‘स्क्रृप्टलाई महत्व नदिँदा फिल्म झुर बने’

जनतापोस्ट

janataPost

सामिप्यराज तिमल्सिना नेपाली चलचित्र क्षेत्रका भरपर्दा स्क्रृप्ट लेखक हुन् । उनले लेखेका चलचित्रले राम्रै व्यवसाय गरेका छन् । चलचित्र इतिहासले सम्झनै पर्ने केही राम्रा चलचित्रको कथा लेखेका छन् । उदाहरणका लागि धेरैवर्ष पहिले फर्कनै पर्दैन । यही वर्षको सर्वाधिक सफल चलचित्र ‘ए मेरो हजुर २’, अनमोल केसी अभिनीत चलचित्र ‘ड्रिम्स’, ‘नाइँ नभन्नू ल ४’, ‘स्टुपिड मन’ लगायत अधिकांश राम्रा चलचित्रको कथा उनैले लेखेका हुन् । स्क्रृप्टलाई चलचित्रको मेरुदण्ड भनिन्छ तर स्कृप्टमा नेपाली लेखकहरूले त्यत्ति धेरै मिहेनत नगरेको भन्ने आरोप लाग्दै आएको छ । यसको कारण के होला त ? किन दमदार स्टोरीमा चलचित्र बन्न नसकेका होलान् ? रामजी ज्ञवालीले जनतापोस्टको लागि यसै विषय वरिपरि रहेर उनीसँग गरेको कुराकानीको सम्पादित अंशः


नेपाली चलचित्रका कथा अझै पनि बलिउडमै भर परेको आरोप लाग्दै आएको छ, नेपाली फिल्ममेकर किन नयाँ स्टोरीमा चलचित्र बनाउन नसकेका होलान् ?
– भारतमा बनेका चलचित्रलाई राम्रोसँग हेर्ने र नेपाली भाषामा जस्ताको तस्तै निर्माण गर्ने चलनबाट नेपाली फिल्ममेकर बाहिर आउन सकिरहेका छैनन् । नेपाली चलचित्रकर्मीहरूमा त्यो परम्परा यसरी गढेर बसेको छ कि बाहिर आउन निकै गाह्रो छ । अहिलेसम्म पनी स्क्रिप्ट राइटरले नेपाली चलचित्र लेख्नुभन्दा अगाडि हिन्दी फिल्म हेर्छन् । भारत विशाल देश हो । जहाँ वर्षमा हजारबढी फिल्म बन्छन् । नेपालमा जब कुनै फिल्म बनाउन खोजिन्छ ती कथामा सम्बन्धित चलचित्र भारतमा विगतमा लगभग बनिसकेको पाइन्छ । नेपाली परिवेशमा गज्जबको फिल्म पनि बनाउन सकिन्छ, मिहेनत पनि गज्जबको गर्नुपर्छ ।


नेपाली चलचित्रकर्मीहरूमा विगतको परम्परा यसरी गढेर बसेको छ भन्नुभयो, यसलाई प्रस्ट पारिदिनुस् न ?
– नेपालमा चलचित्र निर्माणको पुरानो परम्पराअनुसार अहिले पनि त्यसरी नै बन्दै आएका छन्, यो कुरा सही हो । त्यो परम्परा के थियो त भन्ने विषयमा भने धेरैलाई थाहा छैन । राजा महेन्द्रले पंचायती शासन व्यवस्थालाई स्थापित गर्नको लागि चलचित्र बलियो र राम्रो माध्यम बन्न सक्छ भन्ने कुराको महसुस गरे । उनले त्यो कुरा सोचेसँगै सरकारकै मातहतमा फिल्म निर्माण गर्ने पक्का भयो । विश्वमा कहीँकतै सरकारले आफैं फिल्म निर्माण परम्परा सुरुवात गरेको छ भने नेपालमा मात्रै हो । उनले फिल्म वनाउने त भने तर त्यसका लागि भारतमा काम गरिरहेका फिल्मकर्मीलाई नेपाल बोलाएर काममा लगाए । त्यतिबेला नै नेपालमा बसेको मान्छेलाई फिल्म बनाउन भनिएको भए सायद, बलिउडको प्रभावले छुँदैनथ्यो होला । त्यतिबेला भारतमा बसिरहेको मान्छेले नेपाली फिल्म बनाउँदा कस्तो चलचित्र बनाउँछ भन्नलाई गाह्रो छैन, स्वभाविक रूपमा भारतीय चलचित्रमा जे सिकेको छ त्यस्तै चलचित्र निर्माण भयो  । चलचित्रको नाम थियो ‘आमा’ । त्यो परम्परा तुलसी घिमिरे, प्रकाश थापा हुँदै पछिल्लो समयका चलचित्रकर्मीहरूले समेत फलो गर्दै आए । त्यो परम्पराको विशेषता के थियो भने, हिन्दी फिल्मले जे सोचेको छ त्यसैगरी नेपालको परिवेशलाई सोच्ने र चलचित्रमा प्रस्तुत गर्ने । त्यसले गर्दा सुरुदेखि नै नेपालको सिनेमा भारतको चलचित्रमा भर पर्यो ।


नेपाली लेखकहरुले कोठामा बसेर रिसर्चबिना चलचित्र निर्माण गर्ने आरोप सही हो त ?
– नेपालमा विशेषगरी लभस्टोरी, एक्सन र कमेडी जनरामा चलचित्र निर्माण हुन्छन् । विदेशका फिल्म हेर्ने हो भने त्यतिधेरै मिक्स हँुदैन । रिसर्चको आवश्यकता पर्छ भने गर्नुपर्छ नत्र सही लेख्ने मान्छेले कहिँ कतैबाट अध्ययन गरिरहेको हुन्छ । तर तपार्इंले भन्न खोजेको जस्तो सही र सत्यतथ्य बुझेर चलचित्र निर्माण चाहिँ गर्नुपर्छ । चलचित्रले समाज बदल्ने क्षमतासमेत राख्ने भएकाले होसीयारी चाहिँ अपनाउन जरुरी छ । अहिलेसम्म भारतीय प्रभावबाट मुक्त हुन सकेनौं भन्ने जुन आरोप छ त्यो कुरा र कोठामा बसेर लेखिएको कुरा कहीँकतै मिल्न सक्छ । तर, सबै स्क्रिप्ट राइटरले त्यसो गर्नुहुन्न । भारतीय संस्कृति र नेपाली संस्कृति फरक छ । त्यहाँको चालचलन र यहाँको फरक छ । तर नेपाली स्क्रिप्टमा जस्ताको तस्तै कपीपेस्ट गरिन्छ, अलिकति पनि ख्याल नगरेर । भारतमा छोराले बाउको खुट्टा छँुदैन । तर नेपालमा पनि ढोग्दा नछोएको देखाइन्छ । तर हुनुपर्ने के हो भने बाउको खुट्टा ढोगेको देखाउनुपर्ने हो । फिल्म लेखिरहँदा हाम्रो संस्कार यो हो भनेरसमेत नेपाली राइटरले ध्यान दिन सकेका छैनन् । कथाको सवालमा पनि हाम्रोमा जे खालको संस्कार, संस्कृति तथा जिवनपद्धतिसँग जोडिएका कथा छन् त्यसअनुसार चलचित्र निर्माण गर्न सकेको छैन ।


नेपाली स्क्रिप्ट राइटरहरूलाई पारिश्रमिक कम भएको सुनिन्छ  । के नेपाली चलचित्रका स्टोरीको कन्सेप्ट पनि पैसामै अड्किएको हो ?
– तपाईंले भनेको कुरा सत्य नै हो । कुनै पनि निर्देशक÷निर्माताले नेपाली स्क्रिप्ट राइटरलाई निकै कम शुल्कमा काम गराइराखेका छन् । कतिपयले त निशुल्क पनी स्टोरी लेख्छ की भन्ने सोच्छन् । कुरा अझ थप प्रष्ट पार्न चाहान्छु, यदि नेपाली चलचित्रलाई पनि राम्रो र बलिउड तथा हलिउडकै तुलनामा लैजाने हो भने स्कृप्टमा पनि लगानी गर्नुपर्छ । पूँजीवादी समय छ । लेखकका पनि आफ्ना विवशता र वाध्यता हुन्छन् । लेखकलाई स्कृप्ट लेख्दासम्म ध्यानपूर्वक लेख्न सक्ने अवस्था सृजना गर्ने हो भने स्कृप्ट राम्रा बन्छन् । नत्र स्कृप्ट लेखिरहेको बेला पैसाका लागि अरू काम गर्ने वातावरण बन्यो भने कमजोर फिल्म बन्छन् । नेपाली राइटरहरूले निकै कम पारिश्रमिक पाएका छन् । त्यसले पनि चलचित्र राम्रा नबनेका हुन् भन्दा केही फरक पर्दैन । निर्देशक तथा निर्माताको दिमागमा राइटरलाई पनि राम्रो पारिश्रमिक दिनुपर्छ । रेस्पेक्टेवल पारिश्रमिक दिनुपर्छ भन्ने जहिलेसम्म दिमागमा चेत खुल्दैन त्यतिबेलासम्म यस्तै झुर फिल्म बन्नेमा कुनै शंका छैन ।


राईटरहरुलाई कति पारिश्रमिकसम्म दिनुपर्छ भन्ने तपाईको अपेक्षा हो ?
– लेखक जति खुसी भयो उति राम्रो चलचित्र लेख्न सक्छन् । भर्खरै मात्र बुद्धिसागरले १० लाख लिएर चलचित्रको कथा लेखिरहनुभएको छ । एउटा चलचित्रमा १ देखि ३ करोडसम्मको बजेट खर्च गरिन्छ भने कम्तीमा १० लाख दिनैपर्छ । स्कृप्टलाई चलचित्रको मेरुदण्ड भनिन्छ तर यसमै खर्च गरिँदैन । अरू कुरामा टन्न खर्च गरिने तर स्कृप्टमा खर्च नगरिँदा नेपाली चलचित्र कमजोर बन्छन् । स्कृप्टलाई पनी गम्भिर भएर लगानी गर्नेहो भने अहिले जुन हिसावले चलचित्र निर्माण हुदै आएका छन्, यो भन्दा केही हदसम्म माथी उठ्नेमा म ढुक्क छु ।

प्रतिकृया दिनुहोस

संगीतले जोड्दै नेपाल–पाकिस्तान

‘मैले मेरो देशको आफ्नो लोक गीत हरु पनि गाएको छु । तर भारतीय बजारमा गाएका गीतहरुनै बजारको कारणले ज्यादा प्रचार भएका छन । तर म संधै त्यस्ता भाकाहरु

पाकिस्तानी गायीका सारा राजा नेपालमा

‘गाजलु ति ठुला ठुला आँखा, तिर बनि बस्यो यो दिलैमा ’  गुलाम अलीले गाएको यो गीत गाउने महिला स्वर, नेपाली लवजमा सहज गाउछिन् । तर उनि  नेपाली भने

‘चराको गीत’मा स्वतन्त्रता र सम्मानको खोजी

श्याम रिमाल, काठमाडौँ । ‘कुन मूर्खले परिभाषित गर्यो इतिहासमा ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’ म यो परिभाषा परिवर्तन गर्न चाहन्छु