बालुवा तस्करी मौलायो 

जनतापोस्ट

janataPost

राजेन्द्र आचार्य, चितवन । पूर्वी चितवनको कयर खोलामा अवैध रुपमा मेसिनकोे प्रयोग गरी गिट्ठी, बालुवा र ग्राबेल उत्खनन् भइरहेको छ । जिल्ला समन्वय समितिले टेण्डर प्रक्रिया मार्फत ठेक्कामा लगाएको उक्त खोलामा हाते औजारको मात्रै प्रयोग गरेर ग्राबेल उत्खनन गर्नु पर्ने नियम छ । यहाँ भने वातावरणीय मुल्याङ्कन विपरित ग्राबेल उत्खनन् भइरहेको गैरी गाउँका स्थानीय विष्णुप्रसाद भट्टले बताए । 


जिल्ला समन्वय समितिले ढुगा, गिटी ग्राभेल बालुवा बिक्री कर संकलन ठेक्का बन्दोबस्त सम्बन्धी सुचनाको ११ नम्बर बुदामा ढुगां गिटी बालुवाको उत्खन्न तथा निकासीमा स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्छ । तोकिए वमोजिम औजारको प्रयोग गर्नु पर्छ । तर यहाँ नियमको धज्जी उडाउने काम भइरहेको छ । 


जसका कारण पूर्वी चितवनको रत्ननगर र खैरहनीका तीन वडाहरु जोखिममा समेत परो छन् । जसमध्ये सबैभन्दा बढी रत्ननगरको वडा नम्बर १४, १५ र खैरहनीको दुई वटा वडा प्रभावित बन्ने निश्चित देखिएको छ । 


कयरको राजमार्गपछिको दोश्रो पुलको पाँच सय मिटर उत्तरा खण्ड नदीजन्य पदार्थ निकाल्न पर्नेमा यतिवेला ठेकेदार र तस्कारहरुले पुल भन्दा दक्षिण र उत्तर तर्फ ३ देखि ४ वटा बढी एक्साभेटर प्रयोग गरिएको सजिलै देख्न सकिन्छ । खाडल तीन सय मिटर भन्दा बढी गहिरो हुदाँ समेत प्रहरी, प्रशासन र जिसस मौन बस्नुले पनि यसमा सरकारी पक्षकै मिलेमतो हुन सक्ने स्थानीयले आरोप लगाएका छन् ।


सडक भन्दा उत्तरतर्फबाट मात्रै नदीजन्य पदार्थ निकाल्न स्थानीय ठेकेदार राजकुमार पाठकले सञ्चालन गरेको कञ्चन निर्माण सेवाले दुई करोड ६० लाख रुपैयाँमा ६४ हजार घनमिटर मात्र निकाल्न ठेक्का पाएको थियो । तर अहिले उत्तराखण्ड सडकभन्दा दक्षिणतर्फबाट पनि धमाधम ६४ घनमिटर भन्दा धेरै नदीजन्य पदार्थ निकालिसकेको स्थनीय लालिगुराँस टोलका अध्यक्ष रन्जित श्रेष्ठले बताए । 


उनका अनुसार कयर खोलामा स्वीच परियोजनाद्वारा निर्माण गरिएको तटबन्ध पनि उत्खननका कारण जोखिममा परेको छ । स्थानीय युवाहरुले भने नियम विपरित दक्षिणतर्फबाट ग्राबेल उत्खनन भइरहेकोमा सचेतना कार्यक्रम गर्दै विरोध गरिरहेका छन् ।


यस विषयमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष हरिकुमार श्रेष्ठले आफूहरूले जिससले नदीको उत्तरी दिशामा ठेक्का लगाए पनि दक्षिण क्षेत्रमा अवैध उत्खनन् भएको स्वीकार गरेको छ । साथै प्रशासन र जिससलाई जानकारी गराए पनि ति निकायबाट पहल नभएको भन्दै यस्तो कार्य रोकिनुपर्ने बताए । 
 

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको