बैंक नहुँदा नगरबासीलाई सास्ती

जनतापोस्ट

janataPost

नवराज शाही, जाजरकोट । नलगाड नगरपालिको प्रशासनिक केन्द्र रहेको दल्लीमा हालसम्म कुनै पनि बैंक नहुँदा नलगाडका उपभोक्तालाई सास्ती भएको छ । नगरपालिकाले दिएको योजना भुक्तानी चेक साथमा लिएर उपभोक्ता समितिका अध्यक्ष÷कोषाध्यक्षहरू जिल्ला सदरमुकाम खलंगा पुग्न बाध्य भएका छन् । बैंकिङ करोबार गर्नका लागि नगरपालिका तथा गाउँपालिकाले दिएको चेक साथमा लिएर समितिका अध्यक्ष÷कोषाध्यक्षहरू जिल्ला सदरमुकाम खलंगा पुग्न बाध्य भएका हुन् ।
उपभोक्ता समितिका कोषाध्यक्ष पदमा बस्नेहरू अधिकांश महिला रहेका छन् । बच्चाका आमा, शैक्षिक हिसाबले कमजोर महिलाहरूलाई जिल्ला सदरमुकाम खलंगामा पुगेर बैंकिङ कारोबार गर्न निकै कठिनाइ भएको छ ।


नलगाड नगरपालिका– १० रोलीचैते घोडेटो बाटो निर्माणको काम सम्पन्न भइसकेको छ । काम सम्पन्न भइसकेको घोडेटोेबाटोलाई पासगरी नगरपालिकाले समितिको खातामा जम्मा हुनेगरी भुक्तानीको चेक उपभोक्ता समितिको हातमा थमाइसकेको छ । नगरपालिकाले दिएको भुक्तानी चेकलाई लिएर सदरमुकाम खलंगामा बैंकिङ कारोबार गर्न आफूलाई निकै कठिनाइ भएको समितिकी कोषाध्यक्ष प्रेमी पुनले बताइन् । उक्त घोडेटो बाटो नगरपालिकाको अनुदानमा १२ लाख रुपैयाँमा कार्य सम्पन्न भएको नगरपालिकाका प्राविधिक मोहन खड्काले जानकारी दिए ।

 

कृष्ण कुमारी रावतलाई पनि नगरपालिकाले दिएको चेक साट्न खलंगा पुग्न निकै कठिनाइ भएको छ ।  बैंकिङ कारोबार गर्न काखेबच्चालाई साथमा लिएर जिल्ला सदरमुकाम पुग्न निकै कठिनाइ भएको रावतले बताइन् । पुनजस्तै रावत पनि साइलेसाँघु–रावतगाउँ, ध्यारगाउँ मोटर बाटो निर्माण गर्ने उपभोक्ता समितिको कोषाध्यक्ष हुन् । उक्त मोटर बाटो निर्माणका लागि यस वर्ष नगरपालिकाले २० लाख १६ हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेट अनुसारको काम सम्पन्न भइसकेको प्राविधिक खड्काको भनाइ छ ।


नगरपालिकाभित्रै सहज रूपमा बैंकिङ कारोबार गर्न पाउनेगरी राष्ट्र बैंकले कार्यक्षेत्र तोकिएको बैंकको शाखा तत्काल दल्लीमा स्थापना हुनुपर्ने नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलको तर्क छ । बैंक शाखा स्थापनाका लागि दल्लीमा सबै प्रकारको पूर्वाधार विकास भइसकेको नगरप्रमुख रावलको भनाइ छ । दल्लीमा चौबीसै घण्टा बत्ती बाल्न सक्नेगरी विद्युत आपूर्ति भएको, नेट–इन्टरनेट सेवा सञ्चालन भएको, जिल्ला सदरमुकाम खलंगाबाट सीधा गाडीमा यात्रा गर्न सकिने, सुरक्षाका हिसाबले ‘क’ वर्गका ईलाका प्रहरी कार्यालय रहेको र दल्लीमा तमाम पक्की घरहरू बनिसकेको हुँदा बैंक शाखा स्थापना गर्नका लागि कुनै समस्या नरहेको प्रमुख रावलले बताए ।


नलगाड नगरपालिकाको दल्लीमा शाखा स्थापना गर्न पाउने राष्ट्र बैंकले मान्यता दिएको बैंक अफ काठमाडौंले धेरैपटक दल्लीमा आएर साइट भिजिट गरिसकेको छ । तर शाखा स्थापनामा ढिलाइ गरेको नगर उप–प्रमुख बालकुमारी बस्नेतको भनाइ छ । नगरपालिकाको कार्यालय नजिकै रहेको हरिबहादुर वलीको घरमा बैंक शाखा कार्यालय राख्ने भनेर बैंकका कर्मचारीहरूले घर हेरिसकेको भए तापनि कार्यालय स्थापना गर्नमा ढिलाइ गरेको उनले बताइन् ।

प्रतिकृया दिनुहोस

साल्ट ट्रेडिङ घोटाला प्रकरण : दुई अर्बको पूँजीगत अनुदान अध्यावधिक राखेर सरकारी शेयर अल्पमतमा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनमा सरकारी स्वामित्वको शेयर हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरू गरेको छ । जनतापोस्टलाई

कागजी युगमै पर्यटन बोर्ड, वर्षेनी १ करोड ५० लाख कागजी काममै खर्च

काठमाडौँ, ९ चैत । मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन । सूचना प्रविधिको आधुनिक

अलैँची विकास बोर्ड स्थापना गर्न पहल लिन्छु : मन्त्री खनाल

काठमाडौँ, ९ चैत ।  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले अलैची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैची विकास बोर्ड