न्युनामा बल्यो काँडाको बिजुली 

वृद्धवृद्धा भन्छन्– हाम्रो जन्म सार्थक भयो 

जनतापोस्ट

janataPost

भुवनबहादुर सिंह, बझाङ । केही दिनअघि नाम ‘साइपाल’ कायम गरिएको साविक काँडा गाउँपालिकामा पहिलोपल्ट बिजुली बलेको छ । जिल्लाकै अत्यन्त दुर्गम गाउँपालिका काँडाको वडा नं ४ न्युनामा पहिलोपटक विद्युत सुविधा देख्दा स्थानीय बासिन्दा दंग परेका छन् । वृद्धवृद्धाहरूले त ‘ज्यँुदै स्वर्ग देखेको’ प्रतिक्रिया समेत दिए । ‘गाउँघर सबै झिलिमिली भएको छ, रात पनि दिनजस्तै,’ जीवनमा कहिल्यै बिजुली बलेको नदेखेकी ७१ वर्षीया मातादेवी बोहराले खुसी हुँदै भनिन्, ‘आफ्नै हातले बिजुली बाल्न पाउँला भनेर त सपनामा पनि सोचेकी थिइनँ, ज्युदै स्वर्ग पुगेजस्तो महसुस भैरहेको छ ।’


न्युना काँडाभित्रैको पनि दुर्गम गाउँ हो । काँडाका अन्य वडाहरूबाट न्युना पुग्नका लागी १ दिनदेखि ३ दिनसम्म पैदल यात्रा गर्नुपर्ने हुन्छ । आधारभूत स्वास्थ्य सेवाका लागि समेत १ दिन पैदल हिँड्नुपर्ने बाध्यता रहेको यहाँका बासिन्दा सञ्चार सुविधाबाट पनि विमुख छन् । बर्खामा सेती नदीमा रहेको काठेसाँघु बाढीले बगाउने हुँदा यो गाउँ र काँडाका अन्य गाउँबीच महिनौंसम्म सम्पर्क विच्छेद हुने गर्छ । कतिपयले नदी तर्ने क्रममा ज्यानसमेत गुमाउने गरेका छन् । 


शिक्षा र चेतनाका हिसाबले पनि निकै पिछडिएको यो गाउँमा बिजुली बल्दा धेरै पीडा भुलाएको स्थानीय वृद्ध कैल्या बोहराले बताए । उनले भने, ‘काँडाको पनि दुर्गम गाउँ भए पनि हामीले पहिलोपल्ट बिजुली बाल्ने सौभाग्य पाएका छौं । मर्नुअघि झिलिमिली गाउँ देख्न पाउँदा जन्म सार्थक भएजस्तो लागेको छ । दुःख त कति छन कति, यो झिलिमिलीले केही हदसम्म दुःख बिर्साएको छ ।’


साइपाल गाउँपालिकाको २० लाख अनुदान र स्थानीयले ऋण स्वरूप उठाएको ४० लाख गरी करिब ६० लाखको लागतमा गाउँपालिकामै पहिलोपटक विद्युत बलेको हो । ११ किलोवाट क्षमता रहेको उक्त विद्युतको उत्पादन सुरु भएपछि गाउँमा विकासको ढोका खुलेको न्युना लद्यु जलविद्युत आयोजनाका अध्यक्ष उमेश बोहराले बताए । 


साइपाल गाउँपालिकामा २ वटा अरू लद्युजविद्युत योजना पनि बर्षाैंदेखि निमार्णाधीन अवस्थामा छन् । आर्थिक अभाव, ढुवानीमा समस्या र व्यवस्थापकिय अनियमितताका कारण ति योजना अहिले सम्म पनि अलपत्र छन् । ३० परिवारको बसोबास रहेको न्युनामा हाल करिब ३ किलोवाट विद्युत मात्र खपत भएको र बाँकी विद्युतको उपयोग गर्नका लागि कुटानी पिसानी मिल, फर्निचर उद्योग, हातेकागज उद्योग खोल्ने तयारीमा लागेको उनले बताए ।

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको