‘६३ वर्ष’मै यादव जेष्ठ सांसद

janataPost

काठमाडौं, १७ फागुन । संघीय संसद बैठक सञ्चालनका लागि ‘संसद् नियमावली’ नबनुञ्जेल आवश्यक पर्ने अन्तरिम कार्यविधि संसद्को पहिलो बैठकले पारित गर्ने भएको छ । संघीय संसद् सचिवालयले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधिसँग बुधबार गरेको छलफलमा दुवै सदनको पहिलो बैठकबाट सम्बन्धित अन्तरिम कार्यविधि पारित गर्ने सहमति भएको हो । 


छलफलमा संसद बैठकको पहिलो दिनको कार्यसूची बनाउने र त्यसपछिका बैठकको तयारीबारे सहमति बनेको सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए । संसद् नियमावली तयार नहुञ्जेलका लागि उक्त कार्यविधि आधारमा दुवै सदनका बैठक सञ्चालन हुनेछन् । सचिवालयले दलका प्रतिनिधिलाई आज अन्तरिम कार्यविधि मस्यौदा उपलब्ध गराएको र दलहरूले त्यसमा आवश्यक सुझावसहित यही फागुन २० गते १० बजे पुनः बस्ने सर्वदलीय बैठकबाट अन्तिम रूप दिने सहमति भएको बैठकमा सहभागी कांग्रेस नेत्री डा. डिला संग्रौलाले बताइन् । 


राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संविधानको धारा ९३ (१) बमोजिम फागुन २१ गते अपराह्न ४ बजेका लागि दुवै सदनको बैठक आह्वान गरेकी थिइन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक फागुन २१ गते एउटै समयमा सम्बन्धित सदनका सभाहलमा बस्दैछ । फागुन २० गते दुवै सदनका ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउँछन् । त्यसअघि दुवै सदनका जेष्ठ सदस्यलाई फागुन २० गते दिउँसो १ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ख्वाउने निश्चित भएको एमाले नेता भानुभक्त ढकालले बताए । 


प्रतिनिधिसभामा राजपा नेपालका सर्लाही क्षेत्र नं २ बाट निर्वाचित ८० वर्षीय महेन्द्रराय यादव र राष्ट्रियसभामा कांग्रेसका ६९ वर्षीया तारादेवी भट्ट जेष्ठ सदस्य छन् । सभामुख र अध्यक्षको निर्वाचन नभएसम्म उनीहरूले नै बैठकको अध्यक्षता गर्नेछन् ।संविधानअनुसार संसदको पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नेबारे समेत छलफल भएको छ । त्यस्तै प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार सचिवालयले बैठकमा दलहरूको ध्यानाकर्षण गराएको छ ।


यादवले शपथ गराउने
जन्मअनुसार ६३ वर्ष मात्रै उमेर पुगेका राजपा नेता महेन्द्रराय यादव नागरिकताअनुसार ७८ वर्ष पुगेको देखिएकाले उनले नै सपथ गराउने छन् । पहिलो सर्वदलीय बैठकको अध्यक्षता भने प्रतिनिधिसभाको जेष्ठ सदस्यका रुपमा यादवले अध्यक्षता गरेको थिए । बैठकमा उनको उमेरको प्रसंगले पनि राम्रै स्थान पायो । संघीय संसद्का २२५  सांसदलाई सपथ गराउने तयारीमा रहेका यादवले वास्तविक उमेर ६३ वर्ष भएका छन् । ‘अब नागरिकतामा जे छ, त्यसैलाई आधार मान्नैप¥यो, खासमा मेरो उमेर मात्र ६३ वर्ष हो ।’ उनले आफ्नो जन्म २०११ साल असार १५ गते भएको हो । तर, नागरिकता बनाउने बेला १५ वर्ष बढाएर बनाइदिएका कारण उनी ७८ वर्ष पुगेका छन् । 


बज्जिका भाषामा सपथ लिन्छु, आफ्नै पहिरन लगाँछु : यादव 
यसैबीच जेष्ठ सदस्यको हैसियतले सभामुखको आसनबाट सबै सांसदलाई सपथग्रहण गराउने तयारीमा रहेको यादवले आप्mनो मातृभाषा बज्जिका भाषामा सपथ लिने बताए । जनता पोष्टसँगको प्रतिक्रियामा उनले सभामुखले दौरा–सुरुवाल लगाउने प्रचलन रहे पनि आफूले आफ्नो सामुदायिक पहिरन लगाउने बताए । ‘नियममै भएको सुविधाअनुसार मैले आप्mनो मातृभाषामा सपथ लिन्छु र आप्mनै पोशाक लगाउँछु,’ उनले भने ‘दौरा सुरुवाल लगाउनैपर्छ भन्ने छैन । दौरा सुरुवाललाई म सम्मान गर्छु, तर मलाई मेरो आप्mनै पोशाकको पनि उत्तिकै माया छ । म आफ्नै सदाबहार पोशाक लगाउँछु’ । 


मातृभाषामा सपथ लिनेले निवदेन दिनुपर्ने 
संघीय संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार मातृभाषामा समेत सांसदहरूले शपथ लिने व्यवस्था मिलाइएको छ । तर त्यसका लागि १७ गतेसम्म निवदेन दिने समयसीमा तोकिएको बताए । मातृभाषामा शपथ लिन चाहने सांसदले सचिवालयमा निवेदन दिएर त्यसलाई उल्था गरी उपलब्ध गराउनुपर्ने हुन्छ । अहिलेसम्म हिन्दी, बज्जिका, मैथली, भोजपुरी, थारू भाषाका गरी १० जना सांसदले निवेदन दिएको उनले बताए । प्रवक्ता गौतमका अनुसार सबै राष्ट्रिय दलका प्रतिनिधि सांसदहरूलाई सचिवालयले तयार गरेको अन्तरिम कार्यविधिको मस्यौदा अध्ययनका लागि वितरण गरिएको र अध्ययनपछि २० गते पुनः बस्ने बैठकमा त्यसको निर्णय हुनेछ । 


रेशम चौधरीलाई पनि सपथ गराउन माग
यसैबीच, राष्ट्रिय जनता पार्टी नेपालले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरीलाई सपथ लिने व्यवस्था गर्न माग गरेको छ ।  पार्टीका नेता वृशेषचन्द्र लालले सांसद चौधरीलाई सपथ लिने र संघीय संसदको कामकारबाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसद सचिवालयसँग माग गरेका हुन् । कैलालीको टिकापुर हत्याकाण्डको योजनाकार भनिएका प्रतिनिधिसभाका सांसद चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएलगत्तै जिल्ला कारगार चलान गरिएको छ ।

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको