गरिवका घरलाई टिनका छाना 

जनतापोस्ट

janataPost

तारानाथ आचार्य, बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका वडा नम्वर ७ मा वडाभित्रका खरका छाना व्यवस्थापनको काम थालिएको छ । अति न्यून आय भएका परिवारको घरका छाना परिवर्तन गर्न लागिएको वडा कार्यालयले जनाएको छ । दुई बर्षे योजना बनाएर खरका छानाको विस्थापन गर्दै टिनका छाना लगाउन लागिएको वडा अध्यक्ष प्रेम लामिछानेले बताए ।


खरको छाना रहेका घर परिवारले आँफ्नै खर्चमा टिनको छाना फेर्न सक्ने अवस्था नरहेकाले वडा कार्यालयले छानाको व्यवस्थापन गर्न लागेको हो । दुई बर्षको अबधिमा ३० लाख भन्दा धेरै खर्च हुने गरी वडा भित्रका खरका छानाको फेर्ने योजना बनाएको वडा अध्यक्ष लामिछाने बताउँछन् । वडामा अहिले सम्म पनि न्यून आय भएका परिवारको खरको घर तथा गोठमा खरको छाना रहेको छ । वडा भित्र खरको छाना भएका ९० घर रहेको वडा सचिव होमनाथ शर्माले वताए । 


‘वडाका बिपन्न परिवार र एक महिला रहेका घरका छाना परिवर्तन गर्ने योजना बनाएर काम थालेका छौं’ वडा अध्यक्ष लामिछानेले भने ‘बर्षै बिच्छे फेर्नु पर्ने खरको सट्टामा टिनको छाना लगाउने योजना बनाएका छौं ।’ तत्कालका लागि वडा कार्यालयसँग बजेटको अभाव रहेको भए पनि आगामी आर्थिक बर्षको बजेटमा छाना व्यवस्थापनलाई प्रमुख योजनाको रुपमा अगाडि लाने उनले बताए । ‘यो बर्ष स्थानीयको सहयोग तथा सिमान्तकृत तथा पछाडि परेको समुदायको लागि आएको बजेटबाट केही घरको छाना फेर्छौ’ लामिछाने भन्छन् ‘अर्को बर्षको बजेटमा सबै घरका छाना व्यवस्थापन हुने गरी काम अगाडि बढाइने छ ।’ 


पहिलो चरणमा एक महिला, दलित, जनजातीको शीर्षकमा रहेको बजेटबाट उनीहरूकै समुदायका न्यून आय भएका नागरिकहरूको घरको छाना फेर्न सुरुवात गर्न लागिएको हो । घरको छाना फेर्नका लागि आर्थिक हिसावले खर्चिलो हुने भए पनि वडा स्तरमा समन्वय गरेर कम खर्चिलो बनाउने योजनामा रहेका वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष लामिछानेका अनुसार टिन खरिद गर्नको लागि वडा कार्यालयबाट बजेटको व्यवस्था गर्नेछौं । निर्माणको लागि स्थानियलाई श्रमदान गर्न आग्रह गरेर काठपातको व्यवस्थाको लागि सामुदायीक बनहरूसँग अनुरोध गर्ने योजना छ । 


चुनावमा बेला गाउँको मुहार फेर्ने बचन दिएको भन्दै वडा अध्यक्ष लामिछानेले मुहार फेर्नको लागि आवश्यक पुर्वाधारण निर्माणमा आफूले कुनै कसर बाँकी नराख्ने बताए । ‘वडा भित्र यस्ता परिवार पनि छन् । जसले सामान्य खर किनेर समेत घर छाउने क्षमता छैन्’ लामिछानेले भने, ‘वडा कार्यालयले उनीहरूको घर छाइदिनु पर्छ भन्ने लागेर हामीले यो कदम उठाएका हौं ।’ घरको छाना फेर्ने काम निकै असजिलो भए पनि वडाबासीले पुर्ण सहयोग गर्नेमा आसाबादी रहेको उनले बताए ।  खरको छाना भएका घरहरूले हरेक बर्षको बर्षातको समयमा समस्या पानि चुहिने समस्या भोग्दै आएका छन् । छानो छाएको एक दुई बर्षमानै खर कुहिने र पानि नथेग्ने समस्या रहेको वडा सदस्य रुपा किसानले बताइन् । पछिल्लो समय नयाँ खर लगाएर घर छाउनको लागि खरको समेत अभाव हुने गरेको छ । 
 

प्रतिकृया दिनुहोस

विकाससँगै मासिन थाले पुराना चौतारी

पाल्पा, ४ फागुन । परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका चौतारी मासिने क्रम बढेको छ । गाउँमा विकास निर्माणका काम हुँदै जाँदा

प्रदेश ४ को सभामुखमा अधिकारी  

पोखरा, ४ फागुन । प्रदेश नम्बर ४ को सभामुखमा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी निर्वाचित भएका छन् । बिहीबार बसेको संसद बैठकमा माओवादी संसदीय दलका

यस्ताे छ प्रदेश ५ का मुख्यमन्त्रीकाे प्रदेश समृद्धीकाे खाका

भरत केसी  बुटवल, ४ फागुन । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताएका छन् ।