दाबी २ अर्ब, भुक्तानी १७ करोड

janataPost

काठमाडौँ, २९ माघ । गत साउनमा गएको बाढीको कारण झण्डै २ अर्ब रुपैयाँ बिमा दाबी परेको मध्ये हालसम्म १७ करोड ४३ लाख ७५ हजार रुपैयाँ मात्र दाबी भुक्तानी भएको छ ।  बिमा समितिका अनुसार १ अर्ब ९८ करोड ३ लाख रुपैयाँ भन्दा बढीको दाबी परेकोमा १७ करोड रुपैयाँको मात्र दाबी भुक्तानी भएको हो । बाढी गएको झण्डै ६ महिनाको बिचमा १७ नीर्जिवन बिमा कम्पनीहरुले यो भुक्तानी गरेका हुन् । यस हिसाबले हेर्दा अझै ठुलो रकमको दाबी भुक्तानी हुन बाँकी नै छ । बिमा कम्पनीले १ अर्ब ६४ करोड रुपैयाँ भन्दा बढी दाबी भुक्तानी गर्न बाँकी छ । बिमा समितिका निमित्त कार्यकारी निर्देशन श्रीमान कार्की मुल्यांकन प्रक्रिया अलि झन्झटिलो हुने र त्यसका लागि समय धेरै लाग्ने भएकाले पनि बैलैमा भुक्तानी हुन नसकेको बताउँछन् । बर्षा नजिकिदै छ तर गत साउनमा बाढीले पुर्याएको क्षतिको भुक्तानी हुन भने अझै लामो समय लाग्ने देखिएको छ । संख्याका आधारमा  ६९७  वटा दाबी परेकोमा २०५ वटा दाबी भुक्तानी भएको हो । 


राष्ट्रिय बिमा कम्पनीले भने सबै दाबी रकम भुक्तानी गरिसकेको छ । राष्ट्रिय बिमा कम्पनीमा ४४ लाख ४२ हजार रुपैयाँ बराबरको क्षति भएको भन्दै दाबी परेको थियो । यस्तै नेशनल इन्सुरेन्सको ३३ करोड १३ लाख रुपैयाँ भन्दा बढी दाबी परेकोमा १ करोड ८४ लाख  रुपैयाँको मात्र दाबी भुक्तानी गरेको छ ।  बाढीका कारण बाली तथा पशुपंक्षी अन्र्तगत ३ करोड ११ लाख ९२ हजारको दाबी परेकोमा १ करोड १२ लाख ४८ हजार रुपैयाँ बराबरको भुक्तानी भएको बिमा समितिले जनाएको छ । 

 
बाढीबाट अर्बौको क्षति भएपनि बिमाको दायरामा आएको मात्र झण्डै २ अर्ब रुपैयाँको हो । बिमा समितिले गत साउन ३१ गते सबै बिमा कम्पनीलाई ७ दिनको समय दिएर विवरण पेस गर्न निर्देशन दिएको थियो ।  सबै नीर्जिवन बिमा कम्पनीले क्षति भएको अनुमानित विवरण पेश गरेर भुक्तानी दिइरहेका छन् । यद्यपि उनीहरुले बिमा समितिमा बुझाएको तथ्यांकको आधारमा भुक्तानी प्रक्रिया भने ढिलो देखिएको छ । 


पुससम्ममा २५ अर्ब प्रिमियम संकलन 
पुस मसान्त सम्ममा जीव तथा नीर्जिवन विमा कम्पनीहरुले २५ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ प्रिमियम (बिमा शुल्क) संकलन गरेका छन् ।  जस अन्र्तगत जीवन बिमा कम्पनीहरुले १५ अर्ब ६६ करोड २३ लाख रुपैयाँ प्रिमियम (बिमा शुल्क)  संकलन गरेको हो । जसअन्र्तगत वैदेशिक रोजगारी बीमाबाट १ अर्ब ३८ लाख ९७ हजार रुपैयाँ र अन्य जीवन बिमाबाट १४ अर्ब २७ करोड २६ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको हो । जीवन बिमा कम्पनीले बुझाएकोे विवरण अनुसार  यो मंसिर महिनाको तुलनामा १ अर्ब ४६ करोड कम हो । जीवन बिमा कम्पनीले यो अवधिमा १ करोड ८९ लाख रुपैयाँ पुर्नबिमा कमिशन मार्फत कमाएका छन । यो नयाँ तथा पुराना गरी १८ जीवन बिमाको तथयंकमा आधारित हो ।

  
यस्तै नीर्जिबन बिमा कम्पनीले ९ अर्ब ६५ करोड ४८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् । १७ नीर्जिवन बिमा कम्पनीले अग्नि बिमाबाट १ अर्ब ९० करोड, मोटर बिमाबाट ४ अर्ब ५६ करोड, सामुद्रिक बिमाबाट ५१ करोड, हवाई बिमाबाट ४४ करोड, इन्जिनियररिङ बिमाबाट  १ अर्ब ७ करोड, कृषि तथा बालीबाट १९ करोड र विविध बाट ९६ करोड रुपैयाँ बिमा शशुल्क आर्जन गरेको हो । 

प्रतिकृया दिनुहोस

साल्ट ट्रेडिङ घोटाला प्रकरण : दुई अर्बको पूँजीगत अनुदान अध्यावधिक राखेर सरकारी शेयर अल्पमतमा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनमा सरकारी स्वामित्वको शेयर हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरू गरेको छ । जनतापोस्टलाई

कागजी युगमै पर्यटन बोर्ड, वर्षेनी १ करोड ५० लाख कागजी काममै खर्च

काठमाडौँ, ९ चैत । मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन । सूचना प्रविधिको आधुनिक

अलैँची विकास बोर्ड स्थापना गर्न पहल लिन्छु : मन्त्री खनाल

काठमाडौँ, ९ चैत ।  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले अलैची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैची विकास बोर्ड