दुर्गमका सडक संकटग्रस्त 

जनतापोस्ट

janataPost


सुखिलाल चौधरी, उदयपुर । सुपर रुपाटार सफारीका चालक प्रकास खत्रीलाई उदयपुरको दोस्रो ठूलो व्यपारी केन्द्र कटारीबाट बर्रे पुगिन्छ कि पुगिन्न भन्ने चिन्ताले सताउँछ । लाखौँ मुल्य तिरेर किनेको गाडीको भन्दा पनि गाडीभरी रहेका यात्रुहरूलाई कसरी सुरक्षित यात्रा गराउने भन्ने कुराले उनी झन चिन्तित हुन्छन् ।


गाडी गुड्ने यहाँको सडक घोडेटो बाटो जस्तो देखिन्छ । यही बाटोमा दैनिक जर्दनौ गाडी गुड्छन् । हिउँदमा धुल्लामे र वर्षातमा हिल्लामे सडकमा कहाँ खाल्डा खुल्डी छ प्रायः थाहै हुँदैन् ।


प्रकाश मात्र होइन यस रुटमा गाडी चलाउने अन्य चालकहरू पनि समस्याले पिरोलिन्छन् । बाटो मात्र २२ किलोमिटर तर बसमा यात्रा गर्दा तीन घण्टा पूरै लाग्छ । गाडीको चक्का अट्ने भन्दा ठूलो सडक छैन् । घुम्तीमा त झन जोखिम हुन्छ, सुपर रुपाटार सफारीका चालक खत्रीले भने–‘अप्ठेरो सडकका कारण कतिपय यात्रुहरूले त यात्रा गर्दा देवी देवतालाई भाकल गर्ने गरेका छन् ।’


सात बर्ष अगाडि ¥यापले खोलिदिएको ट्रयाकमा गाडी चलाउनु परेकाले चालकहरू चिन्तित हुने गरेका छन् । चालनक खत्री भन्छन्, ‘यात्रुको सहजताका निम्ति गाडि कुदाउनु पर्छ । खोला खोल्सीमा उतिनै अप्याठो छ ।’ 


कटारी–वर्रे (घट्टा) सडक खण्डको गैया, ललवारीभिर, व्बाँसेटार, लगाएतका स्थानमा सडक निकै जोखिम छ । बाटोमा लगानी बढी भएपनि काम लाग्ने बाटो खनिएको छैन । ‘के गर्नु गाडी नचढौँ पनि नहुँने, निक्कै सुविधा भोगि भईएछ,’ उदयपुरगढी गाउँपालिका–१ तावाश्री आहालेका चन्द्रबहादुर कार्कीले भने, ‘आजसम्म त केही अप्रिय घटना भएको छैन् । कुन दिन के हुने हो भन्न सकिन्न ।’ 


खोलिएको ट्रयाकमा ग्राभेल नगर्दा, खोला खोल्सीमा ह्युमपाइप नराख्दा र रातो माटोमा ग्राभेल नविछ्याउँदा यातायात सञ्चालनमा समस्या हुनेगरेको सवारी चालकहरूले बताए । दुर्घटनाग्रस्त सडकमात्र होइन सवारी सञ्चालनका लागि दुर्गमका सडकहरूमा ट्राफिक चिन्हको पनि देखिदैन । पहाडी भूभागका अधिकांश सडकहरूमा ट्राफिक चिन्हको अभावका कारण सवारीसाधन संचालनमा कठिनाई उत्पन्न भएको छ । 


स्थानीय रुढहरूमा सवारी साधन चलाउनेहरूलाई स्थानीय सडकको बारेमा थाहा हुने भए पनि लामो दुरीका गाडी चालकहरूलाई भने निकै नै समस्या हुने गरेको गाडि चालक खत्रीले बताए । जिल्लाका पहाडी सडकहरूमा मात्रै नभएर अन्य राजमार्गहरूमापनि ट्राफिक चिन्हहरूको कमि नै रहेको छ । 


पहाडी राजमार्गलाई यातायात विभागले रुटपरिमिट नदिएका कारणपनि समस्या हुनेगरेको व्यवसायीहरू बताउँछन् । साधारण चालकले सिकाएको भरमा सहचालकले ट्रयाक्टर, बस  लगायतका सवारी साधन कुदाउने हुँदा दुर्गमका सडकमा यात्रा निक्कै अप्ठेरो हुने गरेको छ । कतिपय सवारी चालकलाई ट्राफिक नियमसमेत थाहा छैन् । स्थानीय निकायको मौखिक सम्झौतामा सञ्चालित यातायातहरू निक्कै जोखिम मोलेर सञ्चालन भईरहेका छन् । यस्तै गरि दुर्गमका सडकमा ट्राफिक प्रहरी नहुँदा चोरीका मोटरसाईकल समेत निक्कै रहेको स्थानीयबासीहरू बताउछन् ।  
 

प्रतिकृया दिनुहोस

विकाससँगै मासिन थाले पुराना चौतारी

पाल्पा, ४ फागुन । परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका चौतारी मासिने क्रम बढेको छ । गाउँमा विकास निर्माणका काम हुँदै जाँदा

प्रदेश ४ को सभामुखमा अधिकारी  

पोखरा, ४ फागुन । प्रदेश नम्बर ४ को सभामुखमा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी निर्वाचित भएका छन् । बिहीबार बसेको संसद बैठकमा माओवादी संसदीय दलका

यस्ताे छ प्रदेश ५ का मुख्यमन्त्रीकाे प्रदेश समृद्धीकाे खाका

भरत केसी  बुटवल, ४ फागुन । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताएका छन् ।