शिक्षक विद्यालय नगएपछि जिल्ला शिक्षा कार्यलयमा विद्यार्थीको धर्ना

जनतापोस्ट

janataPost

भुवनबहादुर सिंह, बझाङ । विद्यालयमा वार्षिक परीक्षा संचालन भइरहेका बेला पनि शिक्षक विद्यालयमा नआएपछि बझाङको ईश्वर निमावि घोघाडा, दौलीचौरुका विद्यार्थीहरू विद्यालयमा शिक्षक पठाइदिनुपर्ने माग राख्दै बिहीबार जल्ला शिक्षा कार्यलयमा धर्ना दिन पुगेका छन् । वार्षिक परीक्षाको तेस्रो दिन नेपालीको परीक्षा दिइसकेपछि अन्य परीक्षाहरू स्थगित गरेर घोघाडामा अध्यनरत छात्र छात्रा र उनीहरूका अभिभावकहरू एक दिनको पैदल यात्रा गरेर सदरमुकाम चैनपुरमा रहेको जिल्ला शिक्षा कार्यलयमा नारा जुलस गर्दै धर्ना बसे । कक्षा ८ मा अध्ययनरत धिरेन्द्र विकले भने, ‘परीक्षाका प्रश्नपत्रहरू दिएर विद्यालयका ८ जना शिक्षकहरू अहिलेसम्म पनि विद्यलायमा उपस्थित भएका छैनन् ।’ परिचरले मात्रै परीक्षा संचालन गरिरहेको उनले बताए । 

 

अर्का विद्यार्थी मिनबहादुर विकले प्रश्नपत्रमा नबुझिएका कुराहरू सोध्नलाई पनि शिक्षक नभएको भन्दै परिचरले आफूलाई थाहा नभएको बताउने गरेको सुनाए । विषयगत शिक्षकहरू प्रश्नपत्र परिचरको जिम्मा लगाई घरमा नै बसेपछि आफूहरूले बाध्य भएर जिल्ला शिक्षा कार्यालय पुग्नु परेको उनले प्रष्ट्याए । कक्षा १ देखि ८ सम्म पढाइ हुने यस विद्यालयमा कक्षा ८ को परीक्षा चैत्र ५ गते हुने भए पनि अन्य कक्षाको परीक्षा भने फागुन २६ देखि संचालन भइरहेको छ । ८ जना शिक्षक–शिक्षिका रहेको यस विद्यालयमा शिक्षकहरू टाढाको गाँउबाट आएका हुनाले नियमित विद्यालयमा हाजिर नहुने, नियमित पठनपाठन नगर्ने, एक हप्ता विद्यालय बसेर महिनादिनसम्म घरमा नै बस्ने गरेको विद्यार्थीको साथमा आएकी अभिभावक पार्वती बोहराले बताइन् । 

 

उनले भनिन्, ‘छोरा–छोरीलाई १० बजे विद्यालय पठाए भने ११ बजे घर फर्किसकेका हुन्छन् । शिक्षकलाई नियमित विद्यालयमा हाजिर हुन भनेर विद्यालय व्यवस्थापन समितिको बैठक बस्दा शिक्षकहरूले माफी माग्ने र अबदेखि नियमित विद्यालयमा आउने भन्ने गरेका छन् ।’ तर फेरि एक हप्ता विद्यालय बसेर ५/६ पाठ पढाउने र घर गएर महिनौँ विद्यालयमा नआउने गरेको उनले बताइन् । 

 

कोही भारत, कोही परीक्षामा
शिक्षकहरूले अभिभावक र विद्यार्थीहरूको समेत कुरा नसुन्दा प्रत्येक विषयको आधाभन्दा बढी पाठ पढाउनै बाँकी रहेको विद्यार्थीहरूको गुनासो छ । नियमित शिक्षकहरू विद्यालयमा उपस्थित नभए पनि हाजिर भने दुई–तीन महिनाको एकैपटक लगाउने गरेको विद्यार्थीले बताएका छन् । ईश्वर निमावि घोघाडामा प्रअ वीरेन्द्र कठायतलगायत अन्य शिक्षकहरू कलक बोहरा, सुर्य कठायत बिजुुली बोहरा, कल्पना बोहरा, धनबहादुर बम, बसुन्धरा जोशी र ऐनबहादुर बोहरा रहेका छन् । विद्यालयका शिक्षक कलक बोहराले आफू आयोगको परीक्षा दिन तयारीका लागि चैनपुर आएको बताए ।

 

 प्रअ वीरेन्द्र कठायत भने सबै शिक्षकको तलब लिएर भारत गएको उनले बताए । यता, जिल्ला शिक्षाअधिकारी सुर्य बहादुर सिंहले शिक्षको माग गर्दै जिल्ला शिक्षामा पुगेका विद्यार्थी र अभिभावकहरूलाई विद्यालयको यस्तो अवस्था बारे आफुलाई हाल मात्रै जानकारी भएकाले सम्बन्धित शिक्षकहरूलाई तुरुन्त विद्यालय पठाउने र  अन्यथा आवष्यक कारवाही अघि बढाउने बताए । 

प्रतिकृया दिनुहोस

प्रदेश ३ : प्रदेशसभा बैठक आज, दुई विधेयक पेश हुने

काठमाडौं, १३ चैत । प्रदेश ३ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश ३ मा गत फागुन १४ गतेबाठ स्थगित भएको प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभाको

विभिन्न ठाउँमा चोरी गर्ने गिरोह कारसहित पक्राउ

भक्तपुर, १२ चैत ।  विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण

चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान, ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणाको माग

 चितवन, १२ चैत ।  चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको