क्यानडाको शानदार खेल

जनतापोस्ट

janataPost

पियोङच्याङ (एजेन्सी) । क्यानडाका खेलाडीले पियोङच्याङ शितकालीन ओलम्पिकमा शानदार खेल प्रदर्शन गर्दै ३ स्वर्ण पदक हात पार्न सफल भएका छन् ।

 

अमेरिकी मुलुक क्यानडाका खेलाडीले चार खेल विधामध्ये ३ मा स्वर्ण पदक जित्दा एकमा कास्य पदक हात पारेका हुन् । एकल पुरुष स्कि, एकल महिला स्कि,  र एक जोडीले हिउँमा स्कि नृत्य प्रस्तुत गर्ने विधामा क्यानाडेली खेलाडीहरू पदक ल्याउन सफल भएका हुन् ।


जर्मन लराको कीर्तिमान


जर्मनीका महिला खेलाडी लरा डलमाइर ओलम्पिकमा बाइथ्लोन्स स्प्रिन्ट दुई पटक जित्ने प्रथम महिला बनेकी छन् । दक्षिण कोरियाको पियोङच्याङमा जारी शितकालीन ओलम्पिक्समा जर्मन लराले बाइथ्लोनमा सोमबार आफ्नो जीवनको दोस्रो स्वर्ण हात पार्न सफल भएकी हुन् ।

 

बाइथ्लोनमा स्कि र सुटिङ समावेश हुन्छन् । २४ वर्षकी लराले ७.६ किलोमिटरको दुरी आदि घण्टा ३५.३ सेकेण्डमा पूरा गरेकी थिइन् । उनले दोस्रो भएकी फ्रान्सकी अनाएस बिसकोण्डलार्य २९.४ सेकेण्डले पराजित गरिन् । गतवर्ष भएको बाइथ्लोन विश्व च्याम्पियन्सिपमा लराले ६ खेलमा भाग लिँदा ५ खेलमा स्वर्ण पदक हात पार्न सफल भएकी थिइन् ।
 

प्रतिकृया दिनुहोस

आईपीएलमा सन्दिप लामिछानेले १ नम्बरको जर्सी लगाउने

काठमाडौं, ९ चैत । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट टोली दिल्ली डेयरडेभिल्समा अनुबन्ध भएका नेपाली युवा स्टार सन्दिप लामिछानेले १ नम्बरको जर्सी

प्रधानमन्त्रीले सन्दिपको आइपीएल जर्सी आज सार्वजनिक गर्ने

काठमाडौं, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सन्दीप लामिछानेको इण्डियन प्रिमियर लिग (आइपीएल) जर्सी सार्वजनिक गर्ने भएका छन् ।   आइपीएलमा

राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

काठमाडौं, ५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार साँझ स्वदेश फर्किएको छ । जिम्बावेमा एक दिवसीय विश्वकप छनोट खेल्दै नेपाली टोली भर्खरै त्रिभुवन