हरेक वर्ष प्रयोग गर्छन् विद्यार्थीले मताधिकार 

जनतापोस्ट

janataPost
फोटो/प्रस्तुति : तारानाथ आचार्य

नेपालमा बालिग मताधिकार उमेर पुगेका नेपाली नागरिकले मात्रै प्रयोग गर्न पाउने व्यवस्था छ । मताधिकारको प्रयोग गर्नका लागि नेपाली नागरिकता भएको, मतदाता परिचयपत्र भएको र १८ वर्ष उमेर पुगेको हुनुपर्छ । तर केही यस्ता घटना पनि छन्, जहाँ आफ्नो मताधिकार प्रयोग गर्नका लागि न त उमेर न नागरिकता न त मतदाता परिचयपत्रको नै आवश्यकता पर्छ । 


बागलुङको एक गाउँमा रहेको विद्यालयले हरेक वर्ष विद्यार्थीहरूलाई आफ्नो मताधिकार प्रयोग गर्ने मौका दिने गरेको छ । जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा रहेको रेश नुन्थला माध्यामिक विद्यालयले विद्यार्थीहरूलाई यस्तो अवसर दिने गरेको हो । विद्यालयमा पठनपाठन गराउने १९ जना शिक्षकहरूबाट हरेक वर्ष एकजना असल शिक्षक छनौट हुने व्यवस्था विद्यालयमा छ । सोही व्यवस्थाअनुसार असल शिक्षक छनौटका लागि विद्यालयले विद्यार्थीलाई आफ्नो मताधिकार प्रयोग गर्ने अवसर दिँदै आएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो मत प्रयोग गरेर विद्यालयको असल शिक्षक छनौट गर्ने गरेका छन् । असल शिक्षक छनौटका लागि विद्यालयले ३ वटा आधार तयार गरेको छ । शिक्षण सिकाइ उपलब्धि, स्वमूल्यांकन र विद्यार्थीको रोजाइमा एक जनालाई असल शिक्षकको रूपमा छनौट गर्ने व्यवस्था रहेको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले बताए ।


 शिक्षण सिकाइ उपलब्धिको मूल्यांकन विद्यालय व्यवस्थापन समितिले गर्छ, जसका लागि शिक्षकहरूले प्रमाणसहितका आधारहरू पेश गर्नुपर्ने हुन्छ । स्वमूल्यांकन शिक्षक आफैंले गर्छन् । त्यसमा पनि आफूले आफूलाई मूल्यांकन गर्दा आधारहरू पेश गर्नुपर्ने हुन्छ । विद्यार्थीको रोजाइका लागि विद्यालयले हरेक कक्षामा मतदानको व्यवस्था मिलाउने गरेको छ । विद्यार्थीले शिक्षक छनौटमा मतदान गर्दा विभिन्न दशवटा सूचकका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम लामिछानेले बताए । शिक्षक विद्यालयमा आउने समय, कक्षा प्रवेश गर्ने समय, आफ्नो विषय र पाठ्यक्रममा रहेर अध्ययन अध्यापन गराउने वा नगराउने, कक्षाकोठामा बिताउने समय, समयमा पाठ्यक्रम मेट्ने वा नमेट्ने, नियमित गृहकार्य दिने र जाँच्ने, अतिरिक्त क्रियाकलाप, समसामयिक विषयमा जानकारी, सूचना र सञ्चार, अनुशासन जाँच गर्ने गरेको वा नगरेको लगायतका सूचकका आधारमा विद्यार्थीहरूले मतदान गर्ने लामिछानेले बताए ।


 विद्यार्थीले मतदान गर्दा तहगत रूपमा फरक–फरक शिक्षकलाई मतदान गर्ने व्यवस्था समेत मिलाइएको छ । सबै तहमा एकै जना शिक्षक नपुग्ने भएकाले तहगत रूपमा फरक–फरक शिक्षकलाई मत दिने व्यवस्था मिलाइएको विद्यालय स्रोतले जनाएको छ । प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहका विद्यार्थीले फरक–फरक शिक्षकलाई मतदान गर्ने र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको नेतृत्वमा रहेको टोलीले मत परिणाम, स्वमूल्यांकन र शिक्षण सिकाइ उपलब्धिका आधारमा सबै मध्येबाट एकजना असल शिक्षक घोषणा गर्ने व्यवस्था छ । असल शिक्षक छनौटका लागि विद्यालयमा भर्ना भएका सबै विद्यार्थीले मतदान गर्न सक्छन् । उनीहरूका लागि उमेर वा अन्य कुनै प्रक्रिया पुग्नु पर्दैन । 

विद्यालयमा पठनपाठन गराउने १९ जना शिक्षकबाट हरेक वर्ष एकजना असल शिक्षक छनौट हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार असल शिक्षक छनौटका लागि विद्यालयले विद्यार्थीलाई आफ्नो मताधिकार प्रयोग गर्ने अवसर दिँदै आएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो मत प्रयोग गरेर विद्यालयको असल शिक्षक छनौट गर्ने गरेका छन् । असल शिक्षक छनौटका लागि विद्यालयले ३ वटा आधार तयार गरेको छ । शिक्षण सिकाइ उपलब्धि, स्वमूल्यांकन र विद्यार्थीको रोजाइमा एकजनालाई असल शिक्षकको रूपमा छनौट गर्ने व्यवस्था रहेको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले बताए ।

 ‘सबै तहमा एकैजना शिक्षकले अध्यापन नगराउने भएकाले तहगत रूपमा छनौटको व्यवस्था गरिएको हो,’ प्रअ थापाले भने, ‘समग्रमा जसको पक्षमा नतिजा आउँछ उहाँ नै यस वर्षका लागि असल शिक्षक बन्ने व्यवस्था छ ।’ विद्यालयले असल शिक्षक छनौटका लागि गरेको अभ्यासले एकातर्फ शिक्षकलाई थप जिम्मेवार बन्न मद्दत गर्ने र अर्कोतर्फ विद्यार्थीहरूलाई मतदानको प्रक्रियाद्वारा कसरी असल नेतृत्वको छनौट गर्ने भन्ने विषयमा जानकारी हुने विद्यालयका शिक्षकहरू बताउँछन् । शिक्षक छनौट प्रकृयाले भावी दिनमा विद्यार्थीलाई देशमा हुने आम निर्वाचनमा सहभागी भएर असल नेता छान्नका लागि सहयोग पुर्याउने विद्यालयकी शिक्षिका इन्दु शर्माले बताइन् ।‘नेपाल सरकारको जागिर खाएका हामी यसै पनि जिम्मेवार छौं,’ शर्माले भनिन्, ‘विद्यार्थी र विद्यालयले असल शिक्षकको रूपमा छनौट गर्दा काम गर्ने मनोबल बढ्ने र थप जिम्मेवार बन्न प्रेरित गर्ने रहेछ ।’ 

 

विद्यालयले असल शिक्षक छनौट गर्दा शिक्षकहरूलाई आफ्नो कामप्रति थप जिम्मेवार र प्रतिस्पर्धात्मक बनाउने गरेको शिक्षक डिलबहादुर कार्कीले बताए । ‘समयमा विद्यालय प्रवेश, कक्षाकोठा प्रवेश र पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापमा ध्यान दिन असल शिक्षक छनौटले थप दबाब पार्दो रहेछ,’ कार्कीले भने, विद्यार्थीको बीचमा असल बनेर काम गर्ने रहर सबैलाई लाग्दोरहेछ ।’ २०७१ सालदेखि असल शिक्षक छनौट गर्ने कार्यको सुरुवात गरेको विद्यालयले पहिला दुई वर्ष ५÷५ जना असल शिक्षकहरू छनौट गरेको थियो । प्रतिवर्ष ५ जना शिक्षक असल शिक्षकको रूपमा छनौट हुने, बाँकी शिक्षकमा म असलमा परिनँ भन्ने भान हुन थालेपछि २०७३ सालदेखि १ जना मात्रै छनौट हुने व्यवस्था मिलाइएको विद्यालय स्रोतले जनाएको छ ।

 

 हरेक वर्ष हुने विद्यालयको वार्षिकोत्सव समारोहमा घोषणा हुने असल शिक्षकको छनौटका लागि दुई साताअघिदेखि नै विद्यालयले प्रक्रिया थालनी गर्ने गरेको छ । यस वर्ष पनि छनौटका लागि आवश्यक शिक्षण सिकाइ उपलब्धि, स्वमूल्यांकन र विद्यार्थीको मतदानको प्रक्रिया वार्षिकोत्सवको मूल समारोह हुनुभन्दा केही दिनअगाडि नै सम्पन्न भैसकेको थियो भने शुक्रबार मूल समारोहमा असल शिक्षक घोषणा गरिएको छ । यस वर्ष विद्यालयबाट माध्यामिक तहमा अध्यापनरत शिक्षक डिलबहादुर कार्की असल शिक्षक छनौट भएका छन् । विद्यार्थीले दिएको मत, विद्यालय व्यवस्थापन समितिले गरेको शिक्षण सिकाइ उपलब्धि मूल्यांकन र उनको आफ्नै स्वमूल्यांकनमा उत्कृष्ट ठहरिएपछि उनी यस वर्षको असल शिक्षक छनौट भएका हुन् । शुक्रबारसम्म गत वर्ष छनौट भएका विद्यालयका नेपाली विषय शिक्षक हरि कुँवर असल शिक्षकको रूपमा थिए । शुक्रबार कार्की असल शिक्षकको रूपमा छनौट भएपछि कुँवर निवर्तमान असल शिक्षक बनेका छन् । 

 

शिक्षण सिकाइ उपलब्धिको मूल्यांकन विद्यालय व्यवस्थापन समितिले गर्छ, जसका लागि शिक्षकहरूले प्रमाणसहितका आधारहरू पेश गर्नुपर्ने हुन्छ । स्वमूल्यांकन शिक्षक आफैंले गर्छन् । त्यसमा पनि आफूले आफैंलाई मूल्यांकन गर्दा आधारहरू पेश गर्नुपर्ने हुन्छ । विद्यार्थीको रोजाइका लागि विद्यालयले हरेक कक्षामा मतदानको व्यवस्था मिलाउने गरेको छ । विद्यार्थीले शिक्षक छनौटमा मतदान गर्दा विभिन्न दशवटा सूचकका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम लामिछानेले बताए । 


विद्यार्थीले मतदान गर्दाको दृश्य
असल शिक्षक छनौटका लागि बनाएको मतपत्र र मतदानका सूचकहरूको विषयमा विद्यालय प्राङ्गणमा लामबद्ध गरेर प्रअले जानकारी गराए । कक्षा ३ देखि कक्षा १२ सम्म सबै कक्षामा एक–एकजना शिक्षकलाई मतपत्रसहित खटाइयो । तहगत रूपमा मतदान हुने भएकाले प्राथमिक तहका शिक्षक माध्यामिक, माध्यामिक तहका शिक्षक निम्न माध्यामिक र निम्न माध्यामिक तहका शिक्षक प्राथमिक तहमा मतपत्रसहित खटाइएको थियो । मतपत्रमा तीनजना शिक्षकलाई प्रत्येक विद्यार्थीले मत दिन पाउने व्यवस्था थियो । प्रअको प्रस्तुति सुनेर शिक्षकसहित कक्षाकोठामा प्रवेश गरेका विद्यार्थीहरूले मतपत्र लिए र फटाफट मत दिए । 

 

मतदानको समय हेर्दा लाग्थ्यो त्यहाँ कुनै ठूलै निर्वाचन भैरहेको थियो । एकातर्फ एक विद्यार्थीले दिएको मत अर्को विद्यार्थीले देखेर शिक्षकलाई जानकारी गराउने त्रास त अर्कोतर्फ गार्डका रूपमा मतपत्र लिएर कक्षा कोठा प्रवेश गरेका शिक्षकले चाल पाउने त्रासका बीचमा विद्यार्थीले आफ्नो मतपत्रलाई गोप्य राखेर मतदान गरेका थिए । एउटै कुर्सीमा बसेर पनि कसैलाई नदेखाईकन गरेको मतदानको दृष्य निकै रोमाञ्चक थियो । विद्यार्थीले मतदान गरीसकेपछि शिक्षकले मतपत्र संकलन गरे र प्रअले मतपत्रमा कोड नं. लेखेपछि मतगणनाका लागि निश्चित शिक्षकलाई जिम्मा दिइएको थियो । मतपत्रमा नाम नहुने र कक्षा कोठा समेत उल्लेख नहुने भएकाले विद्यार्थीले दिएको मत कसले कसलाई दिएको हो भन्ने विषयमा शिक्षकलाई जानकारी नहुने प्रअ थापाले बताए ।

प्रतिकृया दिनुहोस

२०४५ को नाकाबन्दी : एउटा पूजारीका कारण देशले ९ महिना नाकाबन्दी सामना गर्यो

कुनै पनि नयाँ निर्णय लिँदा सन्दर्भ वा उदाहरणका लागि हामी इतिहासलाई नै फर्किएर हेर्छौं । त्यस्तै इतिहासदेखि वर्तमानसम्म हामीले भोग्दै आएको एउटा

गुफा बसेपछि विधुवा भइन्न

ठ्याक्कै याद छैन म कति वर्षको थिए । सायद, १ कक्षा पढ्थे । त्यस्तै ८ वर्ष जति थिएँ । म अचम्ममा पर्दैथे । एकातर्फ अजी (हजुरमाले) टीका लगाइ, सगुन दिदै

शुल्क नलिँदैमा शिक्षा निःशुल्क हुँदैन

संविधानले तीनथरीलाई उच्च शिक्षासम्म निःशुल्क भनेको छ । अपांगता भएका बालबालिका, दलित र विपन्न वर्गका बालबालिकालाई कमसेकम निःशुल्क रूपमा पढाउनै पर्छ