नेपालले हरायो केन्यालाई

सन्दिपले बलिङ र आरिफ-रोहितले सम्हाले ब्याटिङ

जनतापोस्ट

janataPost

काठमाडौं, १ फागुन । आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्र्तगत नेपालले चौथो खेलमा केन्यालाई ३ विकेटले हराएको छ । अन्तिम बलमा नतिजा आएको खेलमा कप्तान पारस खड्का, आरिफ शेख र रोहित कुमार पौडेलको ब्याटिङ महत्वपूर्ण रह्यो । बलिङमा सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए । 


सम्हालिएर खेलिरहँदा ४९ औँ ओभरको दोस्रो बलमा आरिफ आउट भए । जतिबेला नेपाल महत्वपूर्ण ६ विकेट गुमाएर १ सय ६९ रनको स्थितिमा पुग्यो । जितका लागि ९ रन आवश्यक थियो । त्यसपछि क्रिजमा आए सोमपाल कामी । ४९ औँ ओभरको तेस्रो बलमा रोहित बिट भए । उनले चौथो बलमा एक रन निकाले । त्यसपछि ओभरको पाँचौ बलमा सोमपालले दुई रन निकाले । छठौं बल बिट भयो । अन्तिम ओभरमा जितका लागि ६ रन आवश्यक थियो । नेल्सन ओधिम्बोको अन्तिम ओभरको पहिलो बलमा रोहितले दुई रन निकाले । उनले दोस्रो बलमा एक रन बनाए । तेस्रो बलमा सोमपालले पनि एक रन लिए । जित नजिक पुगेको नेपालका लागि चौथो बलमा झड्का लाग्यो । रोहित रन आउट हुन पुगे । स्ट्राइकमा आए सोमपाल । उनले पाँचौ बल डट खेले । नेपाललाई जितका लागि अन्तिम बलमा दुई रन चाहियो । अन्तिम बलमा लेग साइडमा हान्दै सोमपालले दुई रन निकाले र नेपाललाई जित दिलाए । 


छैठौं विकेटका लागि आरिफ शेखले रोहित कुमार पौडेलसँग मिलेर ८७ रनको पार्टनसिप गरेका हुन् । आरिफले ८२ बलमा ४२ रन बनाए । अन्तिम ओभरको चौथो बलमा आउट भएका रोहितले ८६ बलमा ४७ रन बनाए । कप्तान पारस खड्काले ४४ बलमा ४२ रन बनाए । उनले ३ चौका र २ छक्का हाने । 


केन्याविरुद्ध पनि नेपाली ओपनिङ ब्याटिङ चल्न सकेन । ज्ञानेन्द्र मल्लले १४ बलमा ९ रन बनाए । केन्याविरुद्ध ओपनिङ डेब्यू गरेका अनिल कुमार शाहले रन जोड्न सकेनन् । दिपेन्द्र सिंह ऐरी ११ बल खेलेर १ रन बनाउँदा आउट भए । शरद भेषावकर ५७ बलमा १९ रन बनाएर आउट भए । केन्याका इमानुअल बुन्डी रिंगेराले ३, नहिम ओधिम्बो, शेम नोग्चे र नेल्सन ओधिम्बोले एक/एक विकेट लिए ।  


नामिवियामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट जाँदा १ सय ७७ रन बनाएको थियो । केन्याका लागि ओपनिङ व्याट्सम्यान इरफान करिमले एक सय बलमा ४२ रन तथा अर्का ओपनिङ व्याट्सम्यान एलेक्स ओबान्डाले ४६ बलमा ४१ रन जोडे । यस्तै कोलेन्स ओबुयाले २७, ओधिम्बोले २४ साथै सेम नोगोचेले अविजित २३ रन जोडे । केन्यालाई १ सय ७७ रनमा समेट्न नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । उनले १० ओभर बलिङमा ५ मेडन राख्दै ५ विकेट लिएर २० रन मात्र दिए । सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरले एक÷एक विकेट लिए । 


प्रतियोगितामा नेपालसहित नामिविया, केन्या, संयुक्त अरब इमिरेट्स (युएई), क्यानडा र ओमान सहभागी छन् । जसमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले अर्को महिना जिम्वावेमा हुने एक दिवसीय विश्व कप छनोट खेल्न पाउनेछ । नेपालसँगै आयोजक नामिविया, (युएई) र केन्या विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चारमा रहँदै डिभिजन २ मा घटुवा भएका हुन् । त्यसैगरी ओमन र क्यानडा डिभिजन ३ को शीर्ष दुई स्थानमा रहँदै डिभिजन २ मा बढुवा भएका हुन् । 


नेपालले पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल ओमनसँग ६ विकेटले पराजित भयो । तेस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ४ विकेटले हराएको थियो । अब नेपालले आउँदो बुधबार क्यानडासँग खेल्नेछ ।  
 

प्रतिकृया दिनुहोस

आईपीएलमा सन्दिप लामिछानेले १ नम्बरको जर्सी लगाउने

काठमाडौं, ९ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट टोली दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएका नेपाली युवा स्टार सन्दिप लामिछानेले १ नम्बरको जर्सी

प्रधानमन्त्रीले सन्दिपको आइपीएल जर्सी आज सार्वजनिक गर्ने

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सन्दीप लामिछानेको इण्डियन प्रिमियर लिग (आइपीएल) जर्सी सार्वजनिक गर्ने भएका छन् ।   आइपीएलमा

राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

काठमाडौं, ५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश फर्किएको छ । जिम्बावेमा एक दिवसीय विश्वकप छनोट खेल्दै नेपाली टोली भर्खरै त्रिभुवन