विभागबाट भाग्दै कर्मचारी 

महानिर्देशक र निर्देशकले मागे सरुवा 

janataPost

काठमाडौं, २९ माघ । कुनै बेला आकर्षक विभागको रुपमा लिदै आएको वैदेशिक रोजगार विभागका कर्मचारीहरुलाई अहिले यही विभाग घाडो बन्न थालेको छ । फैलिदै गएको भ्रष्टचारको जालोले कर्मचारी आफैलाई गाज्न थालेपछि अहलिे कर्मचारीहरु नै भागाभाग छन् ।


भ्रष्टचार अभियोगमा पक्राउ पर्न थालेपछि वैदेशिक रोजगार विभागबाट कर्मचारीले सरुवा माग्न थालेको हुन् । वैदेशिक रोजगार विभागका महानिर्देशक राजकुमार श्रेष्ठ र निर्देशक तथा प्रवक्ता मोहन अधिकारीले विभागबाट सरुवा मागेका छन् । 


आर्थिक चलखेल हुने कार्यालय भनेर दजिएको सो विभागमा जान शोर्ष–फोर्स लगाउने र सेटिङ मिलाएर जाने प्रवृति थियो । तर, यो बर्ष एक पछि अर्को गर्दै कर्मचारी भ्रष्टाचारको आरोपमा पक्राउ पर्न थालेपछि विभागमा आकर्षण घट्न थालेको हो । अहिलेसम्म चार कर्मचारी पक्राउ परिसकेका छन् । 
महानिर्देशक श्रेष्ठले गत हप्ता श्रम तथा रोजगार मन्त्रालयमा विभागको जिम्वेवारीबाट मुक्त गर्न माग्दै निवेदन दिएको मन्त्रालयले जनाएको छ । त्यसपछि श्रेष्ठले विभागको काम गर्न छाडेका छन् । विभागका एक कर्मचारीले भने, ‘हिजोआज उहाँ आउन छाड्नु भएको छ, मन्त्रालयतिरै जानुहुन्छ । हामीसँग निर्णय गर्ने अधिकार छैन, पीडितका गुनासा सुन्छौं, बस्छौं ।’ 


प्रवक्ता अधिकारीले तीन महिना पहिले देखिनै विभागबाट सरुवा माग्दै मन्त्रालयमा कुरा राखेको मन्त्रालय श्रोतले जनाएको छ । प्रवक्ता अधिकारीले पनि आफूले सरुवा मागेको स्वीकारेका छन् । उनले भने, ‘मौखिक रुपमा महिले देखिनै कुरा गरेको हुँ, तर अहिलेचाहिँ निवेदन नै दिएको छु ।’ यद्यपी उनले काम गर्न केहि असहज भएको बताएपनि घुसकाण्डमा मुछिने डरले सरुवा मागेको स्वीकारेनन् ।  


वैदेशिक रोजगार विभागका ४ जना कर्मचारीलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले  घुस सहित पक्राउ गरेको थियो । उनीहरुको मुद्दा अख्तियारले छानविन गरिरहेको छ । पहिले कर्मचारीको आकर्षक कार्यालय मानिने वैदेशिक रोजगार विभाग निरन्तरको घुस काण्डपछि कर्मचारी डराउन थालेका छन् । यद्यपी महानिर्देशक श्रेष्ठले भने आफूले कर्मचारीको असहयोग र मन्त्रालयको हस्तक्षेपका कारण विभागको जिम्वेवारी छाड्न खोजेको बताए । उनले भने, ‘विभागमा हामी जस्ता इमान्दार कर्मचारीको काम रहेनछ । काम नगरे पनि बदनाम, काम गरे झनै बदनाम, आफ्नै कर्मचारीले फसाउने डर भयो । त्यही भएर मैले विभागको जिम्वेवारीबाट मुक्त हुन खोजेको हु्ँ ।’ 


सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक समेत रहेका श्रेष्ठले तत्कालिन महानिर्देशक विश्वराज पाण्डे १० लाख रुपैयाँ घुस सहित पक्राउ परेपछि वैदेशिक रोजगार विभागको समेत जिम्वेवारी पाएका थिए । मंसिरमा विभागको जिम्मेवारी सम्हालेका श्रेष्ठले तीन महिना नपुग्दै विभागबाट उम्कन चाहेका हुन् । श्रोतका अनुसार पछिल्लो समय म्यानपावर दर्ता र कर्मचारी सरुवाका विषयमा महानिर्देशक श्रेष्ठ र मन्त्रालयबीचमा समेत विवाद थियो । 


श्रेष्ठले श्रम तथा रोजगार मन्त्री फरमुल्हामन्सुर र मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीको दवावका कारण विभाग छाड्न चाहेको एक कर्मचारीले बताए । म्यानपावर दर्ता गर्न र म्यानपावर कम्पनी विरुद्द कारबाही नगर्न मन्त्री र सचिवले बारम्बार दवाव दिँदै आएका थिए । 


श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवन प्रसाद आचार्यले यस विषयमा जानकारी आएको बताउँदै के गर्ने भन्ने विषयमा प्रस्ट भैनसकेको बताए । वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई घुस लिँदैगर्दा कात्तिक २८ गते पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट महानिर्देशक पाण्डे पक्राउ परेका थिए । 


महानिर्देशक विश्वराज पाण्डेसहित तीनै जना विशेष अदालतमा १०/१० लाख रुपैयाँ धरौटी बुझाएर साधारण तारेखमा छुटेका छन् । 


कालो सूचीमा परेको मेनपावर कम्पनीको मुद्दा मिलाई दिने भन्दै घुस लिइरहेको अवस्थामा बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डबाट आयोगको टोलीले  पौडेल र केसी पक्राउ गरेको थियो । उनीहरुको बयानको आधारमा कत्तिक २९ गते अख्तियारको टोलीले महानिर्देशक पाण्डेलाई पनि पक्राउ गरेको थियो । यस्तै विभागको श्रम कार्यालय ताहाचलका नायव शुब्बा नगेन्द्र प्रसाद गौतमलाई पुसमा पक्राउ गरेको थियो । कतार शाखामा कार्यरत गौतमले विमानस्थलमा सेटिङ मिलाइदिने भन्दै सेवाग्राहीबाट २ लाख ३४ हजार रुपैयाँ घुस लिएका थिए ।

प्रतिकृया दिनुहोस

साल्ट ट्रेडिङ घोटाला प्रकरण : दुई अर्बको पूँजीगत अनुदान अध्यावधिक राखेर सरकारी शेयर अल्पमतमा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनमा सरकारी स्वामित्वको शेयर हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरू गरेको छ । जनतापोस्टलाई

कागजी युगमै पर्यटन बोर्ड, वर्षेनी १ करोड ५० लाख कागजी काममै खर्च

काठमाडौँ, ९ चैत । मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन । सूचना प्रविधिको आधुनिक

अलैँची विकास बोर्ड स्थापना गर्न पहल लिन्छु : मन्त्री खनाल

काठमाडौँ, ९ चैत ।  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले अलैची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैची विकास बोर्ड