स्थानीय निकायद्वारा अनुगमन तिब्र

जनतापोस्ट

janataPost

मधु पौडेल, बाँके । राप्तीसोनारी गाउँपालिकाले चालु वर्ष २०७४/७५ मा सञ्चालित योजना तथा कार्यक्रम तोकिएको समयभित्रै सम्पन्न गराउन सक्रियता देखाएको छ । गाउँपालिकाले वडा नम्वर १ देखि ९ वटा वडा सम्म सञ्चालित योजना तथा कार्यक्रमलाई तोकिएको समयभित्रै गुणस्तरिय र पारदर्शी ढंगले सम्पन्न गराउन सक्रियता देखाएको हो । 


गाउँपालिका उपाध्यक्ष एवम अनुगमन समितिका संयोजक धनीकुमारी खत्रीको नेतृत्वमा विभिन्न वडाका योजना तथा कार्यक्रमको अनुगमन गर्न सुरु गरिएको छ । गाउँपालिकाको विभिन्न वडामा शनिबारबाट अनुगमनको काम सुरु गरिएको हो । 


पहिलो दिन शनिबार वडा नम्बर १ कुसुमस्थित रहेको ओखरबोटे टोलमा निर्मित ग्राभेल बाटो, सोही वडाको बैरिया बजारमा अधुरो ढल निकाय लगायत योजनाको अनुगमन गरिएको थियो । कुल एक लाख रुपैयाँको लागतमा एक सय ३० मिटर ग्राभेल बाटो निर्माणको काम उपभोक्ता समितिले सम्पन्न गरिसकेको पाइएको गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समिति संयोजक खत्रीले बताइन् । उनका अनुसार यस्तै बैरिया बजारमा अधुरो ढल निकासको काम पनि ५० मिटर निर्माण सम्पन्न भइसकेको छ । अन्य योजनाको काम पनि दु्रत गतिले अगाडी बढेको छ । 


यसैगरी राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ पेरानीस्थित धर्मवती टोलमा निर्माणाधिन कल्र्भट, सोही वडामा निर्माण भईरहेको सर्प दंश उपचार केन्द्र भवन, पेरानी टोलकै ढल निकास र सम्शेरगन्जस्थित अमुवा गाउँमा रहेको ११ सय मिटर ग्राभेल बाटोको अनुगमन गरिएको छ ।     कल्भर्ट निर्माणका लागी गाउँपालिकाले करसहित १० लाख, सर्पदंश उपचार केन्द्रका लागी १५ लाख र पेरानीमा रहेको दुई सय ३६ मिटर लामो ढल निकास योजनाका लागी १० लाख र अमुवा गाउँमा ग्राभेल बाटो निर्माणका लागी ६ लाख रुपैयाँ गाउँपालिकाले विनियोजन गरेको थियो । अनुगमनका क्रममा पेरानी टोलस्थित ढल निकास र अमुवा गाउँको ग्राभेल सम्पन्न भइसकेको र कल्भर्ट तथा सर्प दंश उपचार केन्द्र निर्माणको काम धमाधम भईरहेको पाइएको अनुगमन समितिका संयोजक खत्री बताउँछन् । 
 

प्रतिकृया दिनुहोस

विकाससँगै मासिन थाले पुराना चौतारी

पाल्पा, ४ फागुन । परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका चौतारी मासिने क्रम बढेको छ । गाउँमा विकास निर्माणका काम हुँदै जाँदा

प्रदेश ४ को सभामुखमा अधिकारी  

पोखरा, ४ फागुन । प्रदेश नम्बर ४ को सभामुखमा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी निर्वाचित भएका छन् । बिहीबार बसेको संसद बैठकमा माओवादी संसदीय दलका

यस्ताे छ प्रदेश ५ का मुख्यमन्त्रीकाे प्रदेश समृद्धीकाे खाका

भरत केसी  बुटवल, ४ फागुन । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताएका छन् ।