रसुवा बन्यो पूर्ण साक्षर

जनतापोस्ट

janataPost

रसुवा, १ फागुन । हिमाली जिल्ला रसुवालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्ला अनौपचारिक शिक्षा समिति एवंम जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको एक समारोहका बीच प्रतिनिधिसभाका सांसद मोहन आचार्यले जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन् । 


जिल्लामा १५ देखि ६० वर्ष उमेर समुहका ९६.२९ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि रसुवा जिल्लालाई देशको ४३ औँ साक्षर जिल्ला घोषणा गरिएको सांसद आचार्यले बताए । २०६७ मा गरिएको घरधुरी सर्वक्षणमा जिल्लामा १५ वर्षदेखि ६० वर्ष उमेर समुहका १४ हजार आठ सय ८७ जना रहेका थिए । त्यही सङ्ख्यालाई आधार मानेर साक्षर जिल्ला घोषणा गरिएको हो । 


साक्षर जिल्ला घोषणा गर्नका लागि शैक्षिक स्रोत तथा विकास केन्द्रहरूले साक्षर अभियान सञ्चालन गरेको थियो । जिल्लालाई देशको ७७ जिल्ला मध्ये ४३ औँ साक्षर जिल्लाको रुपमा घोषणा गर्न सफल भएकोे जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेले बताए ।  जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नका लागि २०६८ सालदेखि अभियान सुरु गरिएको थियो । जिल्लामा रहेका निरक्षरलाई राष्ट्रिय साक्षरता कार्यक्रम सञ्चालन गरेर साक्षर बनाइएको कार्यालयले जनाएको छ । 
जिल्ला भित्रका १५ वर्षदेखि ६० वर्ष उमेर समुहका जनसङ्ख्यामध्ये ९५ प्रतिशत वा सो भन्दा बढी जनसङ्ख्या साक्षर भएको एकिन गरी बाँकी निरक्षरलाई आगामी वर्षमा साक्षर गराउने प्रतिवद्धता सहित साक्षर जिल्ला घोषणा गर्न सकिने कानुनी व्यवस्था रहेको छ । 
 

प्रतिकृया दिनुहोस

विकाससँगै मासिन थाले पुराना चौतारी

पाल्पा, ४ फागुन । परम्परादेखि गाउँघरमा स्थानीयले संरक्षण र जगेर्ना गर्दै आइरहेका चौतारी मासिने क्रम बढेको छ । गाउँमा विकास निर्माणका काम हुँदै जाँदा

प्रदेश ४ को सभामुखमा अधिकारी  

पोखरा, ४ फागुन । प्रदेश नम्बर ४ को सभामुखमा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी निर्वाचित भएका छन् । बिहीबार बसेको संसद बैठकमा माओवादी संसदीय दलका

यस्ताे छ प्रदेश ५ का मुख्यमन्त्रीकाे प्रदेश समृद्धीकाे खाका

भरत केसी  बुटवल, ४ फागुन । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताएका छन् ।