कर्णाली राजमार्गमा मनपरी भाडा

जनतापोस्ट

janataPost

हरिकृष्ण कुमाई, जुम्ला । कर्णाली राजमार्गमा यातायात व्यवसायीले मनपरी भाडा उठाउने गरेका छन् । स्थानीय प्रशासनले तोकेको भाडादर भन्दा बढी असुल्ने गरे पनि अनुगमन हुने गरेको छैन । भाडामा एकरूपता ल्याउने उद्देश्यले स्थानीय प्रशासनको अगुवाइमा भाडादर निर्धारण गरिएको थियो । जिल्ला प्रशासन कार्यालय र यातायात व्यवसायी कार्यालय, जुम्लाको पहलमा भएको छलफलमा भाडादर कायम भएको थियो । तर, एक वर्ष बितिसक्दा पनि यातायात व्यवसायीले मनपरी भाडा असुल्न छोडेका छैनन् । यातायात व्यवस्था कार्यालयका प्रमुख मित्रलाल ढकालले भाडादर कार्यान्वयनमा नआएको बताए । ‘कर्णाली राजमार्गमा भाडादरमा एकरूपता आएको छैन, व्यवसायीले भाडादर कार्यान्वयनमा ल्याएका छैनन्,’ ढकालले भने ।


जुम्लाबाट सुर्खेत, नेपालगन्ज र काठमाडौंका लागि यातायातका साधनहरू चल्छन् । सुर्खेत र नेपालगन्जसम्म बसका साथै साना सवारीसाधन जिप, माइक्रोबस पनि चल्ने गरेका छन् । यातायात व्यवस्था कार्यालय जुम्लादेखि सुर्खेतसम्म प्रतियात्रु ८ सय १९, नेपालगन्जसम्म १ हजार ६९ र काठमाडौं दुई हजार रूपैयाँ भाडा तय गरिएको छ, तर यातायात व्यवसायीले यात्रुअनुसार भाडा लिने गरेका छन् । उनीहरूले जुम्लाबाट सुर्खेतको जिपले दुई हजार र बसले १ हजार ६ सय रूपैयाँ लिन्छन् । जुम्लाबाट नेपालगन्जसम्म जिपले दुई हजार र बसले १ हजार २ सय लिन्छन् । जुम्ला–काठमाडौं बस मात्रै चल्छन, तिनले प्रतियात्रु २ हजार ८ सय ५० रूपैयाँ लिने गरेका छन् ।

 

कर्णाली यातायात व्यवसायी संघ, जुम्लाका अध्यक्ष मीनबहादुर थापा भाडादरमा एकरूपता नभएको स्वीर्काछन् । साना–ठूला सवारीसाधनले मनपरी भाडा असुल्ने गरेको बताउँदै उनले भने, ‘सबै यातायात व्यवसायी समिति जुम्लाभन्दा बाहिरका छन, हामीले नियन्त्रण गर्ने अवस्था छैन । कर्णाली राजमार्गमा कर्णाली, गोकर्णाली, चन्दननाथ, सनराज, बुलबुलेलगायत एक दर्जनभन्दा बढी यातायात व्यवसायी समिति सवारीसाधन चल्छन् । भाडादर कार्यान्वयनमा स्थानीय प्रशासनले वास्ता नगरेको कर्णाली यातायात व्यवसायी संघका अध्यक्ष थापाको भनाइ छ । ‘यो विषय नियमन गर्न पटक–पटक सिडियोसाप र यातायात व्यवस्था कार्यालयलाई अनुरोध ग¥यौँ, ध्यानै दिँदैनन’, उनले भने । 

 

यसका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन समिति हुन्छ । मनपरी भाडा लिने गरेकाले काउन्टरमा टिकट काट्ने गरिएको छैन । यसले ट्राफिक प्रहरीलाई छल्न सजिलो हुने गरेको छ । उनीहरूले ट्राफिक बिटनजिक यात्रुलाई ओरालेर हिँड्न लगाउने गरेका छन् । ट्राफिक प्रहरीले पनि सामान्य जरिवाना गराएर छोड्ने गर्छन् । सहुलियत छैन यातायातका साधनमा विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई टिकटमा सहुलियत दिइन्छ । कर्णाली राजमार्गमा भने कसैलाई पनि भाडादरमा छुट दिने गरिएको छैन । जुम्लाबाट नेपालगन्ज, सुर्खेत तथा काठमाडौं यात्रा गर्दा पनि छुट नपाएको हिमा गाउँपालिकाको खलढुंगाका सूर्य अधिकारीले बताए ।

 

 ‘अपांग हुँ, परिचय पत्र पनि देखाउँछु, तर कसैले छुट दिँदैनन, अधिकारीले भने । विद्यार्थीलाई पनि भाडादरमा छुट नदिने गरिएको अनेरास्ववियु जुम्लाका सचिव भरत नेपालीले बताए । ‘विद्यार्थी परिचय पत्र देखाउँदा पनि यातायात व्यवसायीले छुट दिँदैनन’, नेपालीले भने । स्थानीय प्रशासनलाई पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गरिएको उनको आरोप छ ।

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको