निराश सर्लाहीका आलु किसान

जनतापोस्ट

janataPost

घनश्याम बलम्पाकी मगर, सर्लाही । सर्लाहीका आलु किसानहरू आफुले उत्पादन गरेको आलुको उचित मूल्य नपाएपछि निराश भएका छन् । जिल्लाको हजरिया, शंकरपुर, बरहथवा, राजघाट,लौकठ मानपुरलगायतका ठाउँहरू आलुका लागि पकेट क्षेत्र मानिँदै आएका छन् । यहाँ उत्पादित आलु देशका प्रमुख शहरहरूमा निर्यात हुने गरेको छ । सर्लाही जिल्लामा १४८० हेक्टर क्षेत्रफलमा आलु खेती भएको जिल्ला कृषि विकास कार्यालय सर्लाहीले जनाएको छ । यस वर्ष समय अनुकूल भएकाले आलु उत्पादनमा वृद्घि हुने जिल्ला कृषि विकास कार्यालयका निमित्त वरिष्ठ कृषि विकास अधिकृत हरेन्द्र प्रसाद गोइतले बताए । अधिकृत गोइतका अनुसार यस वर्ष सर्लाहीमा २१ हजार ६० मेट्रिक टन आलु उत्पादन हुने अनुमान गरिएको छ ।

 

सदरमुकामको नाका हुँदै भारतबाट आलु आयात भैरहेकोले पनि स्थानिय आलुको मूल्यमा गिरावट आएको अधिकृत गोइत स्वीकार्छन् । आलु खेती गर्न खर्च र दुःख गरेर उत्पादन गर्यो तर उचित मूल्य नपाउँदा कसरी जीवन धान्ने बरहथवा ३ हजरियाका किसान हरिभजन महतोले निराश हुँदै भने, ‘जिल्लामा बजार र शीत भण्डारणको राम्रो व्यवस्था नहुँदा आफूहरूले बाध्य भई व्यापारीको भाउमा आलु बेच्नु परेको अर्का किसान महेश बरालले बताए । पोहोर खेतबाटै व्यापारीले प्रति किलो १९/२० को दरले खरिद गथ्र्यो । यसपालि प्रति किलो १५ रुपैयाँमा बेच्नु परिरहेको किसानहरू बताउँछन् । यसरी बजार वस्तुको भाउ दिन दुइ गुणा रात चौगुणा बढ्दो छ तर आफूहरूले उत्पादन गरेको आलुको भाउ बर्सेनी घटिरहेको छ यस्तै हो भने आलु खेतीको विकल्प खोज्नु पर्ने किसान बरालले बताए ।
 

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको