सन्दीपको कीर्तिमान 

जनतापोस्ट

janataPost

काठमाडौं/जपोस । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा केन्याबिरूद्ध पाँच विकेट लिएपछि नेपालका सन्दीप लामिछानेले ‘लिस्ट ए’ क्रिकेटमा उत्कृष्ट बलिङको कीर्तिमान कायम गरेका छन् । 


२०१५ मा नामिवियाबिरूद्ध खेल्दै विश्व क्रिकेट लिग च्याम्पिनयसिपमा डेब्यु गरेका सन्दीपले पहिलो पटक ५ विकेट लिएका हुन् । १० ओभर बलिङ गरेका उनले ५ ओभर मेडन राख्दै २० रन खर्चेर लिएको ५ विकेट ‘लिस्ट ए’ मा नेपालकै उत्कृष्ट बलिङको कीर्तिमान हो । यसअघि उनले ‘लिस्ट ए’ क्रिकेटको यसै प्रतियोगितामा नामिबियाबिरूद्ध १८ रन खर्चेर ४ विकेट लिएका थिए । 


सोमबार केन्याको ६५ रनको साझेदारी तोड्दै सन्दीपले नेपाललाई पहिलो विकेट दिलाएका थिए । टोलीको १७ औं र व्यक्तिगत पहिलो ओभरमा उनले ४६ बलमा ४१ रन बनाएका एलेक्स ओवान्डालाई बोल्ड आउट गरे । आफ्नो दोस्रो ओभरमा उनले धिरेन गोन्दारियालाई दिपेन्द्र सिंह ऐरीमार्फत् क्याच आउट गराए । ३४ औं ओभरमा लगातार दुई विकेट लिएका उनले पहिलो बलमा रकिप पटेल र दोस्रो बलमा रुशब पटेललाई आउट बनाए । सन्दीपले पाँचौ विकेट आफ्नो अन्तिम ओभरमा नेहेमिह ओधियाम्बोलाई आउट गरेर लिए । 


यो प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा पनि सन्दीप पहिलो नम्बरमा छन् । अहिलेसम्म ४ खेलमा उनले १४ विकेट लिएका छन् । उनले पहिलो खेलमा नामिबियाबिरूद्ध ४ विकेट, दोस्रो खेलमा ओमनबिरूद्ध  २ विकेट, तेस्रो खेलमा युएईबिरूद्ध ३ विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस

विश्वकप छनोटमा नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने

काठमाडौं, ४ फागुन । एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा

नेपाल आर्मी र थ्रीस्टारबीच उपाधि भिडन्त

सर्लाही, ४ फागुन । सर्लाहीमा जारी ९ औं सिमरा गोल्डकपको उपाधिका लागि विभागीय टोली नेपाल आर्मी र थ्रीस्टारबीच प्रतिस्पर्धा हुने भएको छ ।    बिहीबार

कुलुङले जिते पाथीभरा म्याराथन

सन्तोष पुर्कुटी, ताप्लेजुङ । पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन अन्तरगत बिहीबार सम्पन्न पाथीभरा म्याराथनको उपाधी