२० वर्ष पुराना सवारी गुडाउन रोक

janataPost

काठमाडौं, १ चैत । सरकारले २० वर्ष पुराना सार्वजनिक (कालो र निलो नम्वर प्लेटका) सवारीसाधन गुडाउन प्रतिबन्ध लगाएको  छ । २० वर्ष नाघेका कालो नम्बर प्लेट (भाडा) का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेप्पोमा प्रतिबन्ध लगाउन लागिएकोमा निजी सवारीसाधन भने गुडन पाइनेछन् ।


प्रदूषण नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण तथा यातायात व्यवसायीको लागत कम गर्न बिहीबारबाट २० वर्ष पुराना गाडी गुडाउन रोक लगाइन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । ‘२० वर्ष पुराना गाडीको रूटपरमिट र दर्ता नवीकरण म्याद सकिएकाले अब ती गाडी सडकमा गुडाउनु गैरकानुनी हो,’ महानिर्देशक भट्टराईले भने, ‘अब थोत्रा गाडी सडकमा निकाल्न पाइँदैन । कसैले मनोमानी गरे जफत गरिन्छ ।’ विभागले बुधबारसम्म सबै कर चुक्ता गरी सवारीधनीलाई स्क्रयाप (पत्रु) गर्न समय दिएको थियो ।  यातायात व्यवस्था विभागका अनुसार २० वर्ष पुराना भाडाका गाडी देशभर १० हजार रहेका छन् ।

 
प्रत्येक चार महिनामा सम्बन्धित  यातायात कार्यालयबाट रुट इजाजत नवीकरण गर्नुपर्ने व्यवस्था छ । बिहीबारबाट प्रतिबन्ध लाग्न लागेका गाडी गुडे÷नगुडेको विभाग र महानगरीय ट्राफिक महाशाखाको संयुक्त टोलीले अनुगमन गर्नेछ । महानिर्देशक भट्टराईका अनुसार काठमाडौं उपत्यका प्रवेश गर्ने चारवटै नाकामा विभागले ट्राफिक प्रहरी सहितको संयुक्त टोली खटाउने जनाएको छ ।  त्यसैगरी देशैभरिका सबै यातायात कार्यालयले  संयुक्त अनुगमन गर्नेछन् । 


ती गाडी सडकमा भेटिए सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ ले २० वर्ष नाघेका सवारीसाधन चलाए एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना र सडकबाटै नियन्त्रण लिन सक्ने व्यवस्था छ । विभागले निर्णय कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालय, ट्राफिक प्रहरी महाशाखा, ट्राफिक प्रहरी निर्देशनालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई पत्राचार गरेर २० वर्ष पुराना गाडीको रुटपरमिट, सवारी नवीकरण तथा जाँचपासमा रोक लगाइसकिएको जानकारी दिएको छ ।


नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को यसअघिको अनुसन्धानले ३८ प्रतिशत वायुप्रदूषण सवारीसाधनको धुँवाका कारण भएको देखाएको थियो । पुराना गाडी वातावरण प्रदूषणको कारक रहेको भन्दै सरकारले १८ फागुन २०७३ बाट   उपत्यकामा २० वर्ष पुराना गाडीमा रोक लगाएको थियो ।  १९ भदौ २०७१ को  मन्त्रिपरिषद् बैठकले २० वर्ष पुराना सार्वजनिक सवारीसाधन विस्थापित गर्ने निर्णय गरेकोमा १८ फागुन २०७१ मा राजपत्रमा प्रकाशित भएको थियो ।

प्रतिकृया दिनुहोस

उपसभामुखद्वारा पार्टी सदस्यताबाट राजीनामा

काठमाडौँ, १२ चैत ।  उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा एमाले पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिएकी  छिन् ।

एसइई परीक्षा : सिरहामा दुईजना परीक्षा निरीक्षक पक्राउ

लहान, १२ चैत ।  माध्यमिक शिक्षा परीक्षा एसइई अन्तर्गत आज सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा चिट चोराउन सहयोग गरेको भन्दै सिरहाकोे छुट्टाछुट्टै

शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने : शिक्षामन्त्री

काठमार्डौ, १२ चैत ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाँच महिनाभित्र संविधानमा उल्लेखित गरिएका शिक्षासम्बन्धी मौलिक हक