लागूऔषधसहित चार पक्राउ

जनतापोस्ट

janataPost

मकवानपुर, १ फागुन । मकवानपुरको भिन्दाभिन्दै ठाउँबाट विभिन्न थरिका लागूऔषधसहित तीनजनालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गाँजा तथा लागूऔषध ट्याब्लेटसहित उनीहरू पक्राउ परेका हुन् । 


आइतबार साँझ हेटौँडा १५ स्थित रातोमाटे चेकपोस्टमा चेकजाँच गर्ने क्रममा बा १ ज २०२२ नम्वरको टाटासुमोमा यात्रा गर्दै गरेका सनिम दिनलाई लागूऔषध ट्याब्लेटसहित पक्राउ गरिएको हो । काठमाडौ ३१ निबासी सनिमले ज्याकेटभित्रको खल्तीमा एक सय एम्पुल डाइजेपाम, एक सय एम्पुल फेनारगन, ९९ एम्पुल ब्यपोनर्फिन, दुई सय ९३ ट्याब्लेट नाइट्रोभेट र २० ग्राम ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । 


इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले रातोमाटे चेकपोस्टबाट बा ५ ख ४९४० नम्वरको यात्रुबाहक बसमा सबार विश्वनाथ चौधरीको शरीर खानतलासी गर्दा दुई किलो ५० ग्राम गाँजा फेला परेको थियो । त्यस्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार मकवानपुरगढी गाउँपालिका ५ बुँदोलेस्थित लालमान ब्लोनको घरमा खानतलासी गर्दा घरभित्र झोलाभित्र राखेको अबस्थामा एक किलो ६० ग्राम र घरनजिकैको बारीमा ३ किलो ६ सय ६० ग्राम गाँजा फेला परेको मकवानपुरका प्रवक्ता डिएसपी दीलिपराज झाले बताए । 


इलाका प्रहरी कार्याल पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौँडा १५ रातोमाटेस्थित प्रहरी चेकपोस्टमा चेकजाँच गर्दा हेटौँडाबाट पथलैया जाँदै गरेको ४५२३ नम्वरको बसमा सबार जीतपुर उपमहानगरपालिका १ का सन्दीप क्षेत्र एक सय ३० ग्राम गाँजासहित पक्राउ परेका छन् । उनलाई लागू नियन्त्रण ऐन २०३३ बमोजिम अदालत पेस गरी पाँच दिनको म्याद थप गरी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी झाले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

विकाससँगै मासिन थाले पुराना चौतारी

पाल्पा, ४ फागुन । परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका चौतारी मासिने क्रम बढेको छ । गाउँमा विकास निर्माणका काम हुँदै जाँदा

प्रदेश ४ को सभामुखमा अधिकारी  

पोखरा, ४ फागुन । प्रदेश नम्बर ४ को सभामुखमा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी निर्वाचित भएका छन् । बिहीबार बसेको संसद बैठकमा माओवादी संसदीय दलका

यस्ताे छ प्रदेश ५ का मुख्यमन्त्रीकाे प्रदेश समृद्धीकाे खाका

भरत केसी  बुटवल, ४ फागुन । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताएका छन् ।