मनाङे घर फर्किए

जनतापोस्ट

janataPost

मनाङ, १ फागुन । हिउँद लागेपछि मनाङको जाडो छल्न बाहिर गएका मनाङीहरू धमाधम घर फर्कन थालेका छन् । हिउँद याममा अध्याधिक हिमपात हुने र चिसो बढ्ने भएकाले उनीहरू जाडो छल्न अन्यात्र गएका थिए । तर यसपालीको हिउँदमा मनाङमा हिउँ भने परेन । 


पिसाङका पर्यटन व्यावसायी यामबहादुर घलेका अनुसार पर्यटन आउने सिजन अफ भएपछि अर्थात् मंसिरको आधाआधी देखि यहाँका मानिस जाडो छल्न अन्यात्र जाने पुरानो चलन हो । विगतमा उनीहरूले व्यापारिक प्रयोजनका लागि हिमाली जडीबुटी निरमसी, जिम्फू, पाँचऔंलेजस्ता जडीबुटी बेचबिखन समेत गर्दथे । अहिले पहिलेजस्तो जडिबुटी गाउँमा नपाइने भएकाले पुरानो काम हराइसकेको छ । 


थोचेस्थित प्रकाश ज्योती माध्यमिक बिद्यालयका शिक्षक विकल पौडेलका अनुसार जाडोको मौसममा यहाँका सबै विद्यालय बन्द गरिन्छ । गर्मी शुरु भएपछि बिद्यालय सुचारु हुन्छन् ।

 
गर्मी यामसँगै यहाँ आउने बाह्य पर्यटकको याम शुरु हुने भएकाले उनीहरू आफ्ना व्यवसाय सञ्चालन गर्न आइपुगेका हुन् । तर उनीहरू गाउँ आएपछि हिउँ पर्न थालेको छ । वर्षको एक पटकमात्र खेती हुने यस जिल्लामा अचेल बेमौषमी तरकारी उत्पादन हुन थालेका छन् । जाडो सकिएसँगै नयाँ बाली लगाउने कामको थालनी गरिन्छ । 

प्रतिकृया दिनुहोस

विकाससँगै मासिन थाले पुराना चौतारी

पाल्पा, ४ फागुन । परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका चौतारी मासिने क्रम बढेको छ । गाउँमा विकास निर्माणका काम हुँदै जाँदा

प्रदेश ४ को सभामुखमा अधिकारी  

पोखरा, ४ फागुन । प्रदेश नम्बर ४ को सभामुखमा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी निर्वाचित भएका छन् । बिहीबार बसेको संसद बैठकमा माओवादी संसदीय दलका

यस्ताे छ प्रदेश ५ का मुख्यमन्त्रीकाे प्रदेश समृद्धीकाे खाका

भरत केसी  बुटवल, ४ फागुन । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताएका छन् ।