केन्याद्धारा नेपाललाई १७८ रनको लक्ष्य प्रस्तुत, सन्दिपको उत्कृष्ट बलिङ

janataPost

काठमाडौं, २९ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्या विरुद्धको खेलमा केन्याले नेपाललाई १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज भएको खेलमा नेपालले टस जितेर बलिङ रोजेको थियो । 

सोमबार नामिबियाको एन्डरर्स मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको केन्याले ५० ‌ओभरमा ८ विकेट गुमाएर १ सय ७७  रन जोड्यो  ।केन्याका लागि ओपनरद्वय इर्फान करिमले ४२ तथा एलेक्स ओबाडाले ४१ रनको योगदान दिए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरले १–१ विकेट हात पारे ।

 

आइसिसी विश्व क्रिकेट लिग डिभजन–२ अन्तर्गत केन्या विरुद्धको खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले लिस्ट ‘ए’ करिअरमा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरेका छन् ।  यसअघि उनको लिस्ट ए करिअरमा सर्वाधिक उत्कृष्ट प्रदर्शन १८ रन दिएर ४ विकेट लिनु थियो । यो प्रदर्शन यहि प्रतियोगिताको पहिलो खेलमा नामिबिया विरुद्ध गरेका थिए । यो  प्रदर्शन लिस्ट ुएुको खेलमा नेपाली बलरकै अहिलेसम्मकै उत्कृष्ट हो । 


यसअघिका खेलमा नेपालले नामिबिया र युएईलाई हराउँदा ओमानसँग हार बेहोरेको थियो । केन्याले भने तेस्रो खेल खेल्न लागेको हो। केन्याले सुरुवाती दुवै खेल गुमाएको थियो । 


डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत भएको पछिल्लो खेलमा नेपालले केन्यालाई ७ विकेटले हराएको थियो । टियु मैदानमा भएको खेलमा केन्याले दिएको १ सय ५६ लक्ष्य नेपालले ३ विकेटको क्षतिमा पार गरेको थियो । नेपालको जितमा ज्ञानेन्द्र मल्लले नट आउट ६४ र दीपेन्द्रसिंह ऐरीले ६२ रन जोडेका थिए । त्यसअघि टियु मैदानमै भएको खेलमा केन्याले नेपाललाई ५ विकेटले हराएको थियो ।


जारी डिभिजन २ मा नेपाल ३ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ । क्यानडा लगातार तेस्रो जित निकाल्दै ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । क्यानडाले आइतबार भएको खेलमा केन्यालाई ५९ रनले पराजित गरेको थियो । यसअघि क्यानडाले पहिलो खेलमा ओमान तथा दोस्रो खेलमा युएईलाई पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस

विश्वकप छनोटमा नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने

काठमाडौं, ४ फागुन । एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा

नेपाल आर्मी र थ्रीस्टारबीच उपाधि भिडन्त

सर्लाही, ४ फागुन । सर्लाहीमा जारी ९ औं सिमरा गोल्डकपको उपाधिका लागि विभागीय टोली नेपाल आर्मी र थ्रीस्टारबीच प्रतिस्पर्धा हुने भएको छ ।    बिहीबार

कुलुङले जिते पाथीभरा म्याराथन

सन्तोष पुर्कुटी, ताप्लेजुङ । पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन अन्तरगत बिहीबार सम्पन्न पाथीभरा म्याराथनको उपाधी