प्रदेश राजधानी सुर्खेतमा, माटो र गिटीले सडकका खाल्डा पुरिँदै

जनतापोस्ट

janataPost

मधुवन विसी,सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर यतिबेला सडकमा रहेका खाल्डाखुल्डी पुर्न व्यस्त छ । वीरेन्द्रनगरको मुटुमा रहेका व्यस्त सडकको हात अहिले जिर्ण अवस्थामा रहेका छन् । कर्णाली प्रदेशको राजधानी भए पनि वीरेन्द्रनगरका विभिन्न सडकको हालत एकदमै नाजुक अवस्थामा पुगेको छ ।अहिले प्रदेश प्रमुखदेखि संसद सचिवालय र सबै मन्त्रालय रहेका वीरेन्द्रनगर ७ र ८ मा रहेका विभिन्न सडकहरूमा अवस्था नाजुक भएपछि खाल्डा पुर्ने काम थालिएको छ । मन्त्रालय बनेसँगै दैनिक सवारी चाप बढिरहेको बेला नगरपालिकाले वडामार्फत् गिट्टी र माटो हालेर खाल्डाखुल्डी पुर्न थालेको छ । 

 

स्थानिय तहको निर्वाचन भएको १० महिनापछि मात्र नगरपालीकाले खाल्डाखुल्डी पुर्ने अभियान थालेको छ । अहिले वीरेन्दनगरका विभिन्न सडकमा माटो र गिटी हालेर सडकमा धमाधम खाल्डा खुल्डी पुर्ने काम थालिएको छ । बर्खाको समयमा हिलाम्य बनेको सडकलाई मर्मत नगरी नगरपलिकाले अहिले सडको बीचमा रहेका खाल्डालाई माटो र गिटीको सहायताले मर्मत गर्न थालेको छ । सडकमा माटो भरेर गीटी हाली मर्मत कार्यका लागि वडा नम्बर ७ र ८ को लागि २० लाख रुपैयाँ छुटाएको छ । बीचबाटोमा माटो हालेपछि सडक छेउका पसल र घर हुनेलाई धुलो हुने गरेको स्थानीय श्यामलाल शर्माले बताए । उनले भने, ‘सडक सानो छ झन् साँगुरो भएकोले आउजाउमा समस्या भएको छ ।’ 

 

पहिला मोटर सहजै गुड्ने यो बाटोमा अहिले बीचमा माटो थुपारेर मोटरसाइकल समेत गुड्न मुस्किल भएको उनले गुनासो गरे । वीरेन्द्रनगर ८ का रामबहादुर सुनारले भने, ‘ग्राभेलको नाममा नगरपालिकाले जनताको आँखामा छारो हालेको छ ।’ पहिलाको खाल्डाखुल्डी भएर समस्या भयो, अहिले बीच बाटोमा माटो र गिटी हालेर मोटर गुड्न झन समस्या भयो उनले बताए । उनले भने, ‘यो माटो अब पानी पर्ने बितिकै बगाउछ, यसको के काम, सुरुमै खाल्डाखुल्डी पिच गरे भइहाल्थ्यो, यो त केवल देखाउनको लागी मात्र भयो ।

 

माटो र ग्राभेलको नाममा टुक्रे विकास बालुवामा पैसा खन्याए सरह हो,’ उनले थपे, ‘वार्षिक करोडौं रकम माटो र ग्राभेलको नाममा खर्च भइरहेको छ ।’अहिले वीरेन्द्रनगरको घन्टाघर चोक हुँदै धमला चोकसम्म सडकमा माटो, ग्राभेल र नाला निर्माणको काम भइरहेको छ । यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुबेदीले अहिले पहिलो चरणमा माटो र ग्राभिल गर्ने काम गरिएको बताए । उनले भने, ‘वीरेन्द्रनगर नगरपलिकाको वडा नम्बर ७ र ८ मा उपोभक्ता समिति गठन गरेर १०/ १० लाख बजेट छुटाएर काम थालिएको छ, यसपछि मर्मतको काम अगाडि बढाउने तयारीमा रहेका छौं ।’वीरेन्द्रनगरका अधिकांश सडकको अबस्था नाजुक रहेको बेला नगरपालिकाले खाल्डाखुल्डी पुर्ने काम थालेको उनले बताए ।
 

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको