भक्तपुरमा बाघले बच्चा खायो

जनतापोस्ट

janataPost

भक्तपुर, १ फागुन । सूर्यवनायक नगरपालिका–७ गुण्डु पानी ट्यांकीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । सोमबार साँझ पसल गएर फर्किने क्रममा गुण्डु खहरे बस्ने सुनिल तामाङका छ वर्षीय छोरा शिरीषलाई बाघले घिसारेर जंगलमा लगी खाएको प्रहरीले जनाएको छ । 

 

पसल गएका बालक एकाएक बेपत्ता भएपछि खोजी गर्दा स्थानीय बासिन्दा, प्रहरी, नेपाली सेनाको टोलीले राति साढे १० बजे बालकुमारी सामुदायिक वनमा बालकको शव फेला पारेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता कृष्ण प्रसार्इंले जानकारी दिए । 

 

बाघले बालकलाई आक्रमण गरी बेपत्ता पारेको आशंका गरी खोज्दा बाघले जंगलमा बालक खाएको अवस्थामा फेला परेको र मानिसको भीड देखेपछि बाघ भागेको हुन सक्ने प्रहरीको भनाइ छ । शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको छ । बाघले बालक खाएको घटनापछि साँझ बिहान हिँड्न स्थानीयवासी भयभीत भएका छन् । रासस

प्रतिकृया दिनुहोस

शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व

काठमाडौं- शिक्षा पत्रकार समूहको नवौँ अधिवेशनबाट रोश्ना सुब्बा (शिक्षक मासिक)को नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ।  आज यहाँ

पूर्व राजा ज्ञानेन्द्र स्वदेश फिर्ता

काठमाडौं, ५ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह दुई हप्ताको भारत भ्रमण सकेर आज स्वदेश फर्केका छन् । उनी गत माघ २२ गते भारत गएका थिए । उनी भारतको धार्मिक

बस दुर्घटनामा दुई दर्जन घाइते

कैलाली, ५ फागुन । कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै आज बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् ।  टीकापुरबाट धनगढी आउँदै