घरेलु मैदानमै कमजोर बार्सा

जनतापोस्ट

janataPost
गेटाफेविरुद्ध बल बढाउदै बार्साका लियोनल मेस्सी ।

मड्रिड (एजेन्सी) । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले लगातार दुई खेल बराबरी खेलेको छ । बार्साले आइतबार राति घरेलु मैदानमा गेटाफेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । 


ला लिगाको अघिल्लो खेलमा बार्साले इस्पाइनोलसँग एक–एक गोलको बराबरी खेलेको थियो । बराबरी खेलेसँगै बार्सिलोना उपाधि दौडमा कमजोर बनेको छ । उता दोस्रो स्थानको एथ्लेटिको मड्रिडले भने उपाधि यात्रामा राम्रो प्रदर्शन गर्दै बार्सालाई पछ्याई रहेको छ । दुई खेलअघि बार्सिलोना एथ्लेटिकोभन्दा ११ अंकले अघि थियो । तर लगातार बराबरी खेलेपछि एथ्लेटिको बार्साभन्दा अहिले ७ अंकले मात्र पछि छ । 


आइतबार गेटाफेविरुद्धको खेलमा बार्सिलोनाले अधिकांश समय बल आफ्नो पक्षमा नियन्त्रणमा लिएको थियो । यद्यपी गोल गर्ने सम्भावना भने दुवैले बलियो बनाएका थिए । तर गोल गर्न चुक्दा दुवै टोली गोलरहित हुन पुगे । 


अपराजित यात्रा कायमै


गेटाफेसँग बराबरी खेलेपछि बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायम गर्न भने सफल भएको छ । यस सिजन २३ खेल खेल्दा बार्सा १८ खेलमा विजयी भएको छ । ५ खेल बराबरी खेलेको छ । बार्सिलोना ५९ अंकसहित लिगका शीर्ष स्थानमा छ । ५२ अंक भएको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहँदा भ्यालेन्सिया ४३ अंकसहित तेस्रो स्थानमा छ । 
 

प्रतिकृया दिनुहोस

आईपीएलमा सन्दिप लामिछानेले १ नम्बरको जर्सी लगाउने

काठमाडौं, ९ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट टोली दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएका नेपाली युवा स्टार सन्दिप लामिछानेले १ नम्बरको जर्सी

प्रधानमन्त्रीले सन्दिपको आइपीएल जर्सी आज सार्वजनिक गर्ने

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सन्दीप लामिछानेको इण्डियन प्रिमियर लिग (आइपीएल) जर्सी सार्वजनिक गर्ने भएका छन् ।   आइपीएलमा

राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

काठमाडौं, ५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश फर्किएको छ । जिम्बावेमा एक दिवसीय विश्वकप छनोट खेल्दै नेपाली टोली भर्खरै त्रिभुवन