राष्ट्रपति र उपराष्ट्रपतिद्वारा पशुपतिमा पूजा 

जनतापोस्ट

janataPost

काठमाडौँ, १ फागुन । महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरमा पूजा एवम् दर्शन गरेका छन् । राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई पूजा एवम् दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । 


कोष सञ्चालक परिषद् सदस्य एवम् प्रचारप्रसार उपसमिति संयोजक घनश्याम उपाध्यायले दिएको जानकारी अनुसार धेरै भक्तजन लाममा बसेकाले उनीहरूले छोटो समयमा पूजा एवम् दर्शन गरेका थिए । पूजा एवम् दर्शनका लागि पहिले उपराष्ट्रपति पुन पशुपति मन्दिर पुगेका थिए । उपराष्ट्रपति पुन फर्केकाे आधा घण्टापछि राष्ट्रपति भण्डारी पूजा एवम् दर्शनका लागि पशुपति पुगेका थिए । 


दिउँसो १ बजेसम्म पशुपतिनाथ मन्दिरभित्रै छिरेर चार लाख भक्तजनले पूजा एवम् दर्शन गरेको उनले जानकारी दिए । यसवर्ष पशुपतिनाथ मन्दिर प्रवेश गर्ने भक्तजनको आधिकारिक तथ्यांक लिन विशेष व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने मूलढोकामा नेपाल स्काउटले तथ्यांक संकलनका लागि कुपनको व्यवस्था गरेको जनाइएको छ । 


यस वर्षको महाशिवरात्रिमा पशुपति क्षेत्रमा बढी व्यवस्थित भएकाले मालबाहक बाहेकका सार्वजनिक सवारी साधन गौशाला–चावहिल सडकमा नरोकिएको कोषले जनाएको छ । यसले गर्दा दर्शनार्थी एवम् यात्रुलाई सुविधा पुगेको थियो । बिहान सिमेसिमे पानी परेपनि भक्तजनको भीड लागेको थियो । 


यस वर्ष १३ लाख भक्तजनले पशुपतिमा पूजा एवम् दर्शन गर्ने कोषको प्रारम्भिक अनुमान छ । आज मध्यरातसम्म नै भक्तजनको पशुपतिमा पूजा एवम् दर्शनका लागि भीड लाग्ने गर्छ ।

प्रतिकृया दिनुहोस

उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा

काठमाडौँ, १२ चैत ।  उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा एमाले पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी  छिन् ।

एसइई परीक्षा : सिरहामा दुईजना परीक्षा निरीक्षक पक्राउ

लहान, १२ चैत ।  माध्यमिक शिक्षा परीक्षा एसइई अन्तर्गत आज सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा चिट चोराउन सहयोग गरेको भन्दै सिरहाकोे छुट्टाछुट्टै

शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने : शिक्षामन्त्री

काठमार्डौ, १२ चैत ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र संविधानमा उल्लेखित गरिएका शिक्षासम्बन्धी मौलिक हक