बैसाखीको सहारामा मलेसियाको रोजगारी

janataPost

काठमाडौं, १ फागुन । मलेसियामा काम गर्दैगर्दा खोटाङको रतन्छाका रोशन बिक दुर्घटनामा परे । कम्पनीमा भएको दुर्घटनामा उनको देब्रे खुट्टा भाँचियो । खुट्टा भाँचिएको एक हप्तासम्म पनि उनले अस्पताल देख्न पाएनन् । हप्तादिनपछि मात्रै उनलाई कम्पनीले अस्पताल लग्यो । रोजगारीकै लागि साउदी पुगेका रोशन त्यहाँ राम्रो काम र कमाइ नपाएपछि फर्किएर मलेसिया गएका थिए । रोशन मलेसिया पुगेको ४ महिना मात्रै भएको थियो । मंसिरमा दुर्घटनामा परेपछि त्यहाँ पनि कमाउने सपना त पूरा भएन नै, ज्यानसमेत धरापमा प¥यो । 


ज्यानले साथ नदिँदानदिँदै पनि २७ वर्षे रोशनलाई काम नगरी धर छैन । समयमै उपचार नगराएको कम्पनीले रोशनलाई भन्छ, ‘खान चाहिन्छ भने काम गर्नैपर्छ ।’ रोशन बैसाखीको सहारामा ‘ड्युटी’ जान्छन् । एउटा खुट्टालाई बैसाखीको सहारा दिन्छन् र काम गर्न थाल्छन् । उनलाई लिंक स्टार म्यानपवार कम्पनीले मलेसियामा पठाएको ६ महिना भयो । मलेसियाको मिनियुड कम्पनीमा कार्पेन्टरको काम भनेर गएका रोशनले पेन्टिङको काम गर्नुपर्यो । आफ्नै जिउ थेग्न सहारा लिनुपर्ने उनलाई काम गर्न सजिलो छैन । तर, मलेसियामा जिउ पाल्नकै लागि बाध्यता बनेको छ, उनको रोजगारी । 


काम नगरे कम्पनीले तलब दिँदैन । म्यानपावर कम्पनीले मासिक झण्डै २७ हजार रुपैयाँ (एक हजार मलेसियन रिंगिट) तलब रहेको भनेको थियो । रोशनले त्यो तलब पाएनन् । अशक्त भएपछि म्यानपावर कम्पनीलाई नेपाल फर्काइदिन आग्रह गरेका छन् । तर, उनलाई घर फर्किन म्यानपवार कम्पनीले अर्को शर्त अघि सारेको छ । जाँदा ८० हजार रुपैयाँ बुझाएका रोशनले फर्किंदा पनि पैसा बुझाउनुपर्ने भनिएको छ । म्यानपावर कम्पनीले लेबी, भिसालगायत खर्चवापत ५ सय रिंगिट कम्पनीमा बुझाउनुपर्ने भनेको छ । जाँदा ऋण काढेका रोशनले मलेसियामा कमाउन सकेनन् । त्यो पैसा बुझाउन नसक्दा रोशनको नेपाल फर्किने बाटो पनि बन्द भयो । 


रोशनका परिवारले सुरक्षित आप्रवासन परियोजना (सामी)को खोटाङमा रहेको सूचना तथा परामर्श केन्द्रमा फर्काउन पहल गरिदिन निवेदन दिएका छन् । वैदेशिक रोजगार विभागमा पनि निवेदन दिए । तर, विभागले न म्यानपावरलाई कारबाही गरेको छ न त रोशनलाई नेपाल फर्काउन पहल नै । रोशन भने दुई महिनादेखि बैसाखी टेकेर काम गर्न बाध्य छन् ।

प्रतिकृया दिनुहोस

साल्ट ट्रेडिङ घोटाला प्रकरण : दुई अर्बको पूँजीगत अनुदान अध्यावधिक राखेर सरकारी शेयर अल्पमतमा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनमा सरकारी स्वामित्वको शेयर हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरू गरेको छ । जनतापोस्टलाई

कागजी युगमै पर्यटन बोर्ड, वर्षेनी १ करोड ५० लाख कागजी काममै खर्च

काठमाडौँ, ९ चैत । मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन । सूचना प्रविधिको आधुनिक

अलैँची विकास बोर्ड स्थापना गर्न पहल लिन्छु : मन्त्री खनाल

काठमाडौँ, ९ चैत ।  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले अलैची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैची विकास बोर्ड