शक्तिशाली व्यक्तिका अनाैठा बानी

janataPost

केही मानिसका अनौठा र अचम्म लाग्दा बानी हुन्छन् । तीं बानी हामीलाई पत्तै नभई बसेका हुन्छन् । संसारका शक्तिशाली व्यक्तिमा पनि विभिन्न प्रकारको अनौठो बानी हुनु स्वभाविक हो । तर, कतिपय अवस्थामा त्यही अनौठो बानीले उनीहरूलाई समस्यामा पार्ने गरेको छ । संसारका त्यस्तै केही शक्तिशाली व्यक्तिहरू र उनीहरूको बानी :-


बिल गेट्स
देब्रे हात बगलीमा 

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको देब्रे हात बगलीमा राखिराख्ने बानी छ । उक्त अनौठो बानीले गर्दा उनले विभिन्न विरोधको सामना गरिरहनुपर्छ । सन् २०१३ मा दक्षिण कोरियाका राष्ट्रपति पार्क जीन हीसँगको भेटमा उनले देब्रे हात बगलीमा राखेका थिए । पश्चिमी मिडियामा यो घटनाले खासै प्रभाव नपारे पनि पूर्वीय मिडियामा भने ठूलै तहल्का मच्चायो । कुनै पनि अतिथिसँग भेट्दा आचरणमा विशेष ध्यान दिनुपर्ने मान्यता दक्षिण कोरियामा मात्र नभई पूर्वीय मूलुककै हो । त्यसकारण दक्षिण कोरियाका मिडियाले उनको आलोचना तथा टिकाटिप्पणी गरेका थिए । कतिपय अमेरिकी मिडियाले उनको यस्तो बानीको आलोचना गरेका छन् । यूएनओका महासचिव वान कि मुनसँगको साक्षात्कारमा पनि उनले आफ्नो देब्रे हात बगलीमा राखेको देखिएको थियो । त्यस्तै फ्रान्सका पूर्व राष्ट्रपति निकोलस् सार्कोज, दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति थाबो मेबिकी, दक्षिण कोरियाका पूर्व राष्ट्रपति ‘पाक जिउन हेए’ आदिसँगको शिष्टाचारको क्रममा सोही प्रकारको बानी देखिएको थियो । धेरैले अमेरिकी शिष्टाचारमा असभ्य देखियो भनेर खण्डन गरेका थिए ।


नरेन्द्र मोदी
फेसन र सेल्फी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका केही बानी अचम्म लाग्दा छन् । उनी भारतीय प्रधानमन्त्री मात्रै नभएर फेसनेबल तथा सेल्फीप्रेमी व्यक्तिका रूपमा समेत चिनिन्छन् । उनले लगाउने कुर्ताको डिजाइन ‘मोदी कुर्ता’को नामले चिनिन्छ । उनको रुची अनुसार नै सो कुर्ताको डिजाइन तयार पारिएको हो, त्यसैले यसलाई ‘मोदी कुर्ता’ भनिएको हो । उनका विपक्षी नेतामा मूलायाम सिंह यादवले ‘मोदी दिनमा ५ सय कुर्ता फेर्छन् र हरेक भेटघाटका लागि नयाँ कुर्ता मगाउँछन्’ भनी आलोचनासमेत गरेका थिए । यसबारे भारतीय मिडियाले पनि समाचार बनाएका थिए । मोदी छिमेकी राष्ट्रहरू नेपाल, भुटान भ्रमणमा प्रायः सांस्कृतिक पहिरन रुचाउँछन् । युरोपेली मूलुकहरूको भ्रमणमा आधुनिक पहिरन रुचाउँछन् । 


फेसनसँगै उनी सेल्फी खिच्नमा पनि माहिर छन् । सन् २०१५ मा ‘द वाल स्ट्रिट जर्नल म्यागजिन’ले उनको र चीनियाँ प्रमुख ली केक्वीङसँग ‘टेम्पल अफ हेभन’मा लिएको दुई जनाको सेल्फी इतिहास्कै सबैभन्दा शक्तिशाली सेल्फी रहेको बताएको छ । एकपल्ट उनले भारतीय चुनावी समयमा कानुन उलंघन समेत गरेका थिए । भोट हाल्ने क्रममा भाजपामा भोट हालेको फोटो मिडियामा देखिएपछि विवाद भएको थियो । उनले भारतीय अभिनेत्री सोनम कपुर र अमेरिकी काल पेनसँग पनि सेल्फी खिच्न भ्याएका छन् ।


डेभिड रकफेलर
किरा बटुल्ने सौख
 
सन् २०१५ का सबैभन्दा पुराना विलिनायर डेभिड रकफेलरलाई किराहरूप्रति निकै लगाव छ । ७ वर्षको उमेरमा उनले एउटा लामो खैरो किरा समातेर घरको जारमा राखेका थिए । हालसम्ममा रकफेलरको किलोपेट्रा संग्रहमा हजारभन्दा बढी कीराहरू छन् । उनले त्यो आफ्नोे घर पोक्यानटीको हिल्स्मा राखेका छन् । उनको नामबाटै धेरै किराहरूको नामाकरण गरिएको छ । मेक्सिकोमा पाइने दुर्लभ प्रजातिका किरा डिप्लोट्याकसिस् रकफेलेरी उनकै खोज र अन्वेषणबाट पत्ता लागेको थियो । 


सन् १९४३÷४४ मा भएको अल्जेरियाको युद्धमा पनि उनी कीराहरू संकलनमा जान्थे । उनले हावार्ड विश्वविद्यालयबाट इन्टोमोलोजी (विभिन्न प्रजातिका कीराहरूको अध्ययन) मा ‘ए’ ग्रेड प्राप्त गरी ग्रेजुएसन गरेका थिए । अल्जेरिया, केनिया, इटाली, मेक्सिको, पेरु, दक्षिण अफ्रिका, स्पेन, भेनेजुएला, जिम्बावे आदि देश लगायत अनगिन्ती देशहरूका किराहरूको संग्रह उनीसँग रहेको छ । फोब्र्स म्यागजिनमा दिएको अन्तर्वार्तामा उनले किराहरू अन्टार्टिका बाहेक अन्य सबै ठाँउमा पाउने हुनाले आफू जहाँ जाँदा पनि एउटा जार लिएर हिँड्ने बताए ।    


एन्जेला मार्केल
खानाकी सौखिन
 
जर्मनीकी चान्सलर एन्जेला मार्केलले जीवनका ३५ वर्ष इष्ट जर्मनीको कम्युनिष्ट सेवामा व्यतित गरिन् । खानेकुरामा उनी एकदमै शौखिन छन् । देख्ने बित्तिकै खाने कुरा किनिहाल्ने उनको आदत नै छ । ‘सुपरइल म्यागजिन’ को लागि दिएको अन्र्तवार्तामा उनले आफ्नोे लागि केही जरुरत नभए पनि विशेष गरी सागसब्जीहरू देख्नासाथ किनीहाल्ने बताएकी छन् । उनले यो आफ्नो गुप्त बानी बताइन् । सानैदेखि लागेको बानीले गर्दा उनलाई पूर्वीय खानाहरूमा सोयाका (मासु र तरकारी सुप), लेचो (हङ्गेरियन भेजीटेबल स्ट्रिउ), शाशिक (मसलेदार कबाब) आदि देख्नसाथ मुख रसाउँछ । पूर्वी जर्मन सँस्कृतिको रहनसहन, खानपानमा भिजेकी उनलाई आधुनिक जर्मन परिवेशमा भिज्न लामो समय लागेको थियो ।


जोन किङ्
अर्काको कपाल तान्ने बानी

सन् २०१५ मा न्यूजिल्यान्डका प्रधानमन्त्री जोन किङ्को कपाल तान्ने बानीका विरुद्धमा अक्ल्यान्ड क्याफेकी एक वेटर्सले ब्लगमा बिरोध गरेकी थिइन् । उनले प्रधानमन्त्री किङले आफ्नोे कपाल तानिरहने खुलासा गरेकी थिइन् । वेटर्सले आफूले सुरुमा त उनको व्यवहार सहेको तर जहिले पनि यस्तै गरेपछि उनले असैह्य भएको बताइन् । प्रधानमन्त्री किङका अनुसार उनले रमाइलोको लागि मात्र उनको कपाल तानेको बताए । त्यसमा अन्यथा अड्कल्नु पर्ने कुनै कुरा नभएको स्पष्टिकरण दिए । द लेर्ब पार्टी र द ग्रिन पार्टीले पनि अनौठो प्रवृतिको व्यक्ति भनि उनको आलोचना गरेका छन् । द गार्डडिन र जोन अलिभरले उनले स–साना नानीहरूको कपाल तानेको भिडियो भेटाएको बताएका छन् ।


मालकोलम टर्नबुल 
कुकुरमा लगाव

नवनियुक्त अष्ट्रेलियन् प्रधानमन्त्री मालकोलम टर्नबुलको कुकुरप्रतिको लगाव अच्चम्मलाग्दो छ । उनले आफ्नोे ब्लगमा कुकुरबारे लेखेका छन् । नेशनल ब्रोडब्याड नेटवर्कमा सार्वजनिक भएको एक पोष्टमा उनले ग्रामिण भेगमा कुकुरहरूलाई हाड दिने व्यवस्था मिलाएका थिए । 


पोप फ्रान्सिस्
ट्याङ्गोका फ्यान

पोप फ्रान्सिस्को विभिन्न रमाइला बानीहरूमा सेसर खेलप्रतिको माया, डाक्टरले दिएको निर्देशन विपरीत आइसक्रिम, पिज्जा खाने आदि हुन् । तर, उनको ट्याङ्गो सबैभन्दा प्रिय हो । सन् २०१० मा ‘द जेस्युट’ नामक किताबको लागि दिएको एक अन्र्तवार्तामा उनले आफू ट्याङ्गो गायकहरू कार्लाेस गार्डेल र जुलिओ सोसा तथा प्रसिद्ध ट्याङ्गो नतर्की एडा फ्याल्कोनहरूको फ्यान रहेको बताएका थिए । ७८ औँ जन्मोत्सवमा उनले हजारौैं मानिसहरूले उनको सम्मानमा ट्याङ्गोमा नृत्य गरेका थिए । तथापी एन्टी भ्याटिकन क्याथोलिक ग्रुप नुभस ओर्डाेका अनुसार त्यस प्रकारको क्रियाकलाप क्याथोलिक चर्चको मान मर्यादा विरुद्ध हो । उनीहरूले पोप फ्रान्सिस सच्चा क्याथोलिक नभएको टिप्पणी गरे । 

दलाइ लामा 
घडी प्रतिको लगाव 

स्टार अनलाइनको एक अन्र्तवार्तामा १३ औँ दलाइ लामालाई घडी, मन्त्र जप्ने जपमाला, घोडा एकदम मनपर्ने र उनले आफूलाई १३ औँ दलाइ लामाको अवतारको रूपमा मान्ने बताएका थिए । यसकारण उनी धार्मिक आस्थाबाट पनि घडीसँग सम्बन्धित रहेको बताए । १४ औँ दलाइ लामा तेन्जिन ग्याट्सोले यदि आफू धर्म गुरु नभएको भए विज्ञान तथा प्रविधिको क्षेत्रमा लागि सफल इन्जिनियर बन्थेँ होला भन्ने अनुमान गर्छन् । सानैदेखि उनको रुची घडी बनाउने थियो । उनले कसैको कुनै सल्लाहबिना जस्ताको त्यस्तै बिगारेर धडी पुनः बनाएका थिए ।   


७ वर्षको उमेरमा त्यस बेलाका राष्ट्रपति फ््रयाक्लिन रोजवेल्टले दलाइ लामालाई सुनको जलप लगाएको घडी दिएका थिए । उनले सो घडी सन् २०१५ मा राष्ट्रपति बाराक ओबामाबाट फेस स्माइल नामक अर्को घडी उपहार स्वरुप पाएपछि फेरेका थिए । उनले त्यो घडी निकै जतन गरेर राखेका छन् । अहिलेसम्म पनि त्यही घडी उनले लगाइरहेका छन् । चीनबाट लखेटिने क्रममा समेत उनले सो घडी साथ लिएर नै भागेका थिए । थोमस ल्यर्डसँगको एक अन्र्तवार्तामा उनले सो घडी आफ्नोे सुरक्षाकवज भएको बताएका थिए । त्यो घडी साथ रहेमा आफू सधँै सुरक्षित रहने विश्वास उनको छ ।


महारानी एलिजाबेथ दोस्रो
चमेरासँग आकर्षित
 

राजकीय अनौपचारिक जीवनी लेखक वेयन होएका अनुसार, महारानी एलिजाबेथ दोस्रो जनावरहरूप्रति निकै रुचि राख्छिन् । यूकेका सबै हाँसहरूको मालिक्नी एलिजाबेथ दोस्रोले वालमोरल क्यास्टलमा रातो लोखर्केको जनसङ्ख्या वृद्धि तथा संरक्षण गर्न बाचा गरेकी छिन् । उनले आफ्नै राजमहलको मुख्य हलमा पनि चमेराहरूको लागि कोलोनी छुट्याएकी छन् । उनले सो कोलोनीमा आफ्नै सेविकालाई समेत जान निषेध गरेकी छन् ।


बेलायती टीभी एबीसी न्यूजमा ‘होए‘ले बताएका छन् ‘महारानी हरेक बिहान हलको माथि–माथि पुगेका चमेराहरूलाई लामो पोलले तल झार्छिन् र उडाइ दिन्छिन् । रातमा पुनः ती चमेराहरू फर्कन्छन् । अनि पुनः यो प्रक्रिया दोहोरिन्छ ।’ उनको यस बानीबाट पनि चमेराप्रतिको माया झल्कन्छ । 


भ्लामिदिर पुटिन
नियमित जीवनचर्या

न्यूज विक पत्रिकाका अनुसार भ्लामिदिर पुटिनको दैनिकी एकदम नियमित हुन्छ । उनी रातमा अबेरसम्म काम गर्ने र बिहान चाडैँ उठ्नेमा पर्छन् । उनको बिहानको चिया नास्तामा अम्लेट, चीज, बट्टाईको अण्डा र फलफूलको जुस हुन्छ । उनको खानाको प्रेषक रुसी धर्म गुरु प्याट्रिआर्क किर्रिल हुन् । उनी बिहानको थप २ घन्टा पौडी खेल्ने, हट र कोल्ड वाथ, कफी आदिमा व्यतित गर्छन । सेवकहरू ४ घन्टा अघिदेखि नै उनको लगाउने कपडासहित तयार हुनुपर्दछ । त्यसपछि, उनी पत्रिका पढ्छन् । आफ्नोे देशको आन्तरिक अनुसन्धान, सुरक्षा, वैदेशिक नीति सम्बन्धि पढ्छन् । त्यसपछि ब्रोडसिट डेल्लीहरू पढ्छन् । पुटिनलाई आधुनिक प्रविधि सम्बन्धि खासै रुची नभए पनि कहिलेकाँही उनी प्रविधिबारे जानकारी लिइरहेका हुन्छन् । उनी यात्रा प्रायः हवाइजहाजबाटै गर्ने गर्छन् । आफूलाई उनी रुसी नेताहरूमा स्टालिन पछिको मेहेनती नेता मान्छन् । अङ्गे्रजी पढ्नु र आइस हकी खेल्नु उनको रुचिको विषय हो । संसारका लागि उनी एक शक्तिशाली व्यक्ति भए पनि आफ्नोे घरपालुवा जनावरको लागि भने उनी मायालु र दयालु मालिक हुन् ।

प्रतिकृया दिनुहोस

चिर ठड्याउँदै सुरु भयो होली (फोटोफिचर)

काठमाडौं, ११ फागुन । शुक्रबार बिहान काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे होलीको चीर ठड्याइएको छ । चीर

मृगौला पीडितको याचना : ‘बाँच्न पाए सबैको गुण तिर्थें’

इन्द्रबहादुर थापा, काभ्रे । मेलम्ची नगरपालिका ६ तालामाराङकी २५ बर्षीया कान्छीमाया थिङको दुवै मृगौलाले काम नगर्ने भएपछि उनले जीवन रक्षाको माग गरेकी

नेपाल भ्रष्टाचारको १२२ औं स्थानमा

काठमाडौं, ११ फागुन । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) द्वारा आज सार्वजनिक गरिएको भ्रष्टाचार सूचांकानुसार नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा