जुम्लामा सुरु भयो तीनसय शैयाको अस्पताल

जनतापोस्ट

janataPost

जुम्ला, २९ माघ । कर्णालीको गौरव आयोजनाका रुपमा रहेको पश्चिम नेपालकै ठूलो तीन सय शैया अस्पतालको प्रधानमन्त्री शेर बहादुर देउवाले आइतबार उद्घाटन गरेका छन् । उद्घाटनसँगै अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएकोे छ । 


उद्घाटनका लागि आईतबार बिहान ११ बजे प्रधानमन्त्रीसहित स्वास्थ्य मन्त्री दिपक बोहोरा, स्वास्थ्य सचिव सहितको टोली जुम्ला पुगेको हो । उद्घाटनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारमा रहेका बिरामीलहरूलाई फलफूल वितरण गरेका थिए । 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई जुनसुकै बेला सहयोग गर्न सरकार प्रतिवद्ध रहेको देउवाले बताए । प्रधानमन्त्री देउवाले अब कर्णालीवासीले रोगका कारण मृत्युवरण गर्नुपर्ने दिन अस्पताल निर्माणसँगै अन्त्य भएको बताए ।   


उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्री दिपक बोहोराले जुम्लामा ६ नम्बर प्रदेशकै स्वास्थ्य क्षेत्रको राजधानी बन्न सक्ने पूर्वधार तयार भएको दाबी गरे । उनले भने, ‘कर्णालीजस्तो दुर्गम क्षेत्रमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो विश्वविद्यलय स्तरको अस्पताल निर्माण हुनु कर्णालीवासीका लागि सौभाग्य हो ।’ नेपाल सरकारले हालै क्यान्सर, मिर्गाैला र प्यारालाइसिस् बिरामीहरूलाई स्वास्थ्य भत्तास्वरूप मासिक पाचँ हजार रुपैँया उपलब्ध गराउने पनि मन्त्री बोहोराले बताए । 


जुम्ला प्रदेश (क) का सांसद तथा प्रतिष्ठान पहल समितिका संयोजक नरेश भण्डारीले अब कर्णालीवासीले उपचार अभावमा ज्यान गुमाउनुनपर्ने बताए ।  उनले भने, ‘तत्कालिन कर्णाली अञ्चल अस्पताल जुम्लामा पोष्टमार्टमका लागि एकहप्ता कुर्नुपर्ने बाध्यता थियो, एक चक्की सिटामलको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था थियो । अब जटिल रोग तथा शल्यक्रिया पनि जुम्लामै हुनेछ ।’


उद्घाटनका अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण समयमै सम्पन्न गर्ने रसुवा जेभी कन्सट्रक्सन र रगत अभाव भएका भएका बेला प्रतिष्ठानमा  रक्तदान गर्ने २४ नंं. बाहिनी अड्डा जुम्लालाई सम्मान गरिएको थियो । तीनसय शैया अस्पताल निर्माणका लागि ९१ करोड इस्टिमेट गरिएको भएपपिन टेन्डर प्रक्रियामा रसुवा जेभी कन्सट्रक्सनले ७६ करोड रूपैयाँमै निमार्ण सम्पन्न गरेको हो ।

प्रतिकृया दिनुहोस

विकाससँगै मासिन थाले पुराना चौतारी

पाल्पा, ४ फागुन । परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका चौतारी मासिने क्रम बढेको छ । गाउँमा विकास निर्माणका काम हुँदै जाँदा

प्रदेश ४ को सभामुखमा अधिकारी  

पोखरा, ४ फागुन । प्रदेश नम्बर ४ को सभामुखमा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी निर्वाचित भएका छन् । बिहीबार बसेको संसद बैठकमा माओवादी संसदीय दलका

यस्ताे छ प्रदेश ५ का मुख्यमन्त्रीकाे प्रदेश समृद्धीकाे खाका

भरत केसी  बुटवल, ४ फागुन । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताएका छन् ।