दुई दशकपछि उदित जन्मस्थल भारदहमा

जनतापोस्ट

janataPost

काठमाडौं । झण्डै दुई दशकपछि चर्चित गायक उदितनारायण झा बुधबार आफ्नो जन्मस्थल सप्तरीको भारदह आइपुगेका छन् । गायक झा आफ्नी जेठी पत्नी रञ्जनासहित हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित आफ्नो घरमा बुधबार आएको स्थानीयवासी आकाशराज भण्डारीले जानकारी दिए । गायन पेशामा लागेर लामो समयदेखि भारतको मुम्बईमा बसोबास गर्दै आएका उदितका दाजुभाइ भारदहस्थित घरमै बस्दै आएका छन् । 


स्थानिय पत्रकारसँग भारदहमा छोटो कुराकानी गर्दै गायक झाले आफू एक हप्ता जन्मथलोमा बस्ने र लामो समयदेखि भेटघाट नभएका साथीभाइसँग भेटघाटसमेत गर्ने बताएका छन् । साथै मिथिला क्षेत्रमा मनाइने होली पर्वसमेत आफ्नो जन्मथलो भारदहमै मनाउने बताए । 


गायक उदितनारायण आफ्नो जन्मथलो आउनेबित्तिकै सबैभन्दा पहिले भारदहस्थित कंकालनी मन्दिरमा पूजापाठ गरे । सो क्रममा पूजा गर्न मन्दिर पुग्दा झालाई हेर्न स्थानीयवासीको भीड लागेको थियो । मन्दिर परिसरमा पालैपालो झासँग सेल्फी लिनेहरूको पनि अत्यधिक भीड लागेको थियो । 


गायक झा आएको थाहा पाउनेबित्तिकै भेट्न जानेहरूको घुइँचो लागेको स्थानीयवासी भण्डारीले जनाए  । बलिउडमा स्थापित भएपछि दीपा झासँग दोस्रो विवाह गरेलगत्तै जेठी पत्नी रञ्जनासँग उनको सम्बन्ध बिग्रेको थियो । उदित र रञ्जनाको सम्बन्धका कारण भारतमा विवादसमेत भएको थियो । तर अहिले दुवैको सम्बन्ध सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ । (रासस)

प्रतिकृया दिनुहोस

संगीतले जोड्दै नेपाल–पाकिस्तान

‘मैले मेरो देशको आफ्नो लोक गीत हरु पनि गाएको छु । तर भारतीय बजारमा गाएका गीतहरुनै बजारको कारणले ज्यादा प्रचार भएका छन । तर म संधै त्यस्ता भाकाहरु

पाकिस्तानी गायीका सारा राजा नेपालमा

‘गाजलु ति ठुला ठुला आँखा, तिर बनि बस्यो यो दिलैमा ’  गुलाम अलीले गाएको यो गीत गाउने महिला स्वर, नेपाली लवजमा सहज गाउछिन् । तर उनि  नेपाली भने

‘चराको गीत’मा स्वतन्त्रता र सम्मानको खोजी

श्याम रिमाल, काठमाडौँ । ‘कुन मूर्खले परिभाषित गर्यो इतिहासमा ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’ म यो परिभाषा परिवर्तन गर्न चाहन्छु