चित्रकला प्रर्दशनीमा बढ्दै दर्शक

जनतापोस्ट

janataPost

काठमाडौं, १ फागुन । ललितपुर पाटनढोका स्थित एमक्यु ग्यालरीमा सयुक्त नग्न पुरुष चित्रकला (न्युड आर्ड) प्रर्दशनी जारी छ । गत शुक्रबार देखि सुरु भएको प्रदशनी आउँदो विहीवारसम्म चल्नेछ । प्रर्दशनीमा नग्न चित्र कोर्न खप्पीस कपिल मणि दिक्षित र रोशन मिश्रको संयुक्त चित्रकला प्रर्दशन गरिएको छ ।


दुई दशक न्युड आर्डमा सक्रिय कपिलका अहिले सम्मको उत्कृष्ट सात र रोशनले १५ वर्ष बेलायतमा गरेको न्युड आर्ट प्रर्दशनीमा राखेका छन् । रोशनको अधिकांश चित्रहरुमा स्वयम् आफु मोडल वनेका चित्रहरु कोरेका छन् । न्युड आर्टमा सक्रिय कपिल र रोशनले नेपालमै पहिलोपटक संयुक्त नग्न पुरुष चित्रकला प्रर्दशनी गरेका हुन् ।


प्रर्दशनीमा राखिएका चित्रहरु प्रेरणादायी छन् । दिक्षीत भन्छन्, ‘हाम्रो समाजमा महिलाको मात्रै सौन्दर्यलाई बढाइचढाई गरिन्छ । पुरुषको पनि उतिकै सौन्दर्यता छ । त्यसैले पुरुष भित्रको सौन्दर्य पस्कने प्रयास गरिएको हो ।’ पुरुष संवेदनालाई वाहिर ल्याउन प्रर्दशनी आयोजना गरिएको आर्टिस्ट रोशन वताउँछन् ।  हाम्रो समाजले नग्न भन्ने वितिकै नराम्रो सोच्छ तर हामी भित्रै पनि धेरै गुम्सिएका कथाहरु छन् र पनी भन्न सकिएको छैन, उनी भन्छन्, ‘पुरुष भित्रको गुम्सीएको कथालाइ निकाल्ने जर्मको गरिएको हो ।’


उक्त चित्रकला प्रर्दशनीमा कलाप्रेमी, विद्यार्थी, समाजसेवी, बुद्धिजीवि लगायतको उपस्थिती छ भने उनिहरुले सकारात्मक प्रतिक्रया आइरहेको कपिलले बताए । ललित कला क्याम्पसमा अध्ययन गर्दादेखीनै एकअर्कालाई चिनेका कपिल र रोशन अन्र्तराष्ट्रिय न्युड आर्डको अनुभव संगालेर वेलाय र अमेरीकादेखी नेपाल फर्किएका हुन् । नेपाल कलाको माध्यमबाट मानिस भित्रको संवेदनालाई बुझाउने प्रयास गरिएको उनिहरु वताउँछन् ।
 

प्रतिकृया दिनुहोस

संगीतले जोड्दै नेपाल–पाकिस्तान

‘मैले मेरो देशको आफ्नो लोक गीत हरु पनि गाएको छु । तर भारतीय बजारमा गाएका गीतहरुनै बजारको कारणले ज्यादा प्रचार भएका छन । तर म संधै त्यस्ता भाकाहरु

पाकिस्तानी गायीका सारा राजा नेपालमा

‘गाजलु ति ठुला ठुला आँखा, तिर बनि बस्यो यो दिलैमा ’  गुलाम अलीले गाएको यो गीत गाउने महिला स्वर, नेपाली लवजमा सहज गाउछिन् । तर उनि  नेपाली भने

‘चराको गीत’मा स्वतन्त्रता र सम्मानको खोजी

श्याम रिमाल, काठमाडौँ । ‘कुन मूर्खले परिभाषित गर्यो इतिहासमा ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’ म यो परिभाषा परिवर्तन गर्न चाहन्छु