निगमका दुई जहाज आज आइपुग्दै 

जनतापोस्ट

janataPost

काठमाडाै, १ फागुन । नेपाल वायुसेवा निगमले थप्न लागेका दुई नयाँ जहाज मंगलबार नेपाल आइपुग्दै छन् । निगमले चीनबाट दुईवटा ‘वाई १२’ जहाज ल्याउन लागेको हो । उक्त जहाज चीनको हर्बिन शहरबाट चिनियाँ पाइलटले नै उडाएर त्रिभुवन विमानस्थलमा ओराल्नेछन् । 


चीनको हर्बिन एयरक्राफ्ट इन्डस्ट्रीले उत्पादन गरेका यी दुवै जहाजको क्षमता ९ सिटको रहेको छ । निगमले यसबाट जुम्ला, बाजुरालगायतका दुर्गम जिल्लामा  उडान भर्ने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । चीनबाट दुईवटा वाई १२ आएसँगै निगमको आन्तरिक उडानमा आठवटा जहाज पुग्नेछन् । 


नेपाल र चीन सरकारबीच २०६९ सालमा भएको सम्झौताअनुरूप उक्त नयाँ जहाज ल्याउन लागिएको श्रेष्ठले बताए । सम्झौताअनुसार निगमले चीनबाट कुल ६ वटा जहाज ल्याउने जनाइएको थियो । यसमा दुईवटा अनुदानमा र चारवटा सहुलियत ऋण ३.५ करोड अमेरिकी डलरमा ल्याउने सम्झौता भएको छ । 


सम्झौताभित्रको अनुदानका एउटा ‘एमए ६०’ र एउटा ‘वाई १२’ चिनियाँ जहाज सन् २०१४ मै  आइसकेको छ । बाँकी जहाजका लागि चिनियाँ एक्जिम बैंकले सहुलियतमा कर्जा उपलब्ध गराएको छ । सो कर्जाबाट निगमले अहिले आउन लागेका दुवै जहाजका लागि पैसा भुक्तानी गरिसकेको थियो । सोही कारण पनि दुवै जहाज ल्याउनैपर्ने भएकाले निगम आलोचनाका बाबजुद चिनियाँ जहाज भित्र्याउन लागेकोे प्रवक्ता श्रेष्ठले बताए । निगमले भित्र्याएको एभिएसन इन्डस्ट्री कर्पोरेसन अफ चाइना (एभिक)द्वारा उत्पादित एमए ६० को सिट क्षमता ५६ रहेको छ । यसअघि चीनबाट ल्याइएको वाई १२ जहाजबाट निगमले पोखरा, भरतपुर र सिमरामा उडान भर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

साल्ट ट्रेडिङ घोटाला प्रकरण : दुई अर्बको पूँजीगत अनुदान अध्यावधिक राखेर सरकारी शेयर अल्पमतमा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनमा सरकारी स्वामित्वको शेयर हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरू गरेको छ । जनतापोस्टलाई

कागजी युगमै पर्यटन बोर्ड, वर्षेनी १ करोड ५० लाख कागजी काममै खर्च

काठमाडौँ, ९ चैत । मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन । सूचना प्रविधिको आधुनिक

अलैँची विकास बोर्ड स्थापना गर्न पहल लिन्छु : मन्त्री खनाल

काठमाडौँ, ९ चैत ।  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले अलैची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैची विकास बोर्ड