस्ता !

 

त्यसपछि मन माेडियाे, लाग्याे शिक्षक बन्छु अब
उनको कलिलो पैतालाले पहिलोपटक विद्यालयको प्रांगण टेक्यो । र यसपछि, उनी अक्षरहरूसँग हिँड्न थाले । अक्षरहरू उनको औँला समातेर उनीसँगै हिँड्न थाले । अनवरत हिँडिरहे । अहिले पनि हिँडेकै छन् । हिँडिरहने छन् । मृत्युपछि अक्षरहरूले उनलाई हिँडाउनेछन् । सबै मान्छेमा यही नियम लागू हुन्छ । 
त्यतिबेला बाल मन्दिरमा भर्ती भएका थिए उनी । जीवनका आयामहरू बुझ्नको लागि, जीवनको औचित्य बुझ्नको लागि बुवाले बाल मन्दिरसम्म पु¥याएका थिए । तर उनी बुवाका यी तमाम अपेक्षाहरूसँग अन्जान थिए । हुन त आफैंसँग पनि अपरिचित थिए । 


विद्यालयमा गुरुआमाहरू पहिलोपटक देखेर उनी छक्क परेका थिए । सबैभन्दा ठूलो मान्छे गुरुआमा नै हो भन्ने लाग्यो । त्यतिबेला उनलाई पहिलोपटक लागेको हो– ‘मेरी आमा पनि ठूली मान्छे रहिछन् । आमाहरू त ठूला हुने रहेछन् ।’ यसपछि हो आमाप्रति उनको अथाह श्रद्धा जागेको । त्यो अहिले पनि उस्तै छ । भोलि पनि उस्तै रहनेछ । 


त्यसपछि उनले अठोट गरे– म पछि टिचर बन्छु !


चारपाँच कक्षामा पुगेपछि बुवाको सपना नै उनको सपना भएर उभियो । उनी त्यही सपनाको मेडल जित्न दौडिरहे । बस्, दौडिरहे । उनलाई जसरी पनि इन्जिनियर बन्नु थियो । 


मानिसले आफूले बाँचेको परिवेश र आफूले पाएको वातावरण अनुसार सपना देख्ने गर्छ । त्यही परिस्थिति वरिपरि रहेर आफ्नो भाग्यको बाटो खोज्छ । जुन बाटोमा उसले जिन्दगी नामक गाडीलाई अन्तिमसम्म गुडाउनुपर्ने हुन्छ । जहाँ हर रहरहरू, हर आकांक्षाहरू यात्रुका रूपमा बसेका हुन्छन् । ‘तर समय प्रायः मान्छेसँग प्रतिकूल भएर उभिदिन्छ’, उनी दार्शनिक तवरबाट बोल्छन्, ‘फेरि अनुकूल भयो भने त बाँच्न पनि त मजा आउँदैन नि ! ’


उनी एसएलसीमा सेकेन्ड डिभिजनमा पास भए । त्यसपछि उनको इन्जिनियर बन्ने सपना धरहराजसरी ढल्यो । कुनै सुनामीले तहसनहस बनाएको शहरजस्तो भयो उनको योजना । बुवाले ‘गाउँमै पढ्नु’ भने । उनी गाउँमै कमर्स पढ्न थाले । तर प्रवेश परीक्षामा राम्रो गरेकाले सरहरूले  ‘काठमाडौं पठाउनु, केटोले इन्जिनियर पढ्न सक्छ’ भनेर सल्लाह दिए । बुवा कन्भिन्स्ड भए र उनी काठमाडौं आए । त्यतिबेला पाटन, अस्कल र त्रिचन्द्रमा मात्र पढाइ हुनेगथ्र्यो । उनले प्रवेश परीक्षा दिए । तर कतै पनि नाम निस्किएन । फेरि गाउँ फर्किए । पछि फेरि थाहा पाए, मर्निङ सिफ्टको लागि भर्ना खुलेको छ  भनेर । कमर्समा म्याथमा राम्रो गरे इन्जिनियर पढ्न पाइन्छ भनेर थाहा पाए र फेरि उनी सपनाको शहरतिर लम्किए । र दोस्रोपटकमा पहिलो नम्बरमा नाम निकाले । ‘आफै कोठामा पढेर एकैपटक सातवटा विषयको जाँच दिएँ’, उनी आँखीभौं खुम्च्याउँदै भन्छन्, ‘सबैमा राम्रो अंक ल्याएर पास पनि भएँ ।’ 


आँखिर असम्भव भन्ने कुरा त कोसिस नगरेसम्म मात्र हुने गर्छ । कोसिस गरेपछि सम्भावनाको ढोकाहरू बिस्तारै खुल्दै जान थाल्छन् ।  पहिलो वर्ष इन्जिनियरको लागि सिभिल इम्जिनियरिङमा फारम भरे उनले । दोस्रो के भरुँ–भरुँ भयो । प्लेन पनि उडाउन पाउँछ भनेर एरोनोटिक्स इन्जिनियरिङमा फारम भने ।  भन्छन्, ‘यसो सोच्छु, पहिल्यै कम्युटर इन्जिनियरिङमा भरेको भए अमेरिकामा हुने थिएँ होला । कम्प्युटर इन्जिनियरिङ गरेका साथीहरू सबै त्यतै गए । त्यतिबेला लहरै त्यस्तै थियो ।’  


मान्छेको गन्तव्यको  निर्धारण समयले गर्दोरहेछ । दोस्रो वर्ष मेडिसिनमा भरे उनले ।  मेडिसिनलाई पाकिस्तान, बंगलादेश, चीन र रसियाले दिएका दुई–दुईवटा गरी आठओटा कोटा हुन्थ्यो । उनले नाम पनि निकाले । तर बुवाले मानेनन्् । अन्तिममा साथीहरूले सम्झाएपछि बल्ल माने । भन्छन्, ‘खासमा मलाई डाक्टर बन्छु भन्ने दिमागगमा कहिल्यै थिएन ।’ 


तर उनको कहिल्यै नदेखेको, नसोचेको सपना पूरा भयो । उनी डाक्टर भए । त्यो पनि वरिष्ठ मुटुरोग विशेषज्ञ ।

 

मानिसलाई सपना देख्न जरुरत छ । सपना नै भएन भने त मानिस गन्तव्यविहीन यात्रीझैँ रुमल्लिन्छ । सपनाबिनाको मानिस खेतमा ठड्याइएको बुख्याँचाजस्तो हुन्छ ।


सिनेप्रेमी जवानी
प्रेम नै नभए यो दुनियाँ कस्तो हुन्थ्यो होला ? सायद, कुनै निर्जन टापुजस्तो ! मानिसहरू ती टापुका पत्थरजस्ता ! एकदम अनुभूतिहीन, संवेदनाहीन, मानवताहीन । प्रेमलाई मानिसबाट पर राखेर हेरियो भने मान्छे कस्ता देखिन्थे होलान् ? सायद, कुनै पसलमा उभिएका डमीजस्ता ! कुनै चोकमा उभिएका शालिकजस्ता ! कुनै प्रयोगशालामा चलिरहेका रोबोटजस्ता देखिन्थे होलान् । 


भलै प्रेमको स्वरूप फरक होला, तरिका फरक होला, स्वभाव फरक होला । तर प्रेमबाट को नै पो अछुत रहन सक्छ र !  उनी पनि कहाँ अछुत रहन सक्थे ! 
उनी विगततिर फर्कन्छन् । जतिबेला उनी खुब हिन्दी चलचित्र हेर्थे । त्यतिबेला फिरोज खान, मिथुन, अमिताभका चलचित्रहरू खुब रोज्थे । खुब प्रभावित हुन्थे । र, हेमा मालिनीको प्रेममा परेका थिए उनी । बहुत सुन्दर लाग्थ्यो त्यतिबेला उनलाई हेमा मालिनी । ‘सपनामा कतिपटक हेमा मालिनीसँग नाचेको छु,’ उनले फिसफिस हाँस्दै भने, ‘तर त्यो कुरा कसैलाई पनि शेयर गरिनँ । जिस्काउँछन् भनेर ।’ 


स्कुल पढ्दाताकाको कुरा सम्झन्छन् । जतिबेला स्कुलका ट्वाइलेटका भित्तामा ‘फलाना प्लस फलाना’ भनेर लेखिएको हुन्थ्यो । उनी पनि त्यसरी नै लेखियोस् भन्ने चाहन्थे । लेख्न चाहन्थे । तर लाजले गर्दा सकेनन् । सेन्टर अफ अट्राक्सन हुन कसलाई पो मन पर्दैन होला र ! उनलाई पनि लाग्थ्यो कि क्लासको सबैभन्दा सुन्दर केटीले आफूलाई हेरोस् । आफूसँग प्रेम गरोस् । तर उनले न त भन्न सके, न त त्यो महसुस गराउन नै ।


क्रिकेटर बन्न नसक्दा...
‘सपना त खुबै देखियो नि !’, उनी थप्छन्, ‘हरेक मान्छेको सपनाको हिरो ऊ आफैं हो । सपना देख्ने मान्छेको वरिपरि कथा घुमेको हुन्छ । तर, वास्तविकता त्यो हुँदैन । सफल भएको सपना देख्ने मान्छे विपनामा असफल पनि त हुन सक्छ नि !’ 


मानिसलाई सपना देख्न जरुरत छ । सपना नै भएन भने त मानिस गन्तव्यविहीन यात्रीझैँ रुमल्लिन्छ । सपनाबिनाको मानिस खेतमा ठड्याइएको बुख्याँचाजस्तो हुन्छ । ‘सपना देख्न जरुरत छ’, उनी लामो सास तानेर भन्छन्, ‘सपना नै भएन भने त मानिस मानिसजस्तो नै हुँदैन ।’


तर ठूलो भएपछि खासै सपना नै देखेनन् उनले । जति देखे ती पनि उनको लक्ष्यभन्दा बाहिरका थिएनन् । सपनाविहीन भयो भने त मानिस निरंकुश हुन्छ । निर्मम हुन्छ । ढुंगाजस्तो हुन्छ । ‘वास्तविक जीवनमा सपना देख्न जरुरत छ’, उनी माथितिर हेर्दैै भन्छन्, ‘तर त्यतिबेला विकल्पहरू एकदम कम थिए । झनै बाहुनक्षत्रीहरूको त दिमागमा पढ्नुपर्छ र लोकसेवामा नाम निकाल्नुपर्छ भन्ने कुराबाहेक अर्थोक केही हँुदैन थियो ।’
उनलाई जिज्ञासा राखेँ, ‘तपाईंको यस्तो सपना जो पूरा नभएकोले एकदमै दुःखी बनायो ? 


अधुरा सपनाको चाङ कोसँग हुँदैन र ! जसलाई पूरा गर्छु भन्दाभन्दै  अधुरा नै रहन्छन् । अपुरा नै रहन्छन् । उनी एकछिन सोचमग्न भए । आँखा चिम्म गरे । कतै ध्यानमा ध्यानस्थ योगीझैं र बाल्यकालमा फर्किए । गाउँमा उनी सबैभन्दा राम्रो गुच्चा खेल्ने हुन चाहन्थे तर सकेनन् । क्रिकेट पनि राम्रै खेल्थे । तर पछि बल राम्रो देख्न छाडे । र खेल्न छाडे । पछि थाहा भयो उनको आँखा नै कमजोर भएको रहेछ । र झनै क्रिकेट खेल्न पाएनन् । ‘आँखा कमजोर  भएको रहेछ । त्यसपछि मैले चश्मा लाउन प¥यो र झनै खेल्न नपाउने भएँ ।  उनी लामो–लामो सास तानेर आवाज निकाल्छन, ‘गुच्चा खेल्दा गाउँको टपर हुन नसकेको र क्रिकेट खेल्न नपाएको कुराले चाहिँ मलाई अहिले पनि दुःखी बनाउँछ । त्यो मेरो सपना थियो । सायद, क्रिकेट खेल्न पाएको भए म राम्रो क्रिकेटर हुने थिएँ ।’


मनमाैजी वर्तमान
उनी सोसल इस्युहरूमा बोलिरहन्छन् । हरेक निकायलाई सचेत गराइरहन्छन् । तर पैसा पाउने लोभमा होइन । एउटा सचेत नागरिकको हैसियतमा रखबारी गर्नुपर्छ भन्ने लाग्छ उनलाई । ‘मेरो उद्देश्य विचार सम्प्रेसन गर्ने हो । अर्को कुरा, यो कति गलत भइरहेछ देशलाई कति हानी गरिरहेछ । मैले यो विषयमा बोल्ने हो’, उनी आत्मविश्वासका साथ थप्छन्, ‘तर मैले नबोलेर बिग्रने केही होइन । नेपालमा प्राविधिक क्षेत्रमा काम गर्ने धेरै मान्छेहरू बोल्दैनन् । यो ठूलो समस्या हो ।’


उनको गंगालाल अस्पतालमा ९–५ बजेसम्म ड्युटी हो । बाँकी समय अरू डाक्टरजस्तो निजी हस्पिटलतिर दगुर्दैनन् । उनलाई मन लागेको इस्युहरूमा बोल्छन् । जीवनका अनेक आयामहरू हुन्छन् । अनेक किसिमको फैलावटहरू हुन्छन् । अनेक किसिमको रिदमहरू हुन्छन् । तर कसरी जीवन नामक जटिल यात्रालाई स्वीकारेर अगाडि बढ्ने हो, त्यो हरेक मानिसको जिउने तरिकामा भर पर्छ । उनले राजनीति बुझे  छर कलेजदेखि आजसम्म कुनै दलको सदस्यता सम्म लिएनन् । उनलाई लिनु पनि छैन । बस्, जिन्दगी बाँच्नु छ । त्यो पनि अर्थपूर्ण जिन्दगी । 


‘मलाई आरामले काम गर्ने र नाम पनि दिने जागिर छोडेर राजनीतिमा किन जान्छु ?’, राजनीतिमा इन्ट्रेस्टेड हुनुहुन्छ होला नि भन्ने प्रश्नमा प्रतिप्रश्न गर्छन्, ‘२५ लाख खर्च गरेर मलाई वडा अध्यक्ष बन्नु छैन । राजनीतिमा चुनाव लड्नकै लागि गइने हो तर ढुंगा, मुडा गरेर बसेकाहरूले मलाई दिँदैन र म जित्दा पनि जित्दिनँ ।’


उनले अनेक क्रिटिकल बिरामीहरूको शल्यक्रिया गरेका छन् । संवेदना नभएको मान्छे को नै पो हुन्छ र यहाँ ।  अप्रेसन सफल भएका बिरामीहरू हुन्छन् । तर कत्ति बिरामीहरू अप्रेसनपछि आईसीयुमा राख्दाराख्दै जीवनबाट बिदा हुन्छन् । कत्तिले त टेबलबाट नै मृत्युलाई अंगाल्छन् । यतिबेला उनी एकदमै दुःखी बन्छन् । एक्लै–एक्लै रुन्छन् । खुब रुन्छन् । सायद, मानिस हुनुको अर्थ यही होला । 


उनले शक्तिशाली व्यक्तिहरू प्रायः सबैको सफल शल्यक्रिया गरेका छन् । ‘नेपालमा शल्यक्रिया गर्दिनँ । यहाँ राम्रो हुँदैन’ भनेर पेरिस जान खोज्ने चाल्र्स शोभराजको पनि सफल शल्यक्रिया गरे उनले । र चाल्र्स शोभराजसँगको सेल्फी सोसल मिडियामा राखेर विवादित पनि बने । ‘आलोचना त यो देशमा जे देखे नि गरिन्छ’, उनी जंगिदै भन्छन्, ‘ट्वीटरमा, फेसबुकमा आलोचना गर्दैमा मेरो केही जाँदैन ।’

चाहेर मात्र नहुँने रैछ...
हरकोहीसँग केही अधुरा सपनाहरू हुन्छन् । जसलाई पूरा गर्न चाहन्छ मान्छे । डा. रामेशसँग पनि अनेक सपनाहरू छन् । उनका बाँकी सपनाहरू टन्नै छन्, जसलाई पूरा जसरी नि गर्नु छ तर सुरुवात नै नगरेकोमा अलि चित्त बुझेको छैन आफैसँग उनलाई । 
नेपालमा स्वास्थ संस्थाहरू राम्रो, विश्वासिलो र भरपर्दो बनाउन चाहन्छन् । तर नेताहरूले बिगार्छन् । यसमा उनलाई चित्त दुख्छ । उनी गंगालाल हृदयरोग केन्द्रजस्ता अस्पताल हरेक जिल्लाहरूमा बनाउन चाहन्छन् । र भन्छन्, ‘स्वास्थ संस्था राम्रो बनाउनको लागि तीन कुरा चाहिन्छ । एक– दिमाग, दुई– नीति (के गर्ने भन्ने हो र कसरी गर्ने भन्ने हो)  र तीन– अठोट (म त्यहाँसम्म पुग्छु भनेर । र सरकारी सहयोग) ।’


गगन थापा स्वास्थमन्त्री हुँदा उनी स्वास्थ सल्लाहकार थिए । सात वर्षमा कसरी सबै ठाउँमा स्वास्थ संस्था पु¥याउन सकिन्छ । कुनकुन ढंगले पु¥याउन सकिन्छ । के के गर्न सकिन्छ । कति खर्चमा पु¥याउन सकिन्छ भन्ने सात वर्षको मेजर प्रोजेक्ट नै थियो । तर काम गर्ने समय नै पाएनन्, उनले । ‘यही नै हो देशको वास्तविक चेहरा हो । यहाँ काम गर्ने क्षमता भएकाहरूलाई काम गर्न दिइँदैन’, उनले बिट मारे ।

प्रतिकृया दिनुहोस

सडकदेखि सर्वनामसम्म

महान नाटककार सेक्सपियरले १६ औं शताब्दीमा भनेको कुरा आज आएर नेपाली रंगमञ्चमा मिल्नु संयोग हो या जीवन । किनभने सेक्सपियरले भनेका थिए, ‘मनुष्यलाई

मलाई केपी ओली मन पर्दैनन् 

खगेन्द्र संग्रौला उमेरले ७२ वर्षको दौरानमा छन् । उनले जीवनमा मित्रताको विषयमा विभिन्न उतारचढाव र आरोह–अवरोह खपेका छन् । धेरै उकाली ओरालीहरू धेरै

सपना : सम्पदायुक्त काठमाडौंको 

पुरातत्वविद् प्राध्यापक सुदर्शनराज तिवारी ‘सांस्कृतिक एवं पुरातात्विक सम्पदायुक्त काठमाडौं’ को सपना संगालेर हिँडेका चिन्तक हुन् । इञ्जिनियरिङ