एक्स–रे मेसिन प्रयोगविहीन, बिरामीलाई समस्या

जनतापोस्ट

janataPost

बैतडी, ३० पुस । जनशक्तिको अभावमा पाँच महिनादेखि बैतडीको पाटन प्राथमिक स्वास्थ्यकेन्द्रमा रहेको एक्स–रे प्रयोगविहीन अवस्थामा थन्किएको छ । प्राथमिक स्वास्थ्यकेन्द्र पाटनमा रहेको एक्स–रे मेसिन सञ्चालन गर्ने जनशक्तिको अभाव हुँदा त्यत्तिकै थन्किएको हो । एक्स–रे मेसिन सञ्चालनमा नआउँदा बिरामी समस्यामा परेका छन् । एक्स–रे मेसिन आएको पत्र मात्रै प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेको र एक्स–रे अहिलेसम्म पाटनमै थन्किएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन्ट मुकेश दयालले जानकारी दिए ।


पाटन प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेन्ट लोकेन्द्र ऐरका अनुसार एक्स–रे मेसिन जडान गरेको दिनदेखि एक दिन पनि सञ्चालनमा आएको छैन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितलाई लक्षित गर्दै एक्स–रे मेसिन आएको भए पनि जनशक्ति नहुँदा त्यत्तिकै थन्किएको हो । दयालले भने, “एक्स–रे सञ्चालन गर्ने रेडियोग्राफर नहुँदा एक्स–रे मेसिन सञ्चालनमा आउन सकेको छैन, दरबन्दी छैन, अरु तालीमप्राप्त जनशक्ति छैन ।” 


उता केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका लागि एक्स–रे पनि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमै थन्किएको छ ।  एक्स–रे सञ्चालन गर्ने जनशक्ति मेलौलीमा पनि छैन । उनले भने, “भएका एक्स–रे मेसिनसमेत सञ्चालन नआउँदा सामान्य चोटपटक लागेको बिरामीले जिल्ला अस्पताल, उपक्षेत्रीय अस्पताल डडेल्धुरा र सीमावर्ती भारतीय अस्पताल धाउनु परेको छ ।” 


स्वास्थ्य बीमा कार्यक्रमले बैतडीको हकमा जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई उपचार सेवा दिने अस्पतालमा सूचीकृत गरेको छ । स्वास्थ्य बीमाअन्तर्गत एक्स–रे सेवासमेत राखिएको छ । तर जनशक्ति अभावमा सेवा शुरु हुन सकेको छैन । बैतडीमा विसं २०७३ पुस ७ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो । (रासस)

प्रतिकृया दिनुहोस

बाँदरको पुच्छर लौरो न हतियार !

हरिकृष्ण कुमाई, जुम्ला । जुम्लाको तिलास्थित मालिकाठाँटाका २ सय ६ जेष्ठ नागरिकका लागि हात परेका मोबाइल सेट ‘बाँदरको पुच्छर लौरो न हतियार’ जस्तै

प्रधानसेनापति र थाइल्याण्डका राजदूतबीच भेट

काठमाडौं, पुस २८ (जपोस) प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपालका लागि थाइल्याण्डका राजदूत भकवत तान्सकुल बीच भेटवार्ता भएको छ । शुक्रबार जङ्गी

उच्च ब्याजले थिचिँदै साना संस्था

  जनतापोस्ट संवाददाता काठमाडौं २६ पुस ः वाणिज्य बैंकले बढाएको निक्षेपको ब्याजदरको चपेटामा साना वित्तीय संस्था परेका छन् । विकास बैंक र फाइनान्स